मजदुर कुटपीट घटनामा आपसी मिलापत्र
- १६ चैत्र २०८२, सोमबार
- 101 पटक पढिएको
म्याग्दी सदरमुकाम बेनीमा नेकपा एमालेका नेता तथा जनप्रतिनिधिहरुबाट मजदुरमाथि कुटपिट भएको घटना आपसी मिलापत्रमा टुंगीएको छ। नेकपा -एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा आईतवार बेनीमा निकालेको विरोध ¥यालीको क्रममा बेनी स्थित नेपाल टेलिकमको कार्यालय परिसरमा रहेका मजदुरहरुले एमाले विरोधी शब्दहरु प्रयोग गरेपछि विवाद भएको थियो ।

विवादको क्रममा दुईपक्षबिचमा हातपात भएको भिडियो सार्वजनिक भएको थियो । भिडियोमा मजदुरमाथि एमालेका नेता तथा जनप्रतिनिधिहरु समेत कुटपीटमा सहभागी भएको देखिएको थियो । घटनालगतै घटनास्थल नजिकको सिसीटिभी फुटेज समेत मगाएर अनुसंधान गरी सोमबार दुबै पक्षलाई छलफलमा डाकिएकोमा दुबैपक्षबाट एक आपसमा गल्तिको महसुस गरेको र कुनैपनि पक्षबाट उजुरी नपरेको कारण दुईपक्षबिचमा आपसी मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
घटनापछि कसैले उजुरी नदिएपनि दुई पक्षबिचमा हातपात भएको भिडियो सार्वजनिक भएकाले जिल्ला प्रहरी कार्यालयले दुवैपक्षलाई छलफलमा डाकेकोमा एक आपसमा कमजोरी महसुस गरी दुबैपक्ष समझदारी कायम गरी फर्किएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।
एमालेको विरोध ¥यालीमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङलाई मुर्दावाद भनेपछि आफुहरुले समेत काम गर्दै गरेको स्थानबाट आवाज निकालेर केपी ओली र एमाले मुर्दावाद भनेको टेलिकमको भवन मर्मतको कामका लागि नुवाकोटबाट आएका बिजय लामाले बताउनुभयो । …… हामीले पनि आवेशमा आएर बोल्यौँ, एक जना विरोध ¥यालीबाट गेटभित्र आएर के बोलेको भाई भन्नुभयो, हामीले हामी पनि बोल्न पाउँदैनौँ भनेर प्रतिप्रश्न गर्यौ, त्यसपछि हामीमाथि कुटपीट हुन थालेपछि प्रतिरक्षाको लागि उत्रियौँÚÚ– लामाले भन्नुभयो ।
उहाँले आफुहरु काम गर्नका लागि म्याग्दी आएको र आफुहरुले बोलेर गरेको विरोधमा कुटपीट भोग्नु पर्दा दुख लागेको बताउँदै घटनालाई प्रहरी कार्यालयको छलफलबाट सहझदारीमा टुंगो लगाईएको बताउनुभयो । यता कुटपिटमा संलग्न भएका नेकपा एमालेका नेता तथा जनप्रतिनिधिहरुले भने अपशब्द प्रयोग गर्ने व्यक्तिहरुलाई सम्झाइ बुझाई गर्न खोज्दा हातपात गर्ने प्रयास भएपछि उक्त घटना भएको प्रतिकृया दिएका छन् ।
एमालेका नेता तथा बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णसिंह बानियाँले अपशब्द बोल्ने युवाहरुलाई सम्झाइबुझाई गर्न गेटतर्फ पुग्नुभएका मेयर सुरत केसीलाई हातपात गरेपछि आफुहरुले सहजीकरण गर्न पुगेको बताउनुभयो । गल्ती उनीहरुबाट भएको र हातपात दुबैपक्षबाट भएको स्विकार गर्दै उहाँले सामान्य घटनालाई सामाजिक सञ्जालमा अतिरन्जना सिर्जना गरिएको बताउनुभयो ।