विशेष
शिव आधारभूत विद्यालयलाई सहयोग
- 4 बर्ष, 8 महिना अगाडि
- २० आश्विन २०७७, मंगलवार
म्याग्दी २० असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दर्मिजामा रहेको शिव आधारभूत विद्यालयलाई एक युवाले सहयोग गर्नुभएको छ । जापानबाट आउनुभएका स्थानीय युवा मेजन गर्बुजाले विद्यालयमा अध्ययनरत सबै बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो । उहाँले सो अवसरमा विद्यालयलाई नगद रु १० हजार समेत सहयोग गरेको विद्यालयका शिक्षक बिजय शर्माले जानकारी... पुरा पढ्नुहोस
प्रगतिशिल ईञ्जिनियर्स संगठन म्याग्दीको अध्यक्षमा रिजाल
- 4 बर्ष, 8 महिना अगाडि
- २० आश्विन २०७७, मंगलवार
म्याग्दी २० असोज । प्रगतिशिल ईञ्जिनियर्स संगठन नेपाल म्याग्दिले पुर्णता पाएको छ । कृष्ण रिजालको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा बालकृष्ण बुढाथोकी, सचिब अञ्जन खत्री, कोषाध्यक्षमा सुष्मा पौड्याल, सचिबालय सदस्यहरुमा सुदिप गौतम, विष्णु चापागाँई, विष्णु रिजाललाई चयन गरिएको छ । समितिको सदस्यहरुमा रुचेन्द्र अधिकारी, सोबिन घर्ति, घनश्याम रोका मगर, सतिस... पुरा पढ्नुहोस
बेनीमा ५५ काँग्रेस कार्यकर्तालाई नेकपाले प्रवेश गरायो
- 4 बर्ष, 8 महिना अगाडि
- १७ आश्विन २०७७, शनिबार
म्याग्दी १७ असोज । म्याग्दीमा नेकपा र काँग्रेसले कार्यकर्ता प्रवेशको होडबाजी चलाएका छन् । शनिवार नेकपा बेनी नगर कमिटीको पूर्ण वैठकको अवसरमा जिल्लाको विभिन्न स्थानबाट काँग्रेस छाडेर ५५ जनाले नेकपा प्रवेश गरेको नेकपा म्याग्दीले जनाएको छ । प्रवेश गर्नेमध्ये अधिकाँश रघुगंगा गाउँपालिकाको पाखापानी, कुइनेमंगले क्षेत्रका रहेको नेकपा म्याग्दीका प्रचार विभाग... पुरा पढ्नुहोस
म्याग्दीमा थप एक जनामा कोरोना
- 4 बर्ष, 8 महिना अगाडि
- १७ आश्विन २०७७, शनिबार
म्याग्दी १७ असाेज । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुवेतबाट आएर म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका रघुगंगा गाउँपालिका –३ का २६ बर्षिय यूवामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो । । नयाँ संक्रमितलाई क्वारेन्टाइनबाट आइसोलेसन लैजाने तयारी भइरहेको छ । ‘संक्रमितको... पुरा पढ्नुहोस
राष्ट्रिय युवा संघ म्याग्दीको इन्चार्जमा खड्का चयन
- 4 बर्ष, 8 महिना अगाडि
- १६ आश्विन २०७७, शुक्रबार
म्याग्दी, १६ असोज । नेकपाको भातृय युवा संगठन राष्ट्रिय युवा संघ म्याग्दीको इन्चार्जमा पुनम खड्का चयन हुनुभएको छ । संगठनका एकताका बाँकी कार्यलाई टुंगाउन बसेको बैठकले म्याग्दीको इन्चार्जमा खड्का र सह–इन्चार्जमा दिनेश केसीलाई जिम्मेवारी दिएको हो । तत्कालिन माओवादी जनयुद्धका सहिद परिवारका सदस्य समेत रहेका खड्का तत्कालिन वाईसीएल नेपालको केन्द्रिय... पुरा पढ्नुहोस
राष्ट्रिय युवा संघ मुस्ताङ जिल्ला इञ्चार्जमा गौचन
- 4 बर्ष, 8 महिना अगाडि
- १६ आश्विन २०७७, शुक्रबार
एसके थकाली जोमसोम १६ असाेज । राष्ट्रिय युवा संघ नेपालको बिहिबार काठमान्डौंमा बसेको बैठकले राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य सम्राट गौचनलाई मुस्ताङ जिल्ला ईञ्चार्जको थप जिम्मेवारी तोकेको छ । संघका केन्द्रिय संयोजक . रामप्रसाद सापकोटा (दीपशिखा)को अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय युवा संघ नेपालको ७७ वटै जिल्ला ईञ्चार्ज र सहईञ्चार्जको... पुरा पढ्नुहोस
कोरोना महामारीमा थलिएको शिक्षा : विद्यालय जान आतुर विद्यार्थी (रिपोर्ट)
- 4 बर्ष, 8 महिना अगाडि
- १५ आश्विन २०७७, बिहीबार
कमल खत्री म्याग्दी १५ असोज । बेनी नगरपालिका–९ तोरीपानीकी कक्षा १० मा अध्ययनरत प्रतिक्षा बानियाँ आफ्नो शैक्षिक भविश्यबारे अन्यौलमा हुनुहुन्छ । गलेश्वर माविको प्राविधिक धार तर्फ (सिभिल इन्जिनियरिङ) अध्ययनरत बानियाँ पाठ्यक्रमका आधारमा प्रयोगात्मक शिक्षण सिकाइ आबश्यक पर्ने भएपनि करिब ६ महिनादेखि विद्यालयको नियमित पठनपाठन सञ्चालन नहुँदा अन्यौलता छाएको बताउनुहुन्छ ।... पुरा पढ्नुहोस
म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सांसद केसीद्धारा गण्डकी प्रदेश सरकारको ध्यानकर्षण
- 4 बर्ष, 8 महिना अगाडि
- १३ आश्विन २०७७, मंगलवार
बेनी, १३ असोज । गण्डकी प्रदेशसभा सदस्य बिनोद केसीले म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा नगरिएकोमा आपत्ति जनाउनुभएको छ । गण्डकी प्रदेशसभाको मंगलबार बसेको बैठकमा बिशेष समय लिएर बोल्दै म्याग्दी क्षेत्र (क)बाट निर्वाचित केसीले संघीय सरकारले बागलुङ र सिन्धुपाल्चोकलाई मात्र विपद्बाट संकटग्रस्त जिल्ला घोषणा गरेर अन्य जिल्लालाई विभेद गरेकोमा असन्तुष्टि जनाउनुभयो... पुरा पढ्नुहोस
म्याग्दीका बाढीपहिरो पीडितलाई मगर संघको रु ५ लाख बराबरको राहत सहयोग
- 4 बर्ष, 8 महिना अगाडि
- १३ आश्विन २०७७, मंगलवार
म्याग्दी १३ असोज । म्याग्दीको मंगला ,मालिका र धवलागिरी गाउँपालिकाका अविरल बर्षातका कारण आएको बाढी पहिरो प्रभावित क्षेत्रका पीडितलाई नेपाल मगर संघद्धारा राहत वितरण गरिएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायत ,मगर संघ हङकङ र मगर संघ म्याग्दीले संकलन गरेको सो... पुरा पढ्नुहोस
पौरखी पाइला : पशुपालनबाट रहरलाग्दो कमाई ( भिडियाे रिपाेट सहित
- 4 बर्ष, 8 महिना अगाडि
- १३ आश्विन २०७७, मंगलवार
कमल खत्री बेनी, १३ असोज । बेनी नगरपालिका–६ अर्थुङ्गेका २७ बर्षका युवा कृषक कमल पौडेल पशुपालनबाट भएको आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ । करिब ९ बर्ष अघि रोजगारका लागि विदेश जाने हुटहुटी चलिरहेकै बेला पौडेलले भने आफ्नै ठाउँमा पसिना बगाउने निधो गरी कुखुरा र गाईभैँसी पालनमा होमिनुभयो । पौडेलको फार्ममा अहिले १०... पुरा पढ्नुहोस