विशेष
मालिकामा स्थानीय तहका कर्मचारीद्धारा पेन डाउन गर्ने घोषणा
- 1 बर्ष, 3 महिना अगाडि
- १८ आश्विन २०८०, बिहीबार
म्याग्दी १८ असोज । म्याग्दीको मालिका गाउँपालिकामा स्थानीय तह संघर्ष समितिले शुक्रबार देखि अत्यावश्यक वाहेकका सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन पेन डाउन गर्ने घोषणा गरेका छन् । केन्द्रिय सर्कुलर अनुसार गाउँपालिकामा रहेका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्रमार्फत मागहरुका बिषयमा प्रष्ठ पार्दै चरणबद्ध आन्दोलनलाई बेवास्ता गरिएकाले पेन डाउनको घोषणा गरिएको बताएका... पुरा पढ्नुहोस
वाईसीएल म्याग्दीद्वारा बरंजाका पहिरो पीडितलाई आर्थिक सहयोग
- 1 बर्ष, 3 महिना अगाडि
- १८ आश्विन २०८०, बिहीबार
बेनी, १८ असोज । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएल म्याग्दीले जिल्लाको मंगला गाउँपालिका वडानम्वर ३, बरंजाका पहिरो पीडितलाई खाद्यान्नसहित आर्थिक सहयोग गरेको छ। वाईसियलका जिल्ला पदाधिकारीबाट आर्थिक र खाद्यान्न संकलन गरी पहिरो पीडितलाई सहयोग गरेका हन् । बर्षा संगै मंगलबार बेलुकी घरमाथिबाट खसेको पहिरोले बरंजास्थित घाम्ताङमा बसोबास... पुरा पढ्नुहोस
सबैको चासोको रुपमा रहेको कोराला नाका खुलाई चाडैनै आवश्यक पूर्वाधारहरु बनाउनेछुः मुख्यमन्त्री पाण्डे
- 1 बर्ष, 3 महिना अगाडि
- १८ आश्विन २०८०, बिहीबार
सुशीलबाबु थकाली मुस्ताङ, असोज १८ । मुस्ताङको घरपझोङ गाउँपालिकाले आयोजना गरेको कृषि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले अब चाँडैनै कोरोला नाका खुल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नाका खुलाउन आफू प्रयासरत रहेको बताउँदै जिल्ला स्थित सरोकारवाला निकायलाई समेत अपिल गर्नुभएको हो । नेपाल र... पुरा पढ्नुहोस
समुदायको अगुवाईमा जयन्ती माविमा विद्यालय पुननिर्माण
- 1 बर्ष, 3 महिना अगाडि
- १८ आश्विन २०८०, बिहीबार
कमल खत्री बेनी, १८ असोज : म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीमा रहेको जयन्ती माध्यमिक विद्यालयमा समुदायको अगुवाईमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएको छ । विकास निर्माणमा सरकारी निकायको मात्रै भर पर्ने परम्परालाई तोड्दै देश तथा विदेशमा छरिएका भकिम्लीबासीले समुदायकै नेतृत्वमा विशाल विद्यालय भवन पुननिर्माण गरेर जनसहभागीतामुलक विकासको नमुना प्रस्तुत... पुरा पढ्नुहोस
मुस्ताङ जाने पर्यटकलाई सधैँ बैसरी पहिरोको चुनौती
- 1 बर्ष, 3 महिना अगाडि
- १८ आश्विन २०८०, बिहीबार
गण्डकी १८ असोज। सोह्र श्राद्धका कारण केही दिनयता हिमालपारिको जिल्ला मुस्ताङ धार्मिक पर्यटकले खचाखच छ । दिनहुँजसो मुस्ताङ जाने र फर्कने पर्यटकका कारण जोमसोम–बेनी सडकखण्डमा गाडी लस्करै गुडेका देखिन्छन् । उक्त सडकखण्डमा बैसरीलगायत केही स्थानमा पटक पटक गइरहने पहिरोका कारण घन्टौँ गाडी रोकिदा यात्रुले सास्ती भोग्नुपरेको छ । सोह्र... पुरा पढ्नुहोस
मुुख्यमन्त्रीको उपस्थितिमा कोरला नाकामा सुरक्षा बैठक
- 1 बर्ष, 3 महिना अगाडि
- १७ आश्विन २०८०, बुधबार
बेनी । चीनको स्वशासित क्षेत्र मुुस्ताङको सिमानामा रहेको कोरला नाकामा आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितमा जिल्ला सुुरक्षा समन्वय समितिको बैठक बसेको छ । प्रदेशस्तरीय सुरक्षाअन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखको उपस्थितमा प्रदेश तथा जिल्लास्तरीय सुरक्षा समन्वयको दुई चरणमा अलगअलग बैठक बसेको हो । समन्वय... पुरा पढ्नुहोस
बेनी बजारको मनोरम दृष्य (तस्बिर)
- 1 बर्ष, 3 महिना अगाडि
- १७ आश्विन २०८०, बुधबार
बेनी, १७ असोज : म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट देखिएको म्याग्दी नदी, सदरमुकाम बेनी बजार र आसपासको मनोरम दृष्य । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
पर्वतको केराबारीमा पहिरो, मालढुंगा–बेनी सडक अवरुद्ध
- 1 बर्ष, 3 महिना अगाडि
- १७ आश्विन २०८०, बुधबार
बेनी, १७ असोज । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ। केही दिनदेखि निरन्तरको वर्षासँगै पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिराले सडक अवरुद्ध बनेको हो । पहिरो झर्ने क्रम रोकिएको छैन । वर्षा नरोकिएकाले पहिरो पन्छाउने कामसमेत हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका... पुरा पढ्नुहोस
पहिरोले बरंजामा पुरियो एक घर
- 1 बर्ष, 3 महिना अगाडि
- १७ आश्विन २०८०, बुधबार
म्याग्दी, १७ असोज । अविरल बर्षापछि घर माथिबाट आएको पहिरोले म्याग्दीको मंगला गाउँपालिका वडानम्वर ३, बरंजाको घाम्ताङमा एक घर पुरिएको छ । दुईदिनदेखि लगातार बर्षा संगै मंगलबार बेलुकी ९ बजेतिरको समयमा घरमाथिबाट खसेको पहिरोले स्थानीय शेर बहादुर दर्जिको घरगोठ पूर्णरुपमा क्षति पुर्याएको हो । स्थानीय दर्पण रोकाका अनुसार पहिरोले... पुरा पढ्नुहोस
बाँदुकमा वडास्तरीय भलिबल तथा बास्केटबल प्रतियोगिता हुने
- 1 बर्ष, 3 महिना अगाडि
- १६ आश्विन २०८०, मंगलवार
म्याग्दी १६ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–१, बाँदुकमा वडास्तरीय भलिबल तथा बास्केटबल प्रतियोगिता हुने भएको छ । विजय दशमीको शुभ उपलक्ष्यमा बेलायतको सर्वोच्च यूद्ध पदक भिक्टोरिया क्रसबाट सममानित स्वर्गीय तुलबहादुर पुनको जन्मस्थल बाँदुकमा कात्तिक ८ गतेदेखि प्रतियोगिताको आयोजना गरिएको छ । बाल बास्केटबल, महिला भलिबल गाउँस्तरीय हुने प्रतियोगितामा पुरुष बास्केटबल,... पुरा पढ्नुहोस