म्याग्दीका महावीर पुन शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त

  • ५ आश्विन २०८२, आईतवार
  • 1071 पटक पढिएको

म्याग्दी, ५ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नांगीमा जन्मनुभएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बन्नुभएको छ । 

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले पुनलाई शिक्षामन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रधानमन्त्री कार्कीले पुनलाई शिक्षा मन्त्रीका लागि प्रस्ताव गर्नुभएको थियोृ । राष्ट्रिय आविष्कार केन्द्रको स्थापना, रोजगारी सिर्जना, नवप्रवर्तनका क्षेत्रमा गरेका अनुकरणीय कामले पुन परिचित हुनुहुन्छ ।

पछिल्लो समय आफ्नै आत्मकथाको पुस्तक विक्रि गरेर पुनले बन्द रहेको वीरगंज कृषी औजार कारखानालाई सञ्चालनमा ल्याउनुभएको छ । नेपालमा बेतारे इन्टेरनेट भित्र्याउनुभएका पुन म्यागासेसे पुरस्कार बिजेता समेत हुनुहन्छ । सामान्य जीवनशैलि अंगाल्ने पुनले लामो समयदेखि नेपालमा नयाँ नयाँ आविष्कारको लागि नेतृत्व गर्दै आउनुभएको छ ।