नेकपा रघुगंगा गाउँ कमिटिको तेस्रो बैठक

  • २५ फाल्गुन २०७६, आईतवार
  • 1571 पटक पढिएको

म्याग्दी, २५ फागुन । पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानको पुर्वसन्ध्यामा नेकपा रघुगंगा गाउँकमिटिले शनिबार कार्यकता प्रशिक्षण कार्यक्रम गरेको छ। कमिटिले रघुगंगा गाउँपालिका–३ रानीपौवामा संचालित होमस्टेमा भएको कार्यक्रममा नेकपा केन्द्रिय सदस्य एवम् प्रतिनिधिसभाकी सांसद थममाया थापाको उपस्थितमा विभिन्न निर्णय गर्दै बैठक सम्पन्न गरेको हो ।


बैठकले तिनमहिने अभियान अन्तरगत रघुगंगा गाउँकमिटिले स्थानीय तह र वडा स्तरमा पार्टी एकतालाई थप सुदृढ बनाउने, जनवर्गीय संगठनको एकतालाई पूर्णता दिने, जनप्रतिनिधि, कार्यकर्ता र जनताको बिचमा समन्वयको वातावरण बनाउन अभियान तिव्र रुपमा अघि बढाउने निर्णय गरेको रघुगंगाकाका सहजकर्ता विनोद केसीले बताए ।समृद्ध नेपाल, सुखी नेपालीको आधार, सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार भन्ने नाराका साथ सञ्चालन हुन लागेको अभियान अन्तरगत पार्टी सदस्यता नविकरण, अन्तरक्रिया, भेला र प्रशिक्षण कार्यक्रम गरिने रघुगंगा गाउँकमिटिको अध्यक्ष दिपक कार्कीले कार्यकतालाई जानकारी गराएका थिए।

नेकपा केन्द्रिय सदस्य थममाया थापाले तिनमहिने अभियानमा स्थानीय तह र वडा स्तरमा पार्टी एकतालाई थप सुदृढ बनाउने, जनवर्गीय संगठनको एकतालाई पूर्णता दिन कार्यकर्ता र जनताको बिचमा समन्वयको वातावरण प्रभावकारी बनाउन कार्यकर्तालाई निर्देशन दिएका थिईन । अभियानका क्रममा नेता कार्यकर्ता प्रत्येक बस्ति र घरघरमा पुगेर जनताको धारणा बुझ्न आग्रह गरिन् । उनले सरकारले गरेका कामलाई जनतामाझ पु¥याउने, सरकारप्रति जनताको अपेक्षा संकलन गर्न कार्यकतालाई सुझाव दिएकी थिईन । थापाले वडास्तरका कमिटिलाई विकास निर्माण गतिविधिलाई प्रभावकारी कार्यान्वयन गराउन र स्थानीय तहमा भएका अनियमितता रोक्न र राम्रा कामलाई समर्थन गर्ने कार्यमा सक्रिय रहन आग्रह गरेकी थिईन ।

त्यस्तै नेकपा प्रदेश सदस्य केसीले पाटीले केन्द्र, प्रदेश र जिल्लाकोे निर्णय र निर्देशनलाई जानकारी गराएका थिए । केसीले पाटीप्रति जनताको धारणामा केन्द्रित रहेर अभियानलाई संचालन गर्र्ने बताए । त्यस्तै नेकपा म्याग्दीका नेता एवम् जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले पाटीको निर्देशनअनुसार बस्तीबस्तीको धारणा समेट्न सबै जागरुक हुनुपर्ने बताए । केसीले ग्रामिण बस्तीका समस्याहरुलाई प्रथामकिता दिएर तिनमहिने अभियान संचालन गर्न आग्रह गरेका थिए ।

त्यस्तै रघुगंगा गाउँपालिकाका संसदीय दलका नेता रिमबहादुर कटुवालले कार्यकता एक जुट भएर प्रभावकारी रुपमा जनताको घरदैलो गर्नुपर्ने बताए । स्थानीय तहमा भएका गतिविधिमा निगरानी बढाएर प्रभावकारी रुपमा शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युतको योजनाबद्ध विकासमा लाग्नुपर्ने बताए । नेकपा रघुगंगा गाउँकमिटिका अध्यक्ष कार्कीको अध्यक्षता, सचिव हरी भण्डारीको संचालन र सचिवालय सदस्य चन्द्रमान छन्त्याल स्वागत मन्तव्यमा भएको बैठकमा वडा कमिटिका अध्यक्ष एवम् सदस्यहरुले धारणा राखेका थिए।