विशेष
पाउद्धार–किन्दु सडकको ट्याक खुल्यो (फोटो फिचर)
- 6 बर्ष, 3 महिना अगाडि
- १६ बैशाख २०७६, सोमबार
सुरेन गुरुङ पाउद्धार १६ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ मा पर्ने पाउद्धार देखि किन्दु जोड्ने सडक निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा गत वर्ष पाउद्धारदेखि सुरु भएको सडक यसपाली झारवाङ हुदै किन्दु जोडिएको हो । पाउद्धार र झारवाङको सिमानामा रहेको सेते प्लेट भिर क्षेत्रमा ट्याक खुलेपछि पाउद्धार... पुरा पढ्नुहोस
गुर्जामा हेलीप्याड निर्माण
- 6 बर्ष, 3 महिना अगाडि
- १६ बैशाख २०७६, सोमबार
बेनी १६ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जामा हेलीप्याड निर्माण भएको छ । सदरमुकाम बेनी देखि २६ कोष पश्चिममा रहेको गुर्जा म्याग्दीको सबैभन्दा विकट र दुर्गम वस्ती हो । दुर्घटना र विपद्को अवस्थामा आकस्मिक उद्धारको लागि जिल्ला विपद् व्यवस्थापन समितिको एक वर्डा, एक हेलीप्याड अभियान अन्तरगत गुर्जामा पनि हेलीप्याड... पुरा पढ्नुहोस
छिस्वाङमा गाँजा फडानी
- 6 बर्ष, 3 महिना अगाडि
- १६ बैशाख २०७६, सोमबार
बेनी १६ बैशाख । मंगला गाउँपालिका ५ छिस्वाङमा गाँजा फडानी र नष्ट गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत स्थानीयबासी र प्रहरीको टोलीले प्राकृतिक रुपमा उम्रिएका गाँजाका बिरुवा उखेलेर आगो लगाई नष्ट गरेका थिए । १५० जनाको उपस्थितमा ३ रोपनी खाली जग्गामा तीन क्विन्टल गाँजाका बिरुवाहरु फडानी गरिएको जिल्ला प्रहरी... पुरा पढ्नुहोस
झाँक्रीपानीमा जनप्रतिनिधि र कर्मचारीहरुलाई क्षमता अभिबृद्धि तालिम सम्पन्न
- 6 बर्ष, 3 महिना अगाडि
- १५ बैशाख २०७६, आईतवार
सिजन रोका झाँक्रीपानी १५ बैशाख । मंगला गाउँपालिका ३ मा रहेको पर्यटकीय स्थल झाँक्रीपानिमा आइतबार गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता तथा नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ ।दुई दिनसम्म सञ्चालन भएको तालिममा मंगला गाउँपालिकाका ५२ जना जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो । जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता तथा नेतृत्व... पुरा पढ्नुहोस
जनसम्पर्क समिति पोर्तुगलका उपाध्यक्ष केसीको पहलमा दृष्टिविहिन विद्यार्थीलाई आर्थिक सहयोग (फोटो फिचर)
- 6 बर्ष, 3 महिना अगाडि
- १५ बैशाख २०७६, आईतवार
म्याग्दी, १५ वैशाख । पोर्तुगलमा व्यवसाय गर्दै आउनुभएका म्याग्दीका एक युवाले ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुलाई रु ६५ हजार सहयोग जुटाउनुभएको छ । रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भइ हाल पोर्तुगलमा रहनुभएका ओकिल केसीले मौवाफाँटमा रहेको सो स्रोत कक्षालाई सहयोग जुटाउनुभएको हो । पोर्तुगलमा केसीले सञ्चालन गर्नुभएको रोजगारदाता कम्पनी... पुरा पढ्नुहोस
गण्डकी प्रदेशस्तरीय मिडिया सम्मेलनद्धारा पाँच बुँदे घोषणापत्र जारी
- 6 बर्ष, 3 महिना अगाडि
- १५ बैशाख २०७६, आईतवार
पोखरा, १४ वैशाख । नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिको आयोजनामा शुक्रबारदेखि पोखरामा सुरु भएको गण्डकी प्रदेशस्तरीय मिडिया सम्मेलन पाँच बुँदे पोखरा घोषणापत्र जारी गर्दै शनिबार सकिएको छ । मिडिया सम्मेलनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको प्रहारप्रति सरकारको ध्यानाकर्षण गर्दै यस्ता गतिविधि तत्काल बन्द गर्नुपर्ने, समाचार लेखेकै आधारमा पत्रकारमाथि... पुरा पढ्नुहोस
समाजसेवी चन्द्रकुमार केसी सम्मानीत
- 6 बर्ष, 3 महिना अगाडि
- १३ बैशाख २०७६, शुक्रबार
म्याग्दी, १३ बैशाख । सामाजिक क्षेत्रमा क्रियाशिल चन्द्रकुमार केसी सम्मानीत भएका छन् । लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ वि १ नेपालको सातौ बार्षिक अधिवेशनबाट समाजसेवी केसी सम्मानीत भएका हुन् । सामाजिक क्षेत्रमा गरेको योगदानलाई उच्च मूल्याकंन गर्दै केसीलाई लायन्सले अन्तराष्ट्रिय मेडल र सम्मानपत्रद्धारा सम्मान गरेको हो । केसीले ९ महिनाको... पुरा पढ्नुहोस
जन्मदिनको अवसरमा सामाजिक क्षेत्रमा सहयोग
- 6 बर्ष, 3 महिना अगाडि
- १३ बैशाख २०७६, शुक्रबार
म्याग्दी १३ वैशाख । बेनीका एक व्यवसायिले आफ्नो जन्मदिनमा रु २२ हजार बढी सामाजिक क्षेत्रमा सहयोग गर्नुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष समेत रहनुभएका सुविन श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा म्याग्दी बालगृह र बालमन्दिर आधारभुत विद्यालय कालिपुलका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ । उहाँले बालगृहका ११ जना... पुरा पढ्नुहोस
आफन्तको स्मृतिमा गोरेटो बाटो निर्माण
- 6 बर्ष, 3 महिना अगाडि
- १२ बैशाख २०७६, बिहीबार
म्याग्दी, १२ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका– १ बाँदुकमा एक व्यक्तिले आफ्नो दिवंगत छोराको स्मृतिमा गोरेटो बाटो निर्माण गर्नुभएको छ । कृष्ण आधारभुत विद्यालयका तत्कालिन प्रअ समेत रहेका स्वर्गीय धन बहादुर पुर्जाको स्मृतिमा उहाँका बुबा लाल बहादुर पुर्जाले रु ५० हजार लगानीमा गोरेटो बाटो निर्माण गर्नुभएको हो । हाल युकेमा... पुरा पढ्नुहोस
नेपाली कागजको सामग्री निर्माण तालिम
- 6 बर्ष, 3 महिना अगाडि
- १२ बैशाख २०७६, बिहीबार
बेनी १२ बैशाख । मालिका गाउँपालिका ३ अदिभारामा बुधबार नेपाली कागजको सामग्री निर्माण सम्बन्धी तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय म्याग्दीको प्राबिधिक र उपकरण सहयोगमा अदिभारा नेपाली हातेकागज उद्योगका व्यवस्थापनमा १५ दिनसम्म सञ्चालन भएको तालिममा १० जनाको सहभागिता रहेको थियो । तालिममा नेपाली कागजबाट... पुरा पढ्नुहोस