विशेष
शिवशिखर सहकारीद्धारा म्याग्दीमा मात्रै साढे चार करोड बढी ठगी
- 1 बर्ष, 10 महिना अगाडि
- १६ आश्विन २०८०, मंगलवार
म्याग्दी १६ असोज । म्याग्दी सदरमुकाम बेनीस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले करिब तीन सय सेयर सदस्यले बचत गरेको रु चार करोड ६१ लाख रकम फिर्ता नगरेको पाइएको छ । ती सेयर सदस्यले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आफूले बचत गरेको रकम पाउनका लागि उजुरी दिएपछि सो खुलासा भएको हो । बेनी... पुरा पढ्नुहोस
पहिरोले म्याग्दीका मुख्य सडक अबरुद्ध
- 1 बर्ष, 10 महिना अगाडि
- १६ आश्विन २०८०, मंगलवार
[caption id="attachment_72984" align="alignnone" width="1024"] फाइल तस्बिर[/caption] बेनी, १६ असोज : अबिरल बर्षाको कारण म्याग्दीका मुख्य सडकहरु अबरुद्ध भएका छन् । गयरातीदेखि परेको अबिरल बर्षाको कारण ठाउँ–ठाउँमा पहिरो खसेर जिल्लाभित्रका मुख्य सडकहरु अबरुद्ध बनेका हुन् । बेनी–जोमसोम सडकखण्ड र बेनी– दरबाङ सडकखण्ड अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केहिदिन... पुरा पढ्नुहोस
म्याग्दीखोलामा मोटरेबल पुल निर्माण भएपछि सवारी आवागमन सहज
- 1 बर्ष, 10 महिना अगाडि
- १५ आश्विन २०८०, सोमबार
बेनी, १५ असोज : म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटलाई गाउँपालिकाको केन्द्र दरबाङ बजार जोड्ने गरि छ्यारछ्यारे स्थित म्याग्दी नदिमा पक्की पुल निर्माण भएको छ । पुल निर्माण भएपछि वडा नम्बर १ निस्कोट र गाउँपालिकाको केन्द्र दरबाङसंग सिधा सम्पर्क स्थापित भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले प्रदिप जुम्ली जेभीसँग २०७७ साउन... पुरा पढ्नुहोस
मोना पोर्तुगलमा नयाँ नेतृत्व चयन
- 1 बर्ष, 10 महिना अगाडि
- १५ आश्विन २०८०, सोमबार
म्याग्दी, १५ असोज । म्याग्दी प्रवासी नेपाली संघ मोना पोर्तुगलको अध्यक्षमा नर प्रसाद फगामी चयन हुनुभएको छ । मोना पोर्तुगलको आइतवार सम्पन्न आठौ अधिवेशनबाट मंगला गाउँपालिका ५ अर्मन किमचौरका फगामीको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । कार्य समितिको वरिष्ठ उपाध्यक्षमा विकास सुवेदी, उपाध्यक्षमा रमेश पुन, होम बहादुर... पुरा पढ्नुहोस
‘बुकी’बाट बेँसी झर्न थाले गोठाला
- 1 बर्ष, 10 महिना अगाडि
- १५ आश्विन २०८०, सोमबार
म्याग्दी १५ असोज । । गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठाला बेँसी झर्न थालेका छन् । शरदयामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खा याममा हिमालको फेदीमा पुगेका गाई, भैँसी, भेडाबाख्राका गोठ गाउँ नजिकका खर्कमा झार्न थालेका हुन् । पशुका लागि पोसिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईबस्तुको गोठ... पुरा पढ्नुहोस
क्यान्सर रोगबाट पीडित सगुन शेरपुञ्जालाई ३२ लाख सहयोग
- 1 बर्ष, 10 महिना अगाडि
- १४ आश्विन २०८०, आईतवार
बेनी, १४ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–६, स्थित पाखापानीकी क्यान्सर रोगबाट पीडित सगुन शेरपुञ्जालाई करिब ३२ लाख रुपियाँ सहयोग रकम प्राप्त भएको छ । वडा अध्यक्ष मनकुमार शेरपुजाको नेतृत्वमा क्यान्सर पीडित सगुनको उपचारको लागि सङ्कलित ३१ लाख ९२ हजार ३७८ रुपियाँ हस्तान्तरण गर्नुभएको हो । उक्त सहयोग रकम आइतबार... पुरा पढ्नुहोस
मोना कोरियाको नयाँ नेतृत्व चयन
- 1 बर्ष, 10 महिना अगाडि
- १४ आश्विन २०८०, आईतवार
म्याग्दी, १४ असोज । दक्षिण कोरियामा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी संघ (मोना ) दक्षिण कोरिया को नयाँ नेतृत्व चयन भएको छ । शनिवार सम्पन्न चौधौ अधिबेशनबाट दुर्गा भण्डारीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो । समितिको उपाध्यक्षहरुमा गंगाराज बानियाँ , रिम भण्डारी , मनिष गौचन र... पुरा पढ्नुहोस
प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगितामा खड्का र कार्की बिजयी
- 1 बर्ष, 10 महिना अगाडि
- १३ आश्विन २०८०, शनिबार
म्याग्दी, १३ असोज । म्याग्दीको बेनीमा शनिबार सम्पन्न गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको खुल्ला पुरुषतर्फको उपाधी कास्की पोखराका विशाल खड्का र मनोहर कार्कीको जोडीले जितेका छन् । म्याग्दी कोरला यातायात प्रा.ली.ले आयोजना गरेको दोस्रो कोरला कप व्याडमिन्टन प्रतियोगिताको फाइनलमा कास्कीका विशाल बस्नेत र आशिष श्रेष्ठको जोडिलाई पराजित गर्दै खड्का र... पुरा पढ्नुहोस
हिरासत कक्षमा पुस्तकालय स्थापना
- 1 बर्ष, 10 महिना अगाडि
- १३ आश्विन २०८०, शनिबार
बेनी, १३ असोज । जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको छ । सामाजिक र मानविय सेवाको क्षेत्रमा क्रियाशिल लायन्स क्लव अफ बेनी लभ्लीहिलले शनिबार सामाजिक उत्तरदाहित्व अन्तरगत विभिन्न मुद्दामा न्यायिक हिरासतमा रहेका थुनुवा बन्दीलाई लक्षित गरी पुस्तकालयको स्थापना गरेको हो । पुस्तकालयको लायन्स क्लव अफ ३२५ ‘बि’... पुरा पढ्नुहोस
पश्चिम नेपाल सहकारीको १६ औँ साधारणः सहकारी संस्थाहरुलाई शेयर सदस्यहरुले नियमन गर्न मन्त्री जुग्जालीको आग्रह
- 1 बर्ष, 10 महिना अगाडि
- १३ आश्विन २०८०, शनिबार
बेनी, १३ असोज । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले सहकारीहरुलाई शेयर सदस्यहरुले नियमन गर्नुपर्ने बताउनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको १६ औँ साधारण सभालाई शनिवार सम्बोधन गर्दै मन्त्री जुग्जालीले आफ्नो लगानी रहेको संस्थाको वित्तिय अवस्थाको बारेमा... पुरा पढ्नुहोस