स्थानीय उत्पादनको बजार राम्रो (फोटोफिचर)

  • ५ आश्विन २०८०, शुक्रबार
  • धिरन खत्री
  • 317 पटक पढिएको

 

म्याग्दी, ५ असोज । म्याग्दीका गाउँगाउँमा उत्पादित स्थानीय बस्तुहरुले बजार पाउन थालेका छन् । बेनीमा हुने मेला, महोत्सव, सम्मेलनमा जिल्लाका स्थानीय उत्पादित बस्तुहरु बजार राम्रो छ । म्याग्दी जेसीजको आतिथ्यतामा म्याग्दीको सदरमुका बेनीमा भएको नेपालन जेसीजको क्षेत्र ख सम्मेलनमा उपस्थित जेसिज पाउनाले नि:शुल्क स्टलमा राखेका म्याग्दीका उत्पादित बस्तुहरु कोसेलीका रुपमा लगेका छन् ।

स्थानीयस्तरमै उत्पादित विभिन्न वस्तुहरू बिक्रीका लागि म्याग्दी जेसीज उपलब्ध गराएको निशुल्क स्टलमा म्याग्दीको अर्गानिक कृषि जन्य बस्तुहरु, अल्लोबाट बनेका कपडा, र स्थानीय निर्माण गरेको चप्पल राखिएको छ। बिहीबारदेखि शुक्रपारसम्म संचालन भएको सम्मेलनमा उपस्थित करिव ६ सय अतिथिहरुले स्टलमा राखेका म्याग्दीका उत्पादनको अवलोकन गर्ने र मन परेको अर्गानिक बस्तुहरु किनर लाने गरेका छन् ।

स्टलमा अल्लोबाट बनेका ढाँकाका कपडा, टोपी, सल, पर्स, लगायतको सामानहरु रहेको म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतका महिला उद्यमीकी कोषाध्यक्ष दिलु गुरुङले बताउनुभयो । उहाँले मेला, महोत्सव र सम्मेलनले गर्दा स्थानीयले उत्पादन गरेका वस्तुहरूको बजारीकरण गर्न सघाउ पुगेको बताउनुभयो ।

त्यस्तै स्टलमा महिला उद्यमीकी सदस्य गंगा खत्रीले सिस्नो, टिम्मुर, टिम्मुरको छोप, बेसार, रातो च्याउ, जिम्भु, सिल्टेमोर राख्नुभएको छ । उहाँले राखेको बस्तुहरु बढी विक्ने गरेको छ ।

धौलागिरी कोसेली घरकी संचालिका मिना राम्जालीले स्टलमा म्याग्दीका गाउँगाउँमा उत्पादन भएका बस्तुहरु विक्रिमा राख्नु भएको छ । उहाँले पनि टिम्मुर, ढकायो, फापर र जौको पिठो, जौ र उवाको सातु, मुलाको धजरा, सिमिको दाल, चुक अमिलो, मकैको आटो, कालो र खैरेभट्ट, भुटेको मकै, बदाम, गौरीया चामल राख्नुभएको छ । गलेश्वरधाम आमासमुहले उत्पादन गरेर विभिन्न प्रकारका चप्पलहरु स्टलमा राख्नुभएको छ।

गाउँगाउँमा उत्पादित स्थानीय वस्तुहरूकोे प्रचार–प्रसार भएको र अर्कोतर्फ व्यापार पनि भइरहेको स्टलका व्यवसायीहरू भनाई थियो । पहिल्यभन्दा अहिल्य गाउँमा उत्पादन भएका बस्तुहरुको बजार राम्रो रहेको अनुभव सुनाउनुभयो ।

नेपाल जेसिज क्षेत्र ख सम्मेलनका निर्देशक एवम् म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले म्याग्दीको कला संस्कृतिको संरक्षण, स्थानीय उत्पादनहरूको प्रचार र बजार विस्तारका साथै पर्यटन प्रवद्र्धनका लागि सम्मेलनले सघाउने बताउनुभयो ।

  

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l