अन्नपूर्ण गाउपालिकाको खिवाङमा चट्याङ् लागेर दुई जनाको मृत्यु

  • २ चैत्र २०७६, आईतवार
  • 3085 पटक पढिएको

म्याग्दी, २ चैत । चट्याङ लागेर म्याग्दीमा दुई जनाको ज्यान गएको छ । शनिवार राती परेको चट्याङ लागेर म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ खिवाङमा दुई जनाको मृत्यु भएको हो ।

खिबाङ गाउँ तस्बिर : म्याग्दीअनलाइन डटकम

चट्याङ लागेर गम्भिर भाईते भएका २६ वर्षीय रवीन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार उनिहरुको बेनी अस्पतालमा उपचारको क्रममा गयराती नै मृत्यु भएको हो ।

राती ९ बजे चट्याङ् लागेर घाइते भएका उनिहरुलाई ३ बजे बेनी अस्पतालमा ल्याइएको थियो । अहिले उनीहरुको शव परिक्षणका लागि बेनी अस्पतालको शव गृहमा राखिएको छ । गयराती यस क्षेत्रमा बर्षा र चट्याङ परेको थियो ।