विशेष
प्रभुुचेलामा सामुदायिक ‘मेडिटेसन’ केन्द्रको पूर्वाधार निर्माण थालियो
- 7 महिना, 27 दिन अगाडि
- १६ चैत्र २०८०, शुक्रबार
बिम, १६ चैत : म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र सञ्चालन गर्नका लागि पूर्वाधार निर्माण थालिएको हो । परापुर्वकालमा ऋषिमुनीहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेलालाई तनाव व्यवस्थापन, मानसिक र शारिरिक स्वास्थ्यका लागि उपयोगी मानिएको मेडिटेशन गर्ने थलोका रुपमा विकास गर्न लागिएको हो । प्रभुचेला धुरी... पुरा पढ्नुहोस
आगामी शैक्षिक सत्रका लागि म्याग्दीमा भित्रियो पाठ्यपुस्तक
- 7 महिना, 27 दिन अगाडि
- १६ चैत्र २०८०, शुक्रबार
म्याग्दी १६ चैत । म्याग्दीमा आगामी शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक भित्रिएको छ । भौगोलिक विकटताको कारण दुर्गम गाउँका विद्यालयहरुमा समयमै पाठ्यपुस्तक नपुग्ने समस्यालाई हटाउन म्याग्दीका पुस्तक व्यवसायीहरुले जिल्लामा सरकारी विद्यालयका लागि पाठ्यपुस्तकको उपलब्धता गराउन सुरु गरेका हुन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक... पुरा पढ्नुहोस
एसईई परिक्षा : म्याग्दीमा २० जना विद्यार्थी अनुपस्थित
- 7 महिना, 28 दिन अगाडि
- १५ चैत्र २०८०, बिहीबार
बेनी । विहिबारदेखि सुरु भएको एसईई परिक्षामा २० जना विद्यार्थी अनुपस्थित भएका छन् ।म्याग्दीमा १९ सय ४२ जना विद्यार्थीहरुले फर्म भरेका थिए । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाका अनुसार,नियमित तर्फ १८ सय ४०,ग्रेड बृद्धिका २३ जना, प्राविधिक धारतर्फ ७९ जना विद्यार्थीले परीक्षाका लागि फर्म भरेका हुन् ।... पुरा पढ्नुहोस
भकिम्लीका एकल महिलालाई साबुन बनाउने तालिम
- 7 महिना, 28 दिन अगाडि
- १५ चैत्र २०८०, बिहीबार
बेनी, १५ चैत । बेनी नगरपालिका–३ भकिम्लीका एकल महिलाहरुलाई साबुन बनाउने तालिम दिइएको छ । बेनी नगरपालिकाको एकल महिलाहरुको आयआर्जन कार्यक्रम अन्र्तगत भकिम्लीमा सञ्चालन भएको साबुन बनाउने तालिम बिहिबार सम्पन्न भएको हो । ५ दिनसम्म सञ्चालन भएको तालिममा १२ जनाको सहभागिता रहेको थियो । चैत ११ गतेदेखि शुरु भएको तालिमको... पुरा पढ्नुहोस
म्याग्दी जेसीजले सामाजिक र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने
- 7 महिना, 29 दिन अगाडि
- १४ चैत्र २०८०, बुधबार
म्याग्दी, १४ चैत । म्याग्दी जेसीजले विभिन्न सामाजिक र जनचेनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । म्याग्दी जेसीजको दोस्रो सञ्चालक समितिको बैठकले प्राभावकारी भाषण कला तालिम, ट्राफिक जनचेतना कार्यक्रम ,म्याग्दी बहुमुखी क्याम्पसमा निःशुल्क आँखा जाँच कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको म्याग्दी जेसीजका महासचिव सज्जन श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा म्यादी... पुरा पढ्नुहोस
बेनीमा बजार अनुगमन
- 7 महिना, 29 दिन अगाडि
- १४ चैत्र २०८०, बुधबार
बेनी । म्याग्दी सदरमुकाम बेनी बजारका पसलहरु अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बुधबार बजारका पसलहरु अनुगमन गरेको हो ।९ वटा होटल र १५ वटा खाद्यान्न पसल अनुमगन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्राविधिक सहायक सहन्सा कुमार मेहताले बताउनुभयो ।... पुरा पढ्नुहोस
अदिभारा–डाडागाउँ सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान
- 7 महिना, 30 दिन अगाडि
- १३ चैत्र २०८०, मंगलवार
बेनी, १३ चैत । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि अदिभारा–डाडागाउँ–सोलेडाडा हुदै बाग्लुङको तमानखोला जोड्ने सडक स्तरोन्निति हुने भएको छ । यो सडक अन्र्तगत मालिका गाउँपालिकाको वडा नम्बर ३ अदिभारा देखि डाडागाउँतर्फको सडक स्तरोन्नती गर्न पूर्वाधार विकास कार्यालय म्याग्दीले मंगलबार ठेक्का आव्हान गरेको छ । गण्डकी प्रदेश सरकारका निवर्तमान... पुरा पढ्नुहोस
प्रनाउ कुँवरको कार्यकाल अपराध नियन्त्रण, फैसला कार्यान्वयन र दुव्र्यसनी न्युनीकरणमा केन्द्रित
- 7 महिना, 30 दिन अगाडि
- १३ चैत्र २०८०, मंगलवार
बेनी, १३ चैत । म्याग्दीबाट काठमाडौको रानी पोखरीमा सुरुवा हुनुभएका प्रहरी नायव उपरीक्षक मदन कुुँवरले आफ्नो नेतृत्वमा गरेका र भएका प्रमुख गतिबिधिहरु मंगलबार सार्वजनिक गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा करिब एक वर्ष नेतृत्व गर्नुभएका कुँवरले आपराधिक गतिबिधिमा संलग्नलाई कानुनी दायरामा ल्याउने, लागु औषध नियन्त्रण, अदालतको फैसला कार्यान्वयन र... पुरा पढ्नुहोस
बेनीमा निलगिरी कप ब्याडमिन्टन हुने
- 7 महिना, 30 दिन अगाडि
- १३ चैत्र २०८०, मंगलवार
बेनी, १३ चैत । नयाँ वर्ष २०८१ को अवसरमा यही चैत अन्तिम साता बेनीमा प्रथम निलगिरी कप जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । निलगिरी यातायात प्रा.ली.ले नव वर्षको अवसरमा चैत २४ र २५ गते बेनीको कालीपुल कवर्डहलमा म्याग्दी जिल्ला स्तरीय सि र डि लेभल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको... पुरा पढ्नुहोस
कालीगण्डकी कोरिडोर : १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माणमा प्रगति
- 7 महिना, 30 दिन अगाडि
- १३ चैत्र २०८०, मंगलवार
.म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक... पुरा पढ्नुहोस