करबाकेली थानको पर्यटन प्रर्वद्धनका लागि ‘बेनी–करबाकेली इको ट्रेक ’ सुरु
- २२ बैशाख २०७५, शनिबार
- धिरन खत्री
- 3798 पटक पढिएको
म्याग्दी, २२ बैशाख । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ७ राम्चेमा पर्ने करबाकेली थानलाई आन्तरिक तथा बाह्रय पर्यटक प्रर्वद्धनका लागि समुदायको सक्रियता बढेको छ । करबाकेली थानलाई संरक्षण तथा पर्यटन प्रर्वद्धनका लागि करबाकेली संरक्षण समीतिको सक्रियतामा करबाकेली इको ट्रेक एक्सप्लोर गरिएको हो । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा ‘बेनी– करबाकेली इको ट्रेक’ सम्वन्धि शनीबार बेनीमा पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् । कास्कीको वीरेठाटी तिखेढुँगा उल्लेरी, हुदै म्याग्दीको घोडेपानीबाट पुनहिल हुँदै करबाकेली थान भए र बेनी बजार निस्कने पदर्मागलाई ६ दिनको रुपमा प्याकेज गरिएको छ ।
हिमाल, वनजंगल, जैविक विविधता, गाउँले जीवनशैली र पुन समुदायको संस्कृतिलाई अध्ययन गर्न बैकल्पीक रुपमा ४ ओटा विकल्प समितिले पर्यटकको लागि विकास गरेको छ । पहिलो विकल्प करबाकेली थानबाट बँेसरी ओारालो झर्ने बैसरीबाट सवारी साधनमा बेनी आउन सकिन्छ । दोस्रो विकल्प थानबाट महभिर हुँदै मल्लाज भएर बेनी बजार बास झर्ने ब्यवस्था छ, भने तेस्रो विकल्प करबाकेली थानबाट रिमा हुदैँ औल झरेर बेनी बजार पूग्न सकिन्छ । भने चौथो विकल्प करबाकेली थानबाट नागी हुदै पर्वतको फलामे डाँडा बास बस्ने, सो डाँडाबाट बेनी बजार झर्न सकिने पदमार्ग विकास गरिएको छ।
करबाकेली संरक्षण समितिका सल्लाकार चामबहादुर पुनले प्राकृति, सास्कृति र ऐतिहासिक रुपले महत्वपुर्ण थलो करबाकेली मन्दिरलाई पर्यटकको रुपमा विकास गरि स्थानीयलाई रोजगारीको सिर्जना गर्न यो पदमार्ग विकास गरिएको बताए । पुन समुदायको सक्रियतामा निर्माण गरिएको मन्दिरको पहिचान थप झल्काउन करबाकेली क्षेत्रमा पुन समुदायको संस्कार र सस्कृति झल्काउने संग्रहालय बनाउने तयारी भएको जानकारी दिए । समुदायको सक्रियतामा रकम संकलन गरेर ४५ लाख दुई तले भवन निर्माण गरिने छ, भने १५ लाखको आवश्यक सामाग्री खरिद गरिने पुनले जानकारी दिए । करबाकेली पदमार्ग विकाससंगै सो क्षेत्रमा घुम्न आउने पर्यटकलाई अर्गानिक खाना तथा परम्परागत कलासस्कृति झल्कने सामानहरु गाउँमै उत्पादन गर्ने तयारीमा समेत समदुाय जुटेको पुनले थप जानकारी दिए । समुदायले आन्तरिक तथा बाह्रय पर्यटकको लक्षित गरेर बस्ने खाने ब्यवस्था लागि होमस्टे पनि संचालन गरेका छन् । भने समुदायको सक्रियतामा समुदायिक लज पनि संचालनको तयारीमा रहेको छ । सो करबाकेली थानबाट संसारको ७ औ अग्लो हिमाल धौलागिरि हिमालको दृष्य अवलोकन पनि गर्न सकिन्छ ।
म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालको अध्यक्षता तथा स्वागत मन्तव्य रहेको कार्यक्रममा दिप्तृय उपाध्यक्ष राजेश शाक्यले म्याग्दी भ्रमण बर्ष २०७५ लाई सफल बनाउन जन्मभूमिप्रति मायाले युरोपमा रहेर पनि चापबहादुर पुनले देखाएको सक्रियतामा करबाकेली पदमार्ग पहिचान गरिएको हुदाँ यसको पर्यटन प्रवद्र्धनसंगै समुदायको जीवनस्तर सुधार गर्न महत्वपुर्ण टेवा पुग्ने बताउदै करबाकेली थान भम्रण बर्षको मुख्य गन्तव्य रहेको जानकारी दिए । भ्रमण बर्ष २०७५ लाई उद्घाटन गर्न बैशाख ३० गते पर्यटन मन्त्री रविन्द्र अधिकारी आउने निश्चित भएको संघले जानकारी दिएको छ । संघका महासचिव लिलाराम गौतमको संचालनमा भएको कार्यक्रममा करबाकेल संरक्षण समितिका सदस्य तथा समाजसेवी हर्कबहादुर पुनको उपस्थित भएको थियो ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l