विशेष

बादिकाको भिरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, सल्लाको बोटले धेरैको ज्यान बचायो

म्याग्दी १५ साउन । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी नजीकै पर्ने बादिकाको भिरमा शुक्रवार विहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । ताकमदेखि दरबाङतर्फ आउँदै गरेको ग १ ज ६८०५ नम्बरको जिप बादिकाको भिरमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर धवलागिरि गाउँपालिका–७ ताकमका... पुरा पढ्नुहोस

कालीगण्डकीको अवैध दोहनमा प्रयोग भएका मेसिनलाई जरिबाना,बालुवा जफत गरिने (भिडियो सहित)

म्याग्दी १४ साउन । म्याग्दीको बेनी नगरपालिका–१ आनन्दबगर, सारेमारे, ढोडेनीखोला लगायतका स्थानमा कालीगण्डकी नदीमा भएको अवैध दोहनमा परिचालन भएका मेसिन र सवारी साधनलाई जरिवाना तिराउने निर्णय भएको छ । यस क्षेत्रका बगरमा नगरपालिकाले बालुवा उत्खनन्का लागि ठेक्का नै नलगाएको र असार १ गतेदेखि नदीजन्य पदार्थको संकलनमा रोक लगाएको अवस्थामा स्थानीय... पुरा पढ्नुहोस

कालीगण्डकी नदीमा पौडी खेल्दा बागलुङका दुई बालक बेपत्ता

बागलुङ १४ साउन । पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा डुबेर बागलुङका दुई बालक बेपत्ता भएका छन् । अन्य दुई बालक भने बचेका छन् । बागलुङ नगरपालिका १ निरयघाटमा कालीगण्डकी नदी किनारमा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने १३ वर्षीय अभिषेक बिक र १३ वर्षीय यमबहादुर पुन बेपत्ता भएका हुन्... पुरा पढ्नुहोस

पर्यटन विकासको सम्भावनायुक्त नारच्याङ (फोटो कथा)

म्याग्दी १४ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ । विश्वको दशाँै र नेपालको नवौँ (८०९१ मिटर) अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर रहेको नारच्याङ पर्यटन विकासको हिसाबले सम्भावनायुक्त छ । यहाँ रहेका ताल तलैया, झरना र हिमाल पर्यटन विकासका सम्भाबनाका आधार हुन् । संसारमा सबै भन्दा पहिले मानव पाइला परेको... पुरा पढ्नुहोस

कालीगण्डकीको अवैध दोहन : ठेक्का नै नलगाएको खोलामा दिनहुँ एक्साभेटर

म्याग्दी १३ साउन ।बेनी नगरपालिकाले असार १ गतेदेखि नगरक्षेत्रमा रहेका म्याग्दी नदी र कालीगण्डकी नदीका बगरहरुबाट ढुंगा, गिटी, बालुवा उत्खनन तथा संकलन बन्द गराएको छ । अर्को व्यवस्था नगरेसम्मका लागि भनेर नदिजन्य पदार्थको उत्खनन र संकलनलाई रोक लगाईएको भएपनि नगरपालिकाको वडा नम्बर १ मा पर्ने कालीगण्डकी नदी किनारमा भने अवैध... पुरा पढ्नुहोस

भुरुङतातोपानी बजार (फोटो कथा)

म्याग्दी १३ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ मा अवस्थित भुरुङ तातोपानी बजार । कालिगण्डकी नदी किनारमा अवस्थित यो बजार नदी कटानको जोखिममा परेको छ । यहाँ पर्यटकीय सम्भावनायुक्त प्राकृतिक तातोपानी कुण्ड समेत रहेको छ । ड्रोन फोटो : कृष्णराज पौडेल पुरा पढ्नुहोस

पहुँचमार्ग पहिराेले बगाएपछि माेटरेबल पुल प्रयोगविहीन

म्याग्दी १२ साउन । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ शिखस्थित स्वाँतखोलामा निर्माण भएको मोटरेबल पुलको पहुँचमार्ग पहिराेले बगाएको छ । करिब डेढ सय मिटर सडक पहिरोले बगाएपछि रु दुई करोडभन्दा बढी खर्चेर दुई वर्षअघि निर्माण भएको मोटरेबल पुल प्रयोगविहीन बनेको छ । शिखदेखि स्वाँत, किन्दु जोड्ने सडक अवरुद्ध भएको स्थानीयवासी लोकबहादुर पुर्जाले... पुरा पढ्नुहोस

दिवंगत आफन्तको सम्झनामा बेनी अस्पताललाई रु ३ लाख ७१ हजार बराबरको सहयोग (भिडियो सहित)

https://www.youtube.com/watch?v=s9SL8yaOlVw   बेनी, १२ साउन । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेका यामबहादुर केसी र हरिकला केसीको परिवारले बेनी अस्पताललाई रु ३ लाख ७१ हजार मुल्य बराबरको सहयोग गर्नुभएको छ । दिवंगत छोरा डा. मंगल केसीको १२ औँ स्मृतिमा घरपरिवारले बेनी अस्पताललाई ६ थान सेमिफोल्डिङ्ग बेड सेट, ६ थान फुट स्टेप, ६... पुरा पढ्नुहोस

म्याग्दी समाज अमेरिकाको अध्यक्षमा शाही चयन

म्याग्दी ११ साउन । अमेरिकामा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी समाज अमेरिकाको अध्यक्षमा तोरण शाही (अर्जुन) चयन हुनुभएको छ । समाजको ७ औँ साधारण सभा तथा अधिवेशनबाट शाहीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । समितिको प्रथम उपाध्यक्षमा कृष्ण केसी, उपाध्यक्षमा भिम के सी, महासचिबमा किशोर शर्मा, सचिबमा... पुरा पढ्नुहोस

बेनीमा नेपाल कम्युनिष्ट पार्टीको कार्यालय स्थापना

म्याग्दी, ११ साउन । म्याग्दीको सदरमुकाम बेनीमा नेपाल कम्युनिष्ट पार्टी (विप्लब) ले  कार्यालय स्थापना  गरेको छ। नेत्रविक्रम चन विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पाटीले सरकारसंग तिनबुदे सहमतिपछि खुल्ला राजनीतिमा आएपछि म्याग्दीका नेता तथा कार्यकर्ताले  सोमबार बेनीमा सम्पर्क कार्यालय स्थापना गरेका हुन् । नेकपाका केन्द्रिय सदस्य ध्रुव घिमिरे –विप्लप)ले कर्मचारी मिलन केन्द्र... पुरा पढ्नुहोस