युवा पत्रकारिता पुरस्कारबाट बास्कुने सम्मानित

  • ६ आश्विन २०८०, शनिबार
  • 329 पटक पढिएको

 

बेनी, ६ असोज। प्रेस काउन्सिल नेपालले युवा पत्रकारिता पुरस्कारबाट म्याग्दीका क्रियाशिल पत्रकार अमृतप्रसाद पौडेल (बास्कुने)लाई सम्मान गरेको छ ।

पत्रकारितामार्फत राष्ट्रलाई योगदान पुर्‍याउन सफल पौडेललाई प्रेस काउन्सिलले नगद १० हजारसहित सम्मानपत्रले सम्मान गरेको हो ।

प्रेस काउन्सिल नेपालको ५४ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, सञ्चारमन्त्री रेखा शर्मा र काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले उहाँलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

बास्कुने गोरखापत्र दैनिक लगायत मिडियामा रहेर पत्रकारिता गर्दै आउनुभएको छ। योगदालाई कदर गर्दै सम्मान गर्ने काउन्सिललाई बास्कुनेले धन्यवाद दिनुभएको छ ।