विशेष

वैदेशिक रोजगारी त्यागेर सामुहिक अर्गानिक तरकारी खेती (भिडियो र तस्बिर सहित)

कमल खत्री म्याग्दी २८ साउन । म्याग्दीको मंगला गाउँपालिका–२ खुम्लियाका ३० बर्षिय युवा तेजेन्द्र आचार्य ६ बर्ष लामो बैदेशिक रोजगारिलाई छाडेर गाउँमै व्यावसायिक तरकारी खेतीमा लागेका छन् । कतार र मलेसियामा रोजगारिको क्रममा बर्षौ समय विताउँदा समेत उल्लेख्य प्रगति नभएपछि उनले गाउँ फर्किएर व्यावसायिक कृषि पेशालाई अंगालेका हुन् ।  ... पुरा पढ्नुहोस

धवलागिरिमा जनशक्ति र पूर्वाधारको अभाबः गाउँपालिका अध्यक्ष पुन

म्याग्दीको सबैभन्दा दुर्गम बस्तीहरुलाई समेटेर बनेको धवलागिरि गाउँपालिकाको विकासमा जनशक्ति र पूर्वाधारको अभाब प्रमुख चुनौतिको रुपमा रहेको छ । शिक्षण पेशाबाट बाहिरिएर राजनीतिमा होमिएकी पुन म्याग्दीका स्थानीय तहहरुमा एक्ली महिला प्रमुख हुन् । स्थानीय तहमा महिलाको नेतृत्व कति सफल ? नमुना कार्य के भए ? चुनौतिका चाङ के–कस्ता छन ?... पुरा पढ्नुहोस

सामुदायिक वन दिवस मनाइयो

बेनी २५ साउन । चौथो सामुदायिक वन उपभोक्ता दिवस शनिबार म्याग्दीमा वृक्षारोपण गरेर मनाइएको छ । डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीको आयोजनामा बेनी नगरपालिका–६ डम्मरामा वृक्षारोपण गरिएको हो । डम्मराको सिर्जनशिल बाल क्लवका पदाधीकारी र सदस्यहरु पनि वृक्षारोपणमा सहभागी भएका थिए । थाकन भालुखोला सामुदायिक वनको... पुरा पढ्नुहोस

फेरिएको जिवन ‘हिमालको फेदीमा भेडिगोठ (भिडियो सहित )

म्याग्दी २५ साउन । धवलागिरी हिमालसंग मितेरी लगाए जस्तै सेताम्मे भेडाबाख्रा । हिउँ जस्तै सेता भेडाबाख्राको लर्को र हुलले हिमालको हिउँजस्तै सेताम्मे बनेको छ आधार शिविर क्षेत्र । यिनै भेडाबाख्रासंग हिमालको फेदीमा रमाएका छन, मल्कबाङका देवान (हिमबहादुर) छन्त्याल । बैदेशिक रोजगारिको क्रममा मलेसियामा कम्युटर संग दैनिकी गुजारेका छन्त्यालको दैनिकी अहिले... पुरा पढ्नुहोस

म्याग्दीको लुलाङ केन्द्रबिन्दु बनाएर ४.७ रेक्टरस्केलको भूकम्प गयो

बेनी २४ साउन । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ केन्द्रबिन्दु भएर शुक्रबार साँझ भूकम्प गएको छ । साँझ ६.२६ मिनेटको समयमा ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । सदरमुकाम बेनीमा पनि भुकम्पको धक्का महशुस गरिएको थियो । दरवाङ, ताकम, मुना लगायतका बस्तीहरुमा पनि भुकम्पको... पुरा पढ्नुहोस

सिवाईजिद्धारा दृष्टिविहिन विद्यार्थीहरुलाई झोला र स्टेशनरी वितरण (तस्विर सहित)

म्याग्दी २४ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको दृष्टिविहिन स्रोत कक्षाका दृष्टिविहिन विद्यार्थीहरुलाई क्रियसन युथ ग्रुप (सिवाईजि) पिप्लेले झोला र स्टेशनरी सामाग्री सहयोग गरेको छ । संस्थाको स्थापना दिवसको अवसरमा विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका १० जना बालबालिका र विद्यालयका अन्य ५ जना जेहेन्दार विद्यार्थीहरुलाई सो सामाग्री सहयोग गरिएको... पुरा पढ्नुहोस

तिजलाई भड्कीलो नबनाउन प्रशासनको अनुरोध

बेनी २४ साउन । जिल्ला प्रशासन कार्यालय म्याग्दीले तिज पर्वलाई भड्कीलो नबनाउन अनुरोध गरेको छ । शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीद्धारा शुक्रबार जारी विज्ञप्तिमा मौलिक सामाजिक, सांस्कृतिक परम्पराको संरक्षण हुने गरि तिज मनाउन अनुरोध गरेको हो । दर खाने र जमघट हुने नाममा पर्व सुरु हुनु अघिदेखिनै तडकभडक,... पुरा पढ्नुहोस

बेनीमा ट्याक्टरबाट खानेपानी वितरण (तस्बिर र भिडियो सहित)

म्याग्दी २३ साउन । बेनीमा खानेपानी वितरण हुँदै आएको पाइपलाईनमा पहिरोले क्षति पु¥याएर खानेपनी आपूर्ति अबरुद्ध बनेपछि बेनी नगरपालिका र वडा कार्यालयले बेनीमा ट्याक्टर र दमकलबाट खानेपानी वितरण गरेका छन् । https://www.youtube.com/watch?v=zSOXqxagWRw&feature=youtu.be वडा कार्यालय र नगरपालिकाको पहलमा बेनीको वडा नम्बर ८ क्षेत्रमा दमकल र वडा नम्बर ७ मा ट्याक्टरमा ड्रम... पुरा पढ्नुहोस

अपडेट : जिप दुर्घटनामा एक जनाको मृत्यु , ६ जना पाेखरा रिफर

म्याग्दी २२ साउन । बेनी नगरपालिका–३ हल्लेगौडामा बुधबार दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन् । बेनी देखि भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६ न. को जिप दुर्घटनामा गम्भिर घाइते भएका बेनपा–३ का ५५ बर्षिय रनबहादुर खत्रीको उपचारको क्रममा बेनी अस्पतालमा... पुरा पढ्नुहोस

साफ यू–१५ च्याम्पियनसिपको नेपाली टोलीमा म्याग्दीका निराजन छनौट

म्याग्दी २२ साउन । प्रन्ध बर्ष मुनीको नेपाली राष्ट्रिय फुटवल टोलीमा म्याग्दीका निराजन खत्री छनौट भएका छन् । रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भएका खत्री भारतमा आयोजना हुन लागेको यू–१५ साफ च्याम्पियनसिपका लागि घोषणा भएको नेपाली राष्ट्रिय टोलीमा पर्न सफल भएका हुन् । खत्रीले प्रतियोगितामा मिडफिल्डरको रुपमा सहभागिता जनाउनेछन् । २... पुरा पढ्नुहोस