विशेष

म्याग्दीमा सुन्तला उत्पादन २५ प्रतिशतले बढ्यो

म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन करिब २५ प्रतिशतले वृद्धि भएको छ। सुन्तला म्याग्दीमा बिक्री हुने प्रमुख कृषि उपज हो।  गत वर्षको तुलनामा यसपाली सुन्तला उत्पादन २४ दशमलव ७० प्रतिशतले वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख सञ्जिव बाँस्तोलाले नयाँ बगैँचा विस्तार, अनुकूल मौसम र रोग कीराको समस्या नियन्त्रण... पुरा पढ्नुहोस

बेनीमा १० औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

म्याग्दी सदरमुकाम बेनीमा दशौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सोमबारदेखि बेनीको खुल्ला मञ्चमा प्रतियोगिता सुरु भएको हो । जिल्लामा रहेका स्थानीय तहहरुमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएपछि जिल्ला स्तरमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा... पुरा पढ्नुहोस

पूर्वाधारका पर्खाइमा सुनछहरा

२८ माघ, म्याग्दी ।    म्याग्दीको रघुगंगा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावका कारण  धौलागिरी आइसफल आधार शिविर नजिकै पर्ने  सुनछहरा ओझेलमा परेको छ । व्यवस्थित पदमार्गको साथै झोलुङ्गे पुलको अभावका कारण सुनछहरामा पर्यटकहरु पुग्न सकेका छैनन् ।... पुरा पढ्नुहोस

म्याग्दी जेसीजद्धारा शाखाका सदस्यहरुको दुर्घटना विमा

म्याग्दी, २७ माघ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक क्षेत्रमा सक्रिय म्याग्दी जेसीजले शाखा सदस्यहरुको निशुल्क दुर्घटना विमा गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीको बेनी शाखासंगको सहकार्यमा जेसीजका सदस्यहरुको दुर्घटना विमा गरिएको हो । म्याग्दी जेसीजको सन २०२५ को नवनिर्वाचित कार्य समितिले बार्षिक कार्ययोजनामा समावेश गरि प्रथम सञ्चालक... पुरा पढ्नुहोस

युवा नेता जुग्जाली माओवादी केन्द्रको वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित

म्याग्दी, २७ माघ । नेकपा (माओवादी केन्द्र) को वैकल्पिक केन्द्रीय सदस्यमा म्याग्दीका युवा नेता रेशम जुग्जाली (सुविन) मनोनित हुनुभएको छ । पार्टीको पदाधिकारी बैठकले गण्डकी प्रदेश सभा सदस्य एवं पुर्व मन्त्री जुग्जालीलाई वैकल्पिक केन्द्रिय सदस्यमा मनोनित गरेको हो । नेकपा (माओवादी केन्द्र) म्याग्दीको निवर्तमान जिल्ला संयोजक समेत रहनुभएका जुग्जाली गण्डकी... पुरा पढ्नुहोस

बेनीका विकासको नमुना काम : ‘झाडी फाडेर सुन्तला फलाए, बेचेर मनग्य कमाए’

म्याग्दी ः कोरोना महामारी फैलिएपछि विसं २०७६ चैतदेखि भएको लकडाउन बन्दाबन्दीका समयमा घुम्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले पुग्नुभएका बेनीका ब्यवसायी विकास श्रेष्ठलाई त्यही जग्गा किनेर घर र बगैचा बनाउने सोच आयो। बेनीमा पोल्ट्रि र घरजग्गा ब्यवसाय गर्दै आउनुभएका विकासले सोखका लागि गाउँमा घर बनाएर बस्नका लागि किनेको दोसल्ले गाउँको शिरमा... पुरा पढ्नुहोस

कुमारी बहुउदेश्यीय सहकारीको रकम अपचलन प्रकरणः पीडितको उजुरी संकलन गर्दै प्रहरी

म्याग्दी, २४ माघ । बचतकर्ताहरुको करोडौँ रकम अपचलन भएको बेनीमा रहेको कुमारी बहुउदेश्यीय सहकारी संस्थाबाट पीडित भएकाहरुको विवरण संकलन गर्न थालिएको छ । सहकारीका पूर्व सञ्चालक र व्यवस्थापकहरुले शेयर सदस्य तथा बचतकर्ताको शेयर, बचत तथा संस्थाका कोषहरु हिनामिना गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेर अनुसंधान अघि बढाएसंगै प्रहरीले पीडितहरुको विवरण... पुरा पढ्नुहोस

म्याग्दीअनलाइनका सम्पादक खत्रीलाई त्रिभुवन–अनिल स्मृति पत्रकारिता पुरस्कार

पोखरा, २१ माघ । म्याग्दीका पत्रकार कमल खत्रीलाई त्रिभुवन–अनिल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेश समितिको पोखरामा सोमबार भएको तेस्रो अधिवेशनको उद्घाटनका अवसरमा खत्री र गोरखाका अस्मिता सिम्खडालाई पुरस्कृत तथा दिवंगत चार जना पत्रकारका परिवारलाई मरणोप्रान्त सम्मान वितरण गरिएको थियो । २०७९ माघ १... पुरा पढ्नुहोस

प्रेस चौतारी म्याग्दीको अध्यक्षमा बानियाँ चयन, शर्मा पुरस्कृत

म्याग्दी , २३ चैत । प्रेस चौतारी नेपाल म्याग्दी शाखाको अध्यक्षमा पुनः प्रताप बानियाँ चयन हुनुभएको छ । छैठौ अधिवेशनबाट बानियाँको नेतृत्वमा नयाँ समिति चयन भएको हो । समितिको उपाध्यक्षमा देवी जिसी र मनु थापा, सचिव अमित विश्वकर्मा, सह–सचिवमा कृष्ण कार्की र दिपा बुढाथोकी, कोषाध्यक्षमा किरण कार्की चयन हुनु भएको... पुरा पढ्नुहोस

भष्ट्रचारको विरुद्ध र सुशासनको पक्षमा लाग्दा प्रतिकृयाबादीहरु एक भए : प्रचण्ड (तस्बिर/भिडियाे)

म्याग्दी, २२ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले राष्ट्रको मुख्य समस्या बनेको भष्ट्राचारलाई नियन्त्रण गर्न खोज्दा प्रतिकृयाबादीहरु एक भएको बताउनुभएको हो । https://youtu.be/rpmMqvTWgE8 नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति म्याग्दीले मंगलवार बेनीमा आयोजना गरेको खवरदारी सभालाई सम्बोधन गर्दै नेता प्रचण्डले आफु नेतृत्वको सरकारले भष्ट्राचार... पुरा पढ्नुहोस