म्याग्दी क्याम्पसमा पहिलो पटक राष्ट्रिय सेमिनार आयोजना
- २५ श्रावण २०८१, शुक्रबार
- 225 पटक पढिएको
म्याग्दी, २५ साउन । म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा पहिलो पटक राष्ट्रिय सेमिनार गोष्ठी आयोजना गरिएको छ । नेपालको उच्च शिक्षा प्रणालीको प्रवद्र्धनमा देखिएका चुनौती र अवसरको बिषयमा क्याम्पसले धौलागिरी क्षेत्रमै पहिलो पटक दुई दिने सेमिनार आयोजना गर्न लागेको हो ।
साउन ३२ र भदौ १ गते हुने राष्ट्रिय सेमिनारको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा क्याम्पसका अनुसंधान तथा प्रकाशन समितिका संयोजक टिकाराम सापकोटोले प्राज्ञिक क्षेत्रमा अनुसंधान र नवप्रवद्र्धनलाई अघि बढाउनका लागि पहिलो पटक राष्ट्रिय सेमिनार आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार, सेमिनारमा उच्च शिक्षा व्यवस्थापन प्रणालीका अवसर र चुनौतीहरुको बिषयमा विभिन्न कार्यपत्रहरु प्रस्तुत हुने र विज्ञहरुद्धारा समिक्षा गरि निचोट निकालिनेछ । धौलागिरी क्षेत्रमै पहिलो पटक आयोजना गरिएको सेमिनारले नवप्रवद्र्धन र अनुसंधान संस्कृतिको विकासमा सघाउ पु¥याउने उहाँको भनाई छ । सेमिनारको आन्तरिक तयारीलाई तिब्र पारिएको छ । सेमिनारमा म्याग्दीका साथै धौलागिरी क्षेत्रमा रहेका र पोखराका समेत केहि क्याम्पसका प्रध्यापकहरुले सहभागीता जनाउने क्याम्पसले जनाएको छ ।
सेमिनारमा उच्च शिक्षाको सुधारको अवस्था, उच्च शिक्षामा आएका चुनौती र अवसर , गुणस्तर सुनिश्चिता, शैक्षिक नीति निर्माणको अवस्था, सेमेस्टर प्रणालीको प्रभाबकारीता, पाठ्यक्रमको प्रयोग र प्रभाबकारीता, शैक्षिक संस्थामा सुशासन, शिक्षण सिकाईमा आइसीटीको प्रयोग, क्याम्पस तहबाट विद्यार्थी पलायनको समस्या लगायतका बिषयमा विभिन्न कार्यपत्रहरु प्रस्तुत हुने जनाइएको छ । उक्त अवसरमा म्याग्दी बहुमुखी क्याम्पसका ८ जना प्रध्यापक सहित अन्य क्याम्पसका प्रध्यापक तथा स्वतन्त्र अनुसंधानकर्ताहरुले समेत कार्यपत्र प्रस्तुत गर्ने र विज्ञहरुद्धारा कार्यपत्रमाथि छलफल र टिप्पण राखेर निष्कर्ष निकाल्ने जनाइएको छ । धौलागिरीमै पहिलो पटक २०७६ सालमा गुणस्तर सुनिश्चितता प्रमाणपत्र प्राप्त गरेको क्याम्पसले जिल्लामा अनुसंधान र नवप्रवद्र्धनलाई जोड दिनुका साथै प्रध्यापकमा खोजी र विद्यार्थीमा सिर्जनसिलताको विकास गराउन सेमिनार आयोजना गरेको क्याम्प्स प्रमुख श्रीधर सुवेदीले बताउनुभयो ।
क्याम्पसको प्राज्ञिक उन्ननयनको लागि विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विभिन्न अनुसंधानमुलक र नवप्रवद्र्धनसंग सम्बन्धीत कार्यक्रमले सघाउ पुग्ने क्याम्पस सञ्चालक समितिका सदस्य क्याप्टेन मिनबहादुर कार्कीले बताउनुभयो । सेमिनारमा त्रिभूवन विश्वविद्यालयका शिक्षा शास्त्रका प्रध्यापक डाक्टर बासुदेव काफ्ले प्रमुख बक्ता र पृथ्वीनारायण क्याम्पस पोखराका प्रध्यापक डाक्टर मिन पुन र युजिसीका नारायण भण्डारी अतिथि बक्ताको रुपमा सहभागी हुनुहुने क्याम्पसले जनाएको छ ।