विशेष

उत्कृष्ट खेलाडी घोषित

  म्याग्दी, १४ फागुन । बेनीमा सम्पन्न आठौँ जिल्ला स्तिरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा एथेलटिक्सतर्फ ४ स्वर्ण पदक जित्दै उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत हुनुभएकी मंगला गाउँपालिकाकी रिक्जना माझी । मंगला माविको कक्षा ८ मा अध्ययनरत रिक्झना माझीले तीन हजार, एक हजार पाचँसय मिटर सहित रिले दौड र त्रिपल जममा... पुरा पढ्नुहोस

एमालेको मंगलामा ‘मिसन ग्रासरुट’ अभियानसम्बन्धी कार्यक्रम

  म्याग्दी, १४ फागुन। नेपाल कम्युनिष्ट पार्टी (एमाले) मंगला गाउँपालिका कमिटीको आयोजनामा आज (शनिवार) बाबियाचौरमा ‘मिसन ग्रासरुट’ अभियानसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । दुई महिने ग्रासरुट अभियान अन्तरगत ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’ भन्ने नारासहित मंगला गाउँपालिकाको वैठक तथा मिसन ग्रासरुट र पार्टी सुदृढीकरण एवं सङ्गठन विस्तार अभियान सम्वन्धी अभिमुखीकरण भएको हो... पुरा पढ्नुहोस

गण्डकी प्रदेश सरकार अल्पमतमा

पोखरा १ ४ फागुन । राष्ट्रपति निर्वाचनले केन्द्रमा नयाँ समीकरण बनेसँगै त्यसको प्रत्यक्ष असर गण्डकी प्रदेश सरकारलाई परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता गरेसँगै त्यसको असर गण्डकी प्रदेशमा परेको हो ।   राप्रपाको शनिबार बसेको कार्यसम्पादन समिति र संसदीय समितिको संयुक्त बैठकले संघीय र प्रदेश सरकारलाई दिएको... पुरा पढ्नुहोस

जिल्लास्तरीय आठौं राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनी नगरपालिकालाई

  म्याग्दी, १३ फागुन । जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा सम्पन्न रनिङ शिल्ड प्रतियोगितामा १५ स्वर्ण, ७ रजत, ८ कास्य पदक हात पार्दै बेनी नगरपालिका प्रथम हुन सफल भएको हो । त्यसैगरि प्रतियोगितामा ५ स्वर्ण,... पुरा पढ्नुहोस

जग्गा वर्गीकरणमा म्याग्दीका स्थानीय तह अलमलमा : ‘जग्गा किनबेच र राजस्व घट्यो’

म्याग्दी ११ फागुन । म्याग्दीका स्थानीय तह जग्गाको वर्गीकरण गर्न अलमलमा परेका छन् । भूउपयोग नियमावलीमा जग्गाको वर्गीकरण गरेर मात्रै कित्ताकाट गर्ने व्यवस्था भएपछि म्याग्दीमा जग्गाको वर्गीकरण नहुँदा जग्गाको कित्ताकाट र अंशबन्डा लगायतका कार्य विगत नौ महिनादेखि पूर्ण रुपमा रोकिएका छन् । जग्गा कारोवारमा जग्गा कित्ताकाट नगरिकन सग्लो जग्गा विक्रि... पुरा पढ्नुहोस

नेकपा म्याग्दीले लागुऔषध बोकेका युवालाई प्रहरीलाई बुझायो

म्याग्दी ११ फागुन । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी म्याग्दीले लागू औषध सहित एक युवालाई प्रहरीको जिम्मा लगाएको छ । पर्वतको जलजला गाउँपालिका वडा नम्बर ३ स्थित मल्लाज चोकमा शंकास्पद अवस्थामा नेत्रजेपाम नामक लागू औषध ३९३ ट्वालेट सहित भेटिएका रुपन्देहीको सोमरीमाई गाउँपालिका ३ सिलवारी घर बताउने १९... पुरा पढ्नुहोस

रित्ता घर रुँगेर बसेको आर्थर डाँडाखर्क गाउँ

कुश्मा, ११ फागुन । पर्वत सदरमुकाम कुश्मादेखि बसमा कच्ची सडक हुँदै डेढ घण्टाको दूरीमा पुग्न सकिने सुन्दर र रमणीय गुरुङ गाउँ छ आर्थर डाँडाखर्क । गाउँमा बिजुली, घरघरमा खानेपानीको धारो, अङ्ग्रेजी माध्यमको पठनपाठन, स्तरोन्नति पर्खदै गरेको स्वास्थ्यचौकी र पक्की हुने क्रममा रहेको चाक्ला ग्राभेलिङ सडकले गाउँमा भौतिक विकास हुँदै गएको... पुरा पढ्नुहोस

२० बर्षदेखि बाँझो जग्गामा सामूहिक आलु खेती विस्तार

बेनी, ११ फागुन : म्याग्दीको धवलागिरि गाउँपालिका–२ लमसुङको मरेनीमा २० बर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयबासीले व्यावसायिक रुपमा सामूहिक आलु खेती सुरु गरेका छन् । लमसुङको स्थानीय लगनशिल बहुउदेश्यीय कृषक समूहले मरेनीमा बर्षौदेखि बाँझो रहेको ४४ रोपनी जग्गालाई झाडी फडानी गरेर पुनः आलु खेती विस्तार गरेका हुन् । एक महिनादेखि बाँझो... पुरा पढ्नुहोस

आँखामा समस्या देखिएका विद्यार्थीलाई किवानिस इन्टरनेशनलले चस्मा वितरण

म्याग्दी ११ फागुन । विद्युतिय उपकरणको अधिक प्रयोग आँखाको लागि हानिकारक बन्दै गएको बुधबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यत्रमका सहभागीले बताएका छन् । मोबाइल, ल्यापटप एवं कम्प्युटर लगायतका विद्युतीय उपकरणको बढ्दो प्रयोग र नियमित आँखाको चेकजाँच नगर्दा आँखामा प्रत्यक्ष असर गरिरहेको बक्ताहरुको भनाई थियो । अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस... पुरा पढ्नुहोस

राष्ट्रपतिद्वारा पर्वतको आदिवराह मन्दिर उद्घघाटन

म्याग्दी, १० फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी पर्वतको जलजला गाउँपालिकास्थित धार्मिक पर्यटकीय स्थल वराह तालमा निर्माण भएको आदि वराह मन्दिरको उद्घाटन गर्नुभएको छ । भण्डारीका साथमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाल सरकारका मुख्य सचिव शङ्करदास वैरागीलगायत व्यक्तिहरू आउनुभएको हो । पर्यटकीय सम्भावनायुक्त क्षेत्र वराह ताल र हम्पाल कालञ्जर क्षेत्रको... पुरा पढ्नुहोस