विशेष
माथिल्लो म्याग्दी जलविद्युत आयोजना निर्माण शुरु
- 1 महिना, 23 दिन अगाडि
- ११ फाल्गुन २०८१, आईतवार
बेनी, ११ फागुन : म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजना निर्माण शुरु भएको छ । हाइड्रो इम्पाएर प्रा.ली. प्रर्वद्धक रहेको आयोजनाले सिम्कोश दोभानको बाँध देखि घिम्लेटी जोड्ने चार किलोमिटर लामो सुरुङ निर्माण कार्यको आइतबार गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्रि रेशमबहादुर जुुग्जाली (सुविन)ले शिलन्यास गर्नुभयो ।... पुरा पढ्नुहोस
पुलस्त्य पुलह क्षेत्र विकास कोषको अध्यक्षमा पुनः बानियाँ
- 1 महिना, 24 दिन अगाडि
- १० फाल्गुन २०८१, शनिबार
पुलस्त्य पुलह क्षेत्र विकास कोषको अध्यक्षमा पुनः लिलाबहादुर बानियाँ सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न १०औं अधिवेशन तथा साधारणसभाले बानियाँको अध्यक्षतामा कोषको नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट कोषको उपाध्यक्षमा भीमबहादुर बानियाँ, तेजप्रकाश बानियाँ, सचिवमा माधवप्रसाद रेग्मी, सहसचिवमा रामबहादुर बानियाँ र कोषाध्यक्षमा रामचन्द्र शर्मा पौडेल निर्वाचित हुनुभएको छ... पुरा पढ्नुहोस
मालढुङ्गा–बेनी सडक निर्माणले लियो गति
- 1 महिना, 24 दिन अगाडि
- १० फाल्गुन २०८१, शनिबार
म्याग्दी, १० फागुन । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी काेरिडोर सडक आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडक निर्माणले गति लिएको छ । सडक निर्माणको जिम्मा लिएको निर्माण व्यावसायीको ढिलासुस्ती र लापरबाहीका कारण अलपत्र परेको यो आयोजना सरोकारवालाहरूको दबाबका कारण पछिल्ला केही महिना यता निर्माणले गति लिएको हो । निर्माण व्यावसायीले प्रयाप्त मात्रामा मजदुर र... पुरा पढ्नुहोस
मुदी जलविद्युत गाउँ बन्दै : एउटै वडामा तीन जलविद्युत आयोजनाको निर्माण सुरु
- 1 महिना, 24 दिन अगाडि
- १० फाल्गुन २०८१, शनिबार
म्याग्दी १० फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका– ४ मुदीमा तीनवटा जलविद्युत अयोजना निर्माण सुरु भएको छ । धवलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीबाट १५५ मेगावाट क्षमताको तीन जलविद्युत आयोजना निर्माण सुरु भएका हुन् । उर्जा डेभलपर्स प्रा.ली. अन्तर्गत म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको ५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१... पुरा पढ्नुहोस
गलेश्वर मावि तोरीपानीको ४४ औ वार्षिकोत्सव मनाइयो
- 1 महिना, 24 दिन अगाडि
- १० फाल्गुन २०८१, शनिबार
तोरीपानी, ९ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा रहेको गलेश्वर माविले शुक्रबार ४४ औ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिक्षण क्रियाकलापलाई प्रविधीमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो । बेनी नगर कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नं.–९ का अध्यक्ष चक्रबहादुर केसीले विद्यार्थीहरुलाई... पुरा पढ्नुहोस
बृहत् घोप्टेखोला खानेपानी आयोजना निर्माण सुरु
- 1 महिना, 25 दिन अगाडि
- ९ फाल्गुन २०८१, शुक्रबार
म्याग्दी जिल्लाको बहुप्रतिक्षित गौरव आयोजनाको घोषणा गरिएको बृहत् घोष्टेखोला खानेपानी आयोजना निर्माण सुरु भएको छ। सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले ठेक्कामार्फत निर्माण सुरु गरेको आयोजनामार्फत रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका छवटा वडाका दुई हजार तीन सय ६९ घरपरिवार लाभान्वित हुने छन्। रु ३५ करोड ६३ लाख ३९ हजार सात... पुरा पढ्नुहोस
म्याग्दीका योजनाहरुमा बजेट अभाव र फापरखेतमा बेलिब्रिज जडान ढिलाईका विषयमा सांसद जुग्जालीद्धारा प्रदेश सरकारको ध्यानाकर्षण
- 1 महिना, 26 दिन अगाडि
- ८ फाल्गुन २०८१, बिहीबार
बेनी, ८ फागुन । म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बजेट अभावका कारण म्याग्दीका सडक आयोजनाहरु निर्माण रोकिएको र बेनी – दरवाङ सडकको फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज जडानका लागि भएको निर्णय कार्यान्वयनको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । गण्डकी प्रदेशसभाको बिहिबार बसेको बैठकको शून्य समयमा पुर्व भौतिक... पुरा पढ्नुहोस
बेनी नगरपालिकामा गौरवका योजना कार्यान्वयन
- 1 महिना, 26 दिन अगाडि
- ८ फाल्गुन २०८१, बिहीबार
म्याग्दी, फागुन ८ गते । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा १२ गौरवका आयोजना कार्यान्वयन गरेको छ । सडक, पर्यटन, कृषि र शैक्षिक संस्थाका पूर्वाधार निर्माण सम्बन्धी रु. नौ करोड ४७ लाख बजेट विनियोजन भएका दुई वटा सम्पन्न, चार वटा निर्माणाधिन र तीन वटा ठेक्का प्रक्रियामा रहेका... पुरा पढ्नुहोस
दुर्गम बस्ती मुदीको बगर सडक सञ्जालमा जोडियो
- 1 महिना, 26 दिन अगाडि
- ८ फाल्गुन २०८१, बिहीबार
म्याग्दी , ८ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको दुर्गम बस्ती बगर गाउँमा सडक पुगेको छ । सोही वडाको नाउरामा पुगेको सडकलाई ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाले पहुँचमार्ग निर्माणको क्रममा बगर स्थित जेल्टुङ बस्तीमा सडकको पहुँच पुगेको हो । नाउरादेखि म्याग्दी खोलाको किनार हुँदै भिर पहाड काटेर छ किलोमिर... पुरा पढ्नुहोस
साहित्यकार श्रेष्ठको २६औं कृति विमोचन
- 1 महिना, 26 दिन अगाडि
- ८ फाल्गुन २०८१, बिहीबार
म्याग्दी, ७ फागुन । म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठको २६औं कृति 'बलमान र बाह्र व्यक्तित्व' जीवनी सङ्ग्रहको विमोचन गरिएको छ । म्याग्दी जिल्लाको पहिलो राष्ट्रिय पञ्चायत सदस्य बलमान चोचाङ्गी पुन मगरको छैटौं स्मृति दिवसमा उक्त पुस्तक लोकार्पण गरिएको हो । पुन मगरको जन्मस्थान मालिका गाउँपालिका, वडा नं. ४, च्यूरीबोटमा विमोचन... पुरा पढ्नुहोस