एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाइ नगद पुरस्कारको घोषणा

  • २१ चैत्र २०८२, शनिबार
  • 3 पटक पढिएको

म्याग्दी, २१ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका समाजसेवि कमल शाही(कुमार)ले जारी एसइई परिक्षा २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ । रघुगंगा गाउँपालिका २ र ३ राखुमा सञ्चालित मुक्तिधाम मावि, रघुगंगा मावि र ज्ञानोदय मावि गरी तीन सामुदायिक विद्यालयबाट एसइई परिक्षा २०८२ मा ४ जिपिए ल्याउने विद्यार्थीलाई जनही नगद रु ५० हजार दिने घोषणा गनुृभएको छ ।

३. २ देखि ३.६ औसत जिपिए ल्याउने ( ए ग्रेड )ल्याउने सबै बिद्यार्थीहरूलाई जनही रु ५ हजार र सो भन्दा माथिल्लो औसत जिपिए (ए प्लस ग्रेड ) ल्याउनेलाई जनही रु १० हजार नगद पुरस्कार दिने शाहीले घोषणा गर्नुभएको हो ।

सिंगापुर पुलिसबाट सेवानिवृत पिप्लेको घोटडाँडा निवासी समाजसेवि शाहीले वि.स. २०७६ देखि राखु क्षेत्रमा रहेका सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै आउनुभएको छ भने विभिन्न सामाजिक क्षेत्रमा सहयोग समेत गर्दै आउनुभएको छ । एसइई परिक्षा २०८१ मा शाहीले १ जनालाई १० हजार र १३ जनालाई रु ५ हजारको दरले पुरस्कार प्रदान गर्नुभएको थियो ।