विशेष

एमाले म्याग्दीको नेतृत्व सर्वसम्मत : अध्यक्षमा बालकृष्ण सुवेदी

म्याग्दी १४ माघ । नेकपा एमाले म्याग्दीको १० औं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ जिल्ला कमिटी चयन भएको छ । बालकृष्ण सुवेदीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । अधिवेशनमा सहमतिको आधारमा सर्वसम्मत रुपमा जिल्ला कमिटी चयन भएको हो । नबनिर्वाचित अध्यक्ष बालकृष्ण सुवेदीलाई अध्यक्ष मण्डलका अध्यक्ष एवम्... पुरा पढ्नुहोस

टोड्के-धौलागिरि पानोरमा पदमार्गको अध्ययन सुरु

म्याग्दी, माघ १३ गते । गण्डकी प्रदेशको म्याग्दी र मुुस्ताङ जोड्ने टोड्के-धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन थालिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोग, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र रघुुगङ्गा गाउँपालिकासँगको समन्वयमा ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा शनिबारदेखि पदमार्गको खोज,... पुरा पढ्नुहोस

धेरै राजनीतिक दल होइन, बलिया राजनीतिक दलको खाँचो ः एमाले महासचिब पोखरेल

म्याग्दी १२ माघ । नेकपा (एमाले) का महासचिब शंकर पोखरलेले नेपालमा बलिया राजनीतिक दलको आबश्यकता रहेको बताउनुभएको छ । नेकपा (एमाले) म्याग्दीको दशौँ जिल्ला अधिवेशनलाई शुक्रवार बेनीमा सम्वोधन गर्दै नेता पोखरेलले मुलुकमा राजनीतिक स्थिरताका लागि धेरै राजनीतिक दल नभएर बलिया राजनीतिक दलको आबश्यकता रहेको बताउनुभयो । नेपाली समाजलाई अघि बढाउने... पुरा पढ्नुहोस

युवाको हत्यामा संलग्न चार जना पक्राउ

 म्याग्दी १२ माघ । सदरमुकाम बेनी बजारमा भएको हत्या घटनामा संलग्न चार जना पक्राउ परेका छन्। बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगंगा गाउँपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको बिहीबार साँझ बेनीको न्यूरोडमा चक्कु प्रहार गरी हत्या भएको थियो। घटनामा संलग्नताको आरोपमा पक्राउ परेकाको विवरण प्रहरीले शुक्रवार सार्वजनिक गरेको हो। हत्यामा संलग्न धवलागिरि... पुरा पढ्नुहोस

एमाले म्याग्दीको दशौँ अधिबेशन बेनीमा सुरु (तस्बिर/भिडियो)

म्याग्दी, १२ माघ । नेकपा एमाले जिल्ला कमिटि म्याग्दीको दशौँ जिल्ला अधिवेशन बेनीमा सुरु भएको छ । दुई दिनसम्म बेनीमा सञ्चालन हुने अधिवेशनले जिल्ला कमिटिको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनको उद्घाटन अघि बेनीमा ¥याली गरिएको छ । https://youtu.be/HXV5K2W9Do8     बाजागाजा सहित विभिन्न नारा लगाउँदै अधिवेशनमा भाग लिन आएका... पुरा पढ्नुहोस

जहाँ संस्कार र संस्कृतिले गाउँ फर्काउँछ ……(फाेटाे फिचर)

म्याग्दी १२ माघ : उमेरले ४ बर्ष पार गरेका धवलागिरि गाउँपालिका–५ मलम्पारका लिएन घरब्जा छन्त्याल आफ्नो परिवारका आफन्तसंग पोखरामा बसोबास गर्नुहुन्छ । लिएनका बुबा खिमबहादुर र आमा दमायाँ रोजगारको शिलसिलामा अष्ट्रेलियामा हुनुहुन्छ । पोखरामा घर समेत बनाएर बसोबास गर्दै आएका छन्त्याल परिवारले खिमबहादुरका जेठा छोरा लिएनको पुर्पुरो भने गृहगाउँ मलम्पारमै... पुरा पढ्नुहोस

बेनीमा धारिलो हतियार प्रहार गरेर युवाको हत्या

म्याग्दी, ११ माघ : म्याग्दीको बेनी बजारमा बिहिबार साँझ धारिलो हतियार प्रहार गरेर एक युवाको हत्या भएको छ । न्यूरोड स्थित कामना डेभलपमेन्ट बैंक नजिकै रहेको भित्री गल्लीमा जमकाभेट भएका दुई समूहबिच भएको झगडामा धारिलो हतियार प्रहार भएपछि सक्त घाईते भएका रघुगंगा गाउँपालिका–१ बेगका शुशिल गर्बुजाको उपचारको क्रममा मृत्यु भएको... पुरा पढ्नुहोस

एमाले म्याग्दीको दशौँ अधिबेशनको तयारी अन्तिम चरणमा

म्याग्दी, ११ माघ । नेकपा एमाले जिल्ला कमिटि म्याग्दीको दशौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । माघ १२ र १३ गते बेनीमा हुने अधिवेशनले जिल्ला कमिटिको नयाँ नेतृत्व चयन गर्नेछ । एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर कटुवालले अधिवेशनमा भाग लिने प्रतिनिधि छनौटको काम सकिएको र आन्तरिक व्यवस्थापन लगायतको... पुरा पढ्नुहोस

दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको सुरुङ निर्माण कार्य बन्द

बेनी, ११ माघ : म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधिन दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको मुख्य निर्माण कार्य बन्द भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको २५ मेगावाट क्षमताको आयोजनाको सुरुङ खन्ने काम तीन महिनादेखि रोकिएको हो । बि.स. २०७५ देखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको... पुरा पढ्नुहोस

हिमपात र बर्षा भएपछि कृषकमा खुसीयाली

बेनी, १० माघः म्याग्दीमा हिमपात र बर्षा भएपछि कृषकहरुमा खुसीयाली छाएको छ । बुधवार यो बर्षको हिउँदयाममा पहिलो पटक बर्षा र हिमपात भएको हो । लामो समयदेखि बर्षा नहुँदा गहुँ, जौ, आलु लगायतका हिउँदेबालीमा सिंचाई गर्न नपाएका कृषकहरु तल्लो भेगमा बर्षा र माथिल्लो भेगमा हिमपात भएपछि खुसी भएका हुन् ।... पुरा पढ्नुहोस