विशेष

लोकतान्त्रिक गठबन्धन म्याग्दी आन्तरिक तयारीमा व्यस्त

म्याग्दी, १४ कात्तिक । आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्नका लागि नेपाली काँग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठनबन्धन म्याग्दीले कार्यकर्ता भेटघाट, चुनाबी सभा तथा आमसभा संगै आन्तरिक रणनिति बून्ने योजनालाई समेत प्राथमिकतामा राखेको छ । कात्तिक ८ गते उत्तरी दानाबाट चुनाबी अभियान सुरु गरेको गठबन्धनले अन्नपूर्ण गाउँपालिका,... पुरा पढ्नुहोस

बाम गठबन्धनको ओखरबोट र फुलबारीमा संयुक्त चुनावी सभा

बेनी, १४ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनको उमेद्वार सहितको टोलीले प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रचार अभियान अन्तरगत सोमबार मालीका गाउँपालीका ४ ओखरबोट र फुलबारीमा चुनावी सभा गरेका छन् । माओवादी केन्द्रका लकबहादुर श्रीपालीको अध्यक्षता, हिरा पुनको स्वागत र एमालेका पदमलाल सापकोटाको सञ्चालनमा ओखरबोटमा भएको कार्यक्रममा नेकपा... पुरा पढ्नुहोस

बामगठबन्धनका उमेद्वार केसीको टोली रघुगंगा गाउँपालीकामा

बेनी १३ कात्तिक । मंसिर १० गते हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा एमाले माओवादीको बाम गठबन्धनको साझा उमेद्वार बिनोद केसीको टोलीले सोमबारदेखि रघुगंगा गाउँपालीकामा कार्यकर्ता भेटघाट तथा संयुक्त प्रशिक्षण अभियान सुरु गरेको छ । टोलीले रघुगंगा गाउँपालीका ५ झिँ र ६ पाखापानीमा एमाले, माओवादीका अगुवा कार्यकर्ता भेटघाट र प्रशिक्षण... पुरा पढ्नुहोस

हिन्दु राष्ट्र र राजतन्त्र राप्रपाको प्रमुख एजेण्डा– प्रवत्ता पाठक

म्याग्दी, १३ कात्तिक । राप्रपाका प्रवत्ता भुवन पाठकले हिन्दु राष्ट्र र राजतन्त्र सहितको प्रजातन्त्र पुनस्थापना राप्रपाको प्रमुख एजेण्डा भएको बताउनुभएको छ । राप्रपा म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवत्ता पाठकले हिन्दुराष्ट्र र राजतन्त्रको पुर्नस्थापना, भ्रष्ट्राचारमुक्त नेपाल, आर्थिक सम्बृद्धी र जनजिविकाको विषयमा चुनावी घोषणापत्रमा प्राथमिकता दिने बताउनुभयो ।... पुरा पढ्नुहोस

बेनीमा शसस्त्र प्रहरीको अस्थायी पोष्ट स्थापना

म्याग्दी, १३ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि म्याग्दी सदरमुकाम बेनीमा शसस्त्र प्रहरीको अस्थायी सुरक्षा पोष्ट स्थापना गरिएको छ । शसस्त्र प्रहरीको चण्डीका गण कुष्माबाट शसस्त्र प्रहरी नायब उपरिक्षक शुसील सुवेदीको नेतृत्वमा ४० जनाको टोली राखेर अस्थायी पोष्ट स्थापना गरिएको हो ।... पुरा पढ्नुहोस

लोकतान्त्रिक गठबन्धनको बरंजामा आमसभा

म्याग्दी, १२ कात्तिक । लोकतान्त्रिक गठबन्धनले म्याग्दीमा चुनावी आमसभा अभियानलाई तिब्र बनाएको छ । अभियानको क्रममा आज बरंजामा आमसभा तथा मतदाता भेटगाट कार्यक्रम सम्पन्न भएको छ । म्याग्दीका दुबै निर्वाचन क्षेत्रमा सुरु भएको अभियान अन्र्तगत मंगला गाउँपालिका–४ एकाई सभापति कृष्ण केसीको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस म्याग्दीका सभापति... पुरा पढ्नुहोस

बाम गठबन्धनको चुनाबी अभियान : एमाले र माओवादीको कुहुँमा संयुक्त आमसभा

म्याग्दी, १२ कात्तिक । पार्टी एकताको सहमती, मंसिरमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले आईतबार मंगला गाउँपालीका १ कुहुँमा संयुक्त आमसभा गरेका छन् । वडा अध्यक्ष डेगबहादुर राम्जालीको अध्यक्षता, गाउँपालीका उपाध्यक्ष सिर्जना केसीको सञ्चालन र माओवादी केन्द्रकी जिल्ला सल्लाहकार यामकुमारी पुनको... पुरा पढ्नुहोस

बाम गठबन्धनको अर्मन र बाबियाचौरमा आमसभा, राम्चेमा कार्यकर्ता भेटघाट

म्याग्दी, ११ कात्तिक । नेकपा एमाले र माओवादीको संयुक्त प्रचार टोलीले शनिबार मंगला गाउँपालीका ५ अर्मन र २ बाबियाचौरमा आमसभा गरेको छ ।आमसभालाई सम्बोधन गर्दै एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा बाम गठबन्धनको तर्फबाट म्याग्दीका साझा उमेद्वार भुपेन्द्रबहादुर थापाले नेपाली जनताको अपेक्षा अनुसार एउटै कम्युनिष्ट पार्टी र कम्युनिष्टको सरकार चलाउने उद्देश्यले... पुरा पढ्नुहोस

गाउँ पसे म्याग्दीका उमेद्वार

म्याग्दी ११ कात्तिक । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावका लागि मनोनयन दर्ता गरेसंगै म्याग्दीका उमेद्वारहरु भोट माग्न गाउँ पसेका छन् । नेता, कार्यकर्ता र कलाकारको टोली सहित उमेद्वारहरु चुनाव प्रचारका लागि गाउँ पसेका हुन् । तालमेल गरेर उमेद्वारी दिएका नेपाली काँग्रेस र राप्रपाको संयुक्त प्रचार... पुरा पढ्नुहोस

राजमोले क्षेत्र नम्बर १ मा बाम गठबन्धनका उमेद्वारलाई सहयोग गर्ने

म्याग्दी, १० कात्तिक । राष्ट्रिय जनमोर्चाले म्याग्दीको प्रदेशसभा क्षेत्र नम्बर १ मा एमाले माओवादीका साझा उमेद्वारलाई सहयोग गर्ने भएको छ । राष्ट्रिय जनमोर्चा म्याग्दीका अध्यक्ष छवी विश्वकर्माले शुक्रबार एक विज्ञप्ती जारी गर्दै प्रदेशसभाको क्षेत्र नम्बर १ मा पार्टीले उमेद्वारी नदिएको र बाम गठबन्धनका उमेद्वारलाई सहयोग गर्ने निर्णय भएको जानकारी गराउनुभएको... पुरा पढ्नुहोस