थाक खेलकुद तथा साँस्कृतिक विकास संघको ५१ औं संस्करण मार्फामा आयोजना हुने

  • २० श्रावण २०८१, आईतवार
  • 721 पटक पढिएको

सुशीलबाबु थकाली

मुस्ताङ,  २०  साउन ।  थाक खेलकुद तथा साँस्कृतिक विकास सँघद्वारा प्रत्येक वर्ष आयोजना हुने विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको ५१ औं संस्करण यस पटक मुस्ताङ जिल्लाको ऐतिहासिक गाउँ मार्फामा आयोजना हुने भएको छ । संघको आयोजनामा हुन लागिरहेको उक्त कार्यक्रममा जिल्ला स्थित आधा दर्जन क्लवहरु सहभागी हुनेछन् ।        

प्रत्येक वर्ष आयोजना हुने यस कार्यक्रममा जिल्लाभित्र लुकेर रहेका खेलाडी तथा अन्य प्रतिभाहरुको क्षमता उजागर हुनुका साथै सिंगो मुस्ताङ जिल्लाको गरिमा समेत बढ्ने देखिन्छ । कार्यक्रम आगामी असोज ५ गतेदेखी ७ गतेसम्म आयोजना हुने आयोजक संस्था थाक खेलकुद तथा साँस्कृतिक विकास संघले जानकारी गराएको छ । उक्त कार्यक्रममा पुरुष भलिबल प्रतियोगिता, तारा खेल परम्परागत (४० वर्ष माथिका) र आर्चरी आधुनिक खेल प्रतियोगिता (खुला), नृत्य प्रतियोगिता, थकाली गीत प्रतियोगिता आयोजना हुने संघका सचिव बिष्णु थकालीले जानकारी दिनुभयो ।    

शनिबार बसेको कार्यसमिति सदस्यहरु, क्षेत्रीय प्रतिनिधिहरु, क्लवका अध्यक्षहरु र टिम क्याप्टेन सहितको बृहत छलफलबाट असोज ५ गतेदेखी ७ गतेसम्म हुने उक्त खेलकुद तथा साँस्कृतिक कार्यक्रमको तयारीको लागि उप–समिति संयोजकहरु समेत छनौट भैसकेको संघका सचिव बिष्णु थकालीले बताउनुभयो । विभिन्न उप- समितिहरु मध्य अर्थ सङ्कलन उप- समिति संयोजकमा विमला तुलाचन, भलिबल खेल उप- समिति संयोजकमा विनोद तुलाचन, आधुनिक तारा (आर्चरी) र परम्परागत तारा खेल उप- समिति संयोजकमा सन्तोष गौचन, सांस्कृतिक कार्यक्रम उप- समिति संयोजकमा कमला लालचन अधिकारी, प्रमुख अतिथि/सम्मानित व्यक्तित्व चयन उप- समिति संयोजकमा कृष्णकुमार शेरचन, प्रमाणपत्र/ ट्रफी/ ब्यानर व्यवस्थापन उप- समिति संयोजकमा कृष्णकुमार शेरचन, क्यामेरा मेन/ साउण्ड सिस्टम/ टेक्निसियन सम्पर्क उप- समिति संयोजकमा बिष्णु थकाली र प्रचारप्रसार संयोजकमा सुशीलबाबू थकाली रहेका छन् ।

सचिब थकालीका अनुसार कार्यक्रमलाई भव्य र सभ्य ढंगबाट सम्पन्न गर्नको लागि जिल्ला स्थित खेलप्रेमी महानुभावका साथै सबै सरोकारवाला निकायलाई आ–आफ्नो तर्फबाट सहयोग गर्नका लागि समेत संघले अपिल गर्ने जनाएको छ ।       यसै गरी पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख ५० हजार पुरस्कार सहित शील्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने टिमलाई नगद १ लाख पुरस्कार सहित शील्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

यसै गरी ताराखेल सादा तर्फ प्रथम हुने टिमलाई नगद ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने टिमलालई नगद ३५ हजार ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसै गरी ताराखेल आर्चरीतर्फ प्रथम हुने टिमलाई नगद ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने टिमलाई नगद ३५ हजार ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसै गरी नृत्य प्रतियोगितामा प्रथम हुनेलाई नगद ३५ हजार प्रमाणपत्र र पदक, दोस्रो हुनेलाई नगद २५ हजार प्रमाणपत्र र पदक र तृतीय हुनेलाई नगद १५ हजार प्रमाण र पदक प्रदान गरिने संघका सचिव बिष्णु थकालीले बताउनुभयो । साथै प्रत्येक क्लबले हरेक कार्यक्रमको लागि एकमुस्ठ शुल्क ५ हजार रुपैयाँ बुझाउनुपर्नेछ । सचिव थकालीका अनुसार उत्कृष्ट नृत्यकार केटा र केटीलाई प्रमाणपत्र र ट्रफि, उत्कृष्ट कोडियोग्राफिलाई प्रमाणपत्र र ट्रफि र उत्कृष्ट थकाली गीत रचनाकारलाइ प्रमाणपत्र र ट्रफि प्रदान गरिनेछ ।

यसै गरी संघका अध्यक्ष कृष्णकुमार शेरचनले कार्यक्रमको महत्व र यसको सान्दर्भिकतालाई मध्यनजर गर्दै सबैले आजैबाट आ–आफ्नो जिम्मेवारी बहनका साथै त्यसलाई पुरा गर्नको लागि समेत आग्रह गर्नुभएको थियो । छलफलकै क्रममा थाक खेलकुद तथा साँस्कृतिक विकास संघको इतिहास लामो रहेकोले संस्थाको शाखलाइ र गरिमालाई अझै उचाइमा लैजानुपर्ने शेरचनले बताउनुभयो । शेरचनका अनुसार सबैले आपसि सरसल्लाहर र सकारात्मक सुझावबाटै काम गर्न पनि अपिल गर्नुभएको थियो । मिलिजुली युवा क्लब मार्फा केन्द्रको खेल मैदानमा आयोजना हुने ५१ औं संस्करण सफल पार्न कुनै कसर बाँकी नराख्ने अध्यक्ष शेरचनले बताउनुभयो ।