ज्ञानोदय माविमा कम्प्युटर तालिम सञ्चालन
- २८ श्रावण २०८१, सोमबार
- 235 पटक पढिएको
म्याग्दी, २८ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटको ज्ञानोदय माध्यमिक विद्यालयमा कम्प्युटर तालिम सञ्चालन गरिउको छ । विद्यालयमा स्थापना भएको आधुनिक कम्प्युटर ल्याबमा विद्यालयका शिक्षक, विद्यार्थी, तथा स्थानीय संघ संस्थाका प्रतिनिधिहरुका लागि एक महिने तालिम सञ्चालन गरिएको हो ।
लर्न र एजुटेक नेपालको समन्वयमा डेर वाक कलेज काठण्माडौका आइटी युवा विद्यार्थीहरु अनिस रेग्मी र परिक्क्षीत गुरुङले तालिम प्रदान गर्ने जनाइएको छ । क्वालिटी एजुकेशन नेपाल, अष्टेलिया र एजुटेक नेपाल, न्युजिल्याण्डको आर्थिक सहयोगमा सम्बृद्ध ग्रामिण नेपालको लागि शैक्षिक उन्नयन (लर्न)ले संयोजन गरेर रु १५ लाख लागतमा उक्त आधुनिक कम्प्युटर ल्याब स्थापना गरिएको थियो । विद्यालयमा सर्वर सिस्टमबाट चल्ने २० वटा कम्पयुटर जडान गरिएको थियो । तालिमले विद्यालयमा स्थापना भएको आधुनिक कम्प्युटर ल्याबको उपयोग र समुदाय स्तरमा समेत प्रविधि सम्बन्धी ज्ञान र सिप हस्तान्तरण हुने अपेक्षा गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदीले जानकारी दिनुभयो । कम्युटर सम्बन्धी तालिम प्रदान गर्न आएका प्रशिक्षार्थी प्रशिक्षकहरुलाई विद्यालयले एक कार्यक्रमका बिच स्वागत गरेको छ ।