विशेष
सडकको नक्साङन टुङ्गो लगाउन नसक्दा ताताेपानी कुण्डकाे करोडौँको योजना कार्यान्वयन भएन
- 2 महिना, 27 दिन अगाडि
- १२ भाद्र २०८१, बुधबार
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल भुरुङ–तातोपानी कुण्डमा पूर्वाधार निर्माणका लागि विनियोजित करोडौँको योजना कार्यान्वयन हुन सकेको छैन । अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ जाने पर्यटकका लागि विश्रामस्थलको रूपमा रहेको तातोपानी कुण्डलाई व्यवस्थित बनाउन सङ्घीय सरकारले पठाएको एक करोड ३० लाख बजेटको योजना कार्यान्वयन हुन नसकेको हो । अन्नपूर्ण गाउँपालिका–२... पुरा पढ्नुहोस
भेटी र नाचगानबाट जुटाएको रकम सामाजिक काममा
- 2 महिना, 27 दिन अगाडि
- १२ भाद्र २०८१, बुधबार
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दाले धार्मिकस्थल खयरभारानी तालमा सङ्कलन भएको भेटी र गाउँमा नाचगानबाट जुटाएको आठ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम सामाजिक काममा परिचालन गरेका छन् । समुन्द्री सतहदेखि चार हजार छ सय मिटर उचाइमा रहेको खयरभारानी तालमा जनैपूर्णिमा पर्वको मेला भर्न गएका भक्तजनले चढाएको भेटी र पाउद्वार गाउँमा आयोजना... पुरा पढ्नुहोस
बेनी-जोमसोम-कोरला सडक : सिरुबारीको पहिरोमा दुर्घटनाको जोखिम
- 2 महिना, 27 दिन अगाडि
- १२ भाद्र २०८१, बुधबार
म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारी क्षेत्रको पहिरोले दुर्घटनाको जोखिम बढेको छ । कालीगण्डकी किनारको पाखोमा निर्माण भएको सडकमा खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेको हो । स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम–सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग... पुरा पढ्नुहोस
पदमार्गमा बेपत्ता दुईमध्ये एक पर्यटक खोलामा मृत भेटिए
- 2 महिना, 28 दिन अगाडि
- ११ भाद्र २०८१, मंगलवार
अन्नपूर्ण पदमार्गमा आइतबारदेखि बेपत्ता दुई स्पेनिस पर्यटकमध्ये मंगलबार एक पुरुषको शव फेला परेको छ। महिला पर्यटकको अवस्था अझै अज्ञात छ। कास्कीको अन्नपूर्ण गाउँपालिका- ९ तिखेढुङ्गाबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा आइतबार स्पेनी नागरिक वर्ष ३७ का इरिक सोलर कासानोभास र वर्ष ३२ की मर्स मोलास जुन्का बेपत्ता भएका थिए ।... पुरा पढ्नुहोस
मुस्ताङको थासाङमा पुनः हिमपहिरो, बोक्सीखोला थुनियो
- 2 महिना, 28 दिन अगाडि
- ११ भाद्र २०८१, मंगलवार
https://youtu.be/jbfZoyz6JOE मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङको शिरमा पर्ने धौलागिरी र मानापाथि हिमशृङ्खलामा पुनः हिमपहिरो गएको छ । मंगलवार साँझ ५ः४५ बजे गएको हिमपहिरोले बोक्सीखोला थुनिएको छ । थासाङको बोक्सी खोला माथि छिप्लुङ लेंक हुँदै धौलागिरि हिमालको फेंदबाट खसेको हिमपहिरोले बोक्सीखोलाको पानी बग्न रोकिएको छ । एक सातामै दुई पटक... पुरा पढ्नुहोस
बेनी-गलेश्वर सडकमा बस दुर्घटना हुँदा चार जना घाइते
- 2 महिना, 29 दिन अगाडि
- १० भाद्र २०८१, सोमबार
म्याग्दी १० भदौ । म्याग्दी सदरमुकाम बेनीबाट गलेश्वरतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–६ स्थित गलेश्वर नजिकै ठूलोबौरमा सोमबार साँझ ५:३० बजे ना ५ ख २८९८ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित चार जना घाइते भएको... पुरा पढ्नुहोस
बाढी र पहिरोले म्याग्दीका मुख्य सडक अबरुद्ध
- 2 महिना, 30 दिन अगाडि
- ९ भाद्र २०८१, आईतवार
म्याग्दी ८ भदौ । गयराती परेको भारी बर्षाको कारण म्याग्दीका मुख्य सडक अबरुद्ध भएको छ । ठाउँ ठाउँमा खसेको पहिरो र बाढीको कारण म्याग्दीबाट बागलुङ, कुष्मा, पोखरा, काठण्माडौ लगायतका ठाउँमा सवारी ओहोर दोहोर गर्ने बेनी–मालढुंगा र बेनी –बागलुङ सडक अबरुद्ध भएका छन् । https://www.youtube.com/watch?v=IAJeJdbzDs0&t=73s त्यसैगरि म्याग्दीबाट मुस्ताङ जोड्ने बेनी–जोमसोम... पुरा पढ्नुहोस
बाढीले गलेश्वरमा विद्यालय र ज्येष्ठ नागरिक आश्रममा क्षति
- 2 महिना, 30 दिन अगाडि
- ९ भाद्र २०८१, आईतवार
म्याग्दीमा गयराती परेको भारी बर्षाले बेनी नगरपालिका– ९ गलेश्वरधाममा रहेको संस्कृत विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवनलगायत भौतिक संरचनामा क्षति भएको छ । जडभरत संस्कृत माध्यमिक विद्यालयको पाँचकोठे भवनको कक्षाकोठाभित्र बाढी पसेर पुरिएको छ । सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज नेपालका अनुसार बेनी–जोमसोम सडकमा पहिरो... पुरा पढ्नुहोस
हुलाकेमा बाढीले सडक बगाएपछि बेनी–बागलुङ सडक अबरुद्ध, स्कार्पियो बगाएर खोल्सामा
- 2 महिना, 30 दिन अगाडि
- ९ भाद्र २०८१, आईतवार
बेनी–बागलुङ सडक पूर्ण रुपमा बन्द भएको छ । गयराती परेको अबिरला बर्षाको कारण म्याग्दीको बेनी नगरपालिका– १ हुलाकेको ठाडो खोल्सामा आएको बाढीले सडक बगाएपछि बेनी–बागलुङ सडक पूर्ण रुपमा अबरुद्ध बनेको हो । https://youtu.be/IAJeJdbzDs0 बाढीले करिब ६० मिटर बढी सडक कटान गरेर क्षति पु¥याएको छ । बाढीले सडक अबरुद्ध भएपछि... पुरा पढ्नुहोस
राष्ट्रिय लोक तथा दाेहोरी गीत प्रतिष्ठान म्याग्दीको २० औँ साधारणसभाः कलाकार र पत्रकारलाई सम्मान
- 3 महिना अगाडि
- ८ भाद्र २०८१, शनिबार
लोक संस्कृतिको संरक्षण र संवद्र्धनमा योगदान पु¥याउने पाँच जना कलाकार र पत्रकारहरुलाई सम्मान गरिएको छ । राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान म्याग्दीले जिल्लाका कलाकार र पत्रकारलाई सम्मान गरेको हो । शनिवार बेनीमा आयोजित २० औँ वार्षिक साधारणसभाको अवसरमा जिल्लाका अग्रज लोक गायक तथा संस्थाका सल्लाहकार कृष्णदत्त पौडेल, लोक... पुरा पढ्नुहोस