बेनीमा भारतीयको सर्कस चमत्कार ! कला कौसल देखाएर आकर्षक कमाई ( भिडियो सहित)
- २३ बैशाख २०७५, आईतवार
- 2615 पटक पढिएको
म्याग्दी, २३ वैशाख । हेर्दा अचम्म लाग्ने कला प्रर्दशन गर्छन् । हातले उठाउन कठिन हुने ढुंगालाई मुखले उचाल्चन् । काठको लौरोमा खुट्टा बाँधेर निर्धक्क संग हिडडुल गर्छन् । हिजो आज बेनी बजारको चोकहरुमा भारतबाट आएका एकै परिवारका तीन भाईले यस्तै अनौठो कला प्रर्दशन गर्ने गरेका छन् ।
भारतको गुजरातबाट आएका यि तीन भाईले अनौठो कला प्रदर्शन गरि आर्थिक संकलन समेत गर्दै आएका छन् । उक्त कला पदर्शन गर्ने समुहको नेतृत्व गरेका जि चन्दले भाईहरुको पढाई खर्च जुटाउन नेपालमा आएर कला पदर्शन गरि आर्थिक संकलन गर्ने गरेको बताए ।
‘‘ हेर्दा जादुगर जस्तो लाग्न सक्छ, तर हामीले अन्य क्षमतावान व्यक्तिबाट कला सिकेर देखाउने गरेका हौँ, निरन्तरको अभ्यासले मात्रै यस्तो कला देखाउन सक्ने भएका हौँ’’– लौरोमा उभिएर कला देखाउने गरेको सोकिनले भने ।
उनीहरुले नेपालमा २ महिना सम्म यस्तो कला प्रदर्शन गरि खर्च जुटाएर भारत फर्किएर अध्ययन गर्ने गरेको समेत बताए । उनीहरुले बिगत ४÷५ बर्षदेखि नेपालका विभिन्न ठाउँमा पुगेर यस्तो कला देखाउने गरेका छन् ।