विशेष

म्याग्दीमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरु

  म्याग्दी, ९ फागुन । नेकपा एमाले म्याग्दीले ‘मिसन ग्रासरुट’ अभियान मंगलबारदेखि सुरु गरेको छ । एमाले जिल्ला कमिटी म्याग्दीको आयोजनामा मिसन ग्रासरुट अभियान अन्तर्गत सोमबार र मंगलबार बेनीमा एमाले निकट जनप्रतिनिधि र कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम गरेको थियो । दुई दिनको प्रशिक्षण कार्यक्रम प्रश्चात जिसस सभाहलमा भएको मिसन ग्रासरुट सम्वन्धनमा... पुरा पढ्नुहोस

ओमशान्तिको सभाहल भवन शिलन्यास  

  बेनी, ९ फागुन । म्याग्दीको बेनीमा योग सभाहल निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयले बेनी नगरपालिका–७ मा भवन निर्माण शुरु गरेको हो । भवनको मंगलबार गण्डकी प्रदेशसभा सदस्य हरि बहादुर भण्डारीले शिलन्यास गर्नुभयो । भवन निर्माणका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले चालु... पुरा पढ्नुहोस

एकवर्षदेखि ओढारको बास

म्याग्दी । बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् । सडक छेउको ओढारमा बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले ढुङगेयुगजस्तै एक वर्षदेखि ओढारमै आश्रय लिएका छन् । छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओढारमा... पुरा पढ्नुहोस

जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङशिल्ड फागुन १२ र १३ गते हुने

  म्याग्दी, ९ फागुन । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा फागुन १२ र १३ गते जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङशिल्ड हुने भएको छ। जिल्लाका ६ वटै पालिकामा पालिकास्तरीय रनिङशिल्ड सम्पन्न भएपछि जिल्लास्तरीय आठौँ रनिङशिल्ड गर्न लागिएको हो । बेनीस्थित खुल्लामञ्चको खेलमैदानमा हुने रनिङशिल्डमा भलिबल, कबड्डी, कराते र एथलेटिक्ससमा पालिकास्तरीयबाट सहभागि... पुरा पढ्नुहोस

राष्ट्रपति भण्डारीको जलजला क्षेत्रको भ्रमणको दिन पालिकाले दियो सार्वजनिक विदा

  जलजला ८ फागुन ।आगमी बुधवार हुने राष्ट्रपति विद्यादेवी भण्डारीको पर्वतको जलजला क्षेत्रमा हुने भ्रमणलाई लिएर जलजला गाउँपालिकाले उक्त दिन सार्वजनिक विदा दिएको छ । फागुन १० गते राष्ट्रपति भण्डारीले जलजलाको धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल कालाञ्जर हम्पाल क्षेत्रको अवलोकन र वडा नम्बर २ पूर्ण गाउँ स्थित आदि बराह तालमा... पुरा पढ्नुहोस

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय, सबै जिम्मा प्रचण्डलाई

  काठमाडौँ, ८ फागुन । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने जिम्मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने सबै जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको हो । आइतबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुसँग... पुरा पढ्नुहोस

पर्वतबाट झण्डै रु ३० करोडका सुन्तला निर्यात

पर्वत ८ फागुन । पर्वत जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तला खेती गर्ने क्षेत्रफल र उत्पादन दुवै वृद्धि भएको छ... पुरा पढ्नुहोस

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

  काठमाडौं, ८ फागुन । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा आजदेखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुने गरी निर्वाचन आयोगले गत माघ १६ गते मिति तय गरेको थियो ।सो... पुरा पढ्नुहोस

पानी नपर्दा लेक र खर्कमा घाँसकाे अभावले पशुचरनकाे समस्या

म्याग्दी ८ फागुन । ६ महिनादेखि वर्षा नहुँदा र हिउँ नपर्दा म्याग्दीको बेसीदेखि उच्च लेकाली क्षेत्रमा पशुलाई चरन अभाव भएको छ। लामो खडेरी र सुख्खाका कारण लेक र खर्क मा घाँस नउम्रिँदा चरन समस्या भएको हो। लामो समयदेखि हिउँदे वर्षा नहुँदा खानेपानीका मुहान समेत सुक्न थालेका छन्। गाई–भैंसी लगायत पशुचौपाया... पुरा पढ्नुहोस

म्याग्दीको पुराना र प्राचिनकालिन कुवा नासिँदै

गलेश्वर ८ फागुन । सिरानमा ऐतिहासिक ज्यामरुककोट, पुधारमा सात्लेपानीको भिर । भिरको बीच हुँदै भकुण्डे उक्लने र बगरफाँट, खबरा झर्ने पुरानो बाटा छ । बाटोको दायाँतर्फ करिब पाँच सय वर्ष पुरानो एउटा कुवा छ । त्यो कुवालाई स्थानीयले सात्लेपानीको राजकुवा भन्दछन् । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डे नजिकै सात्लेपानीको जङ्गलमा... पुरा पढ्नुहोस