पहाडको टुप्पोमा पर्यटकीयस्थल मालिका धुरी

  • २५ कार्तिक २०८०, शनिबार
  • 231 पटक पढिएको

म्याग्दी, २५ कात्तिक । समुन्द्रि सतहदेखि तीन हजार ४०० मिटरको उचाईमा रहेको पहाडको टुप्पोमा धार्मिक पर्यटकियस्थल मालिका धुरी पर्छ। म्याग्दीको मालीका गाउँपालिका–७ र रघुगंगा गाउँपालिका–६ को सिमा क्षेत्रमा अवस्थित मालिका धुरीमा चण्डी पुर्णिमा, जेष्ठी पुर्णिमा र कार्तिक पुर्णिमामा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लाग्छ ।
कालिका देवी, मालिका देवी र जलवा देवी रहेको मालिका धुरीमा पुजा गर्न म्याग्दी, पर्वत, बागलुङ, कास्की, काठमाडौ लगायतका देशका विभिन्न स्थानबाट हजारौ भक्तजनहरुको भिड लाग्ने गर्छ । मलिकाको पुजाआजा र भाकल गरेमा मनोकाक्षा सन्तान नभएकालाई सन्तान, पढाई, विदेश लगायतको क्षेत्रमा मनोकांक्षा पुरा भएमा भक्तजनहरुले चण्डी पुर्णीमा, भाईटिका, जेष्ठी पूर्णीमा र बालाचर्तुदशी पर्वमा मालिका धुरीमा पुर्जा गर्ने मालिका क्षेत्र विकास संरक्षण समितिका अध्यक्ष छकप्रसाद पाईजाले बताए ।
दरवाङ दुखु निवासी स्वर्गिय तिर्थबहादुर रोकाको ५ बहिनी छोरीछोरी भएपछि मालिका धुरीमा भाकल पुजा गरेपछि छोरा भएकोले उनीलेनै मन्दिर बनाएर पुजा भाकल गर्दै आएका थिए ।  त्यो विश्वास सबैमा पुग्दै गएपछि स्वदेश तथा भक्तजनहरुको भिड बढेपछि २०६७ सालदेखि ब्यवस्थापन समिति निर्माण गरेर पुर्वाधार निर्माण तथा पुजाआजालाई ब्यवस्थित बनाउदै आएको अध्यक्ष पाईजाले बताए ।
मालिकाधुरीको दर्शनसंगसगै भक्तजनहरुले प्राकृतिक हिमशृङखला, सुन्दर ठाउँहरुको अवलोकन गर्न पाउछन् । यहाँ अन्य समयमा पनि प्रकृतिसंग रमाउन आन्तरिक पर्यटक पुग्ने गरेका छन् । धार्मिकस्थल मालिकाबाट लालीगुराँसको जंगल, धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, सिस्ने, गुर्जा, मानापाथी, मनास्लु लगायतका २० भन्दा बढी हिमशृङखला, सुर्योदय, नजिकबाट अवलोकन गर्न सकिन्छ । घनाजंगलको यात्रामा घोरल रतुवा डाफेँ, मुनाल, कालिज लगायतको बन्यजन्तुको आवाज भक्तजनहरुले सुन्न र देख्न सकिन्छ । ालिकामा खानेबस्ने र खानेपानीको व्यवस्थापन गर्नुपर्ने मालिका–७ बिमका ८३ वर्षीय पलबिर जुग्जालीले बताए ।
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले पर्यटन प्रवद्र्धन कार्यक्रममा बोल्दै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले भक्तजनको अस्थायी बसोबासका लागि सत्तल, पदमार्ग र खानेपानी निर्माण गरिएको बताए । “सत्तल र खानेपानीलाई व्यवस्थित बनाउने प्रयासमा छौ,” उनले भने । “बिम हुदै मालिका धुरी जोड्ने सडकलाई नागिथला सम्म पुर्‍याएर यात्राअवधि छोट्याउने उद्देश्यले यस वर्ष रु. ८३ लाख बजेट बिनियोजन भएको छ ।” मालिका धुरीलाई केन्द्रित गरेर बेनी–टोड्के–मालिका धुरी हुदै धौलागिरि हिमालको आधार शिविर जोड्ने पदमार्गको परिकल्पना गरिएको छ ।
मालिकामा भाकल गरेमा मनोकाँक्षा पुरा हुने र मागेको कुरा पुरा भएमा बोका, परेवाको बली दैनिक पुजा गर्न सकिने ब्यवस्था रहेका अध्यक्ष पाईजाले बताए । त्यहाँ पोखराको बराह तालको जाल्पा देवि, बागलुङ कालीकाको कालिका देवी र म्याग्दीको मालिका देवीको पुजा एकै ठाउँमा हुने मालिका धुरी हो । मालिका धुरीमा भक्तजनहरु दर्शन तथा पुजा गर्दा काग आएर कराएपछि मालिका देवी आएको जनविश्वास छ । मालिकामा भक्तजनहरुको भिड बढेपछि तीन तहका सरकार र स्थानीयको सक्रियतामा निर्माण भएका केही पूर्वाधारले पछिल्लो सयम पुग्ने धार्मिक पर्यटकलाई सहज भएको छ।