एशियन लाइफ इन्स्योरेन्सद्धारा बालगृहलाई खाद्यान्न सहयोग
- २० चैत्र २०८२, शुक्रबार
- 1 पटक पढिएको
म्याग्दी, २० चैत । म्याग्दी सदरमुकाम बेनीमा रहेको बालगृहलाई एशियन लाइफ इन्स्योरेन्स कम्पनीले खाद्यान्न सहयोग गरेको छ । कम्पनीको १८ औ बार्षिक उत्सबको अबसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल बालसंगठन अन्तर्गत सञ्चालित बालगृहलाई रु ५ हजार बराबरको खाद्यान्न र खाजाको सामाग्री सहयोग गरिएको हो ।
कम्पनीका म्याग्दी उपशाखा प्रमुख पुष्पा पौडेल घिमिरेले बालगृह सञ्चालन समितिका कोषाध्यक्ष हरिप्रसाद पौडेललाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको थियो भने विन्दु कार्की पुर्जाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बिमाको काम गर्दै आएको छ ।