भगवतीका जीतबहादुर खत्रीको उपचारमा सहयोग गर्न अपिल

  • १८ श्रावण २०७८, सोमबार
  • 1857 पटक पढिएको

म्याग्दी, १८ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका जीतबहादुर खत्रीलाई उपचारमा आर्थिक समस्या भएको छ । रक्तचाप, प्यारालाइसिस र मुटुको रोगले पीडित भएका ४८ बर्षिय खत्रीलाई उपचारमा आर्थिक समस्या भएको हो ।

रक्तचाप र प्यारालाईसिस रोगको २०७७ चैत एक गतेदेखि पोखरास्थित हरिखर्क र चरक अस्पतालमा उपचार गराउदै आएको थियौ । चार महिनासम्म पोखरामा दुइ अस्पतालमा प्यारालाइसिस र टाउकोमा देखिएको समस्याको उपचार गर्दा २३ लाख रुपैया सिद्धिएको जीतबहादुर खत्रीको श्रीमती राजकुमारी खत्रीले बताउनुभयो । ‘पोखरामा उपचारको क्रममा औषधीले समस्या ठिक नभएपछि डाक्टरको सल्लाह अनुसार उपचारका लागि काठमाण्डौ गंगालाल अस्पताल पठाएको छ ।’

काठमाण्डौ आएको छु, पैसाको अभावले गंगालाल अस्पतालमा भर्ना गर्न सकेको छैन्, मुटको अप्रेशन छिटो गनुपर्ने भनेको छ, औषधीले प्रेसर ठिक ठाउँमा आएपछि मुटुको अप्रेशन हुने अस्पतालले भनेको छ तर पैसाले उपचार रोकिएको पीडा खत्रीको श्रीमतीले बताउनुभयो ।

घरमा भएको पैसा सबै उपचारमा सिद्धियो, पोखरा डाक्टर अनुसार साउन १५ गते कामठमाण्डौ आएको छु । पैसाको अभावले अस्पताल भर्ना र उपचार ढिला भइरहेको हुदाँ उपचारमा आर्थिक सहयोग गरिदिनु स्वदेश तथा विदेशमा रहेको राखुबासी तथा म्याग्देली दाजुभाई तथा दिदिबहिनीलाइ आर्थिक सहयोग गरिदिन राजकुमार खत्रीले आग्रह गर्नुभएको छ ।

सहयोग गर्नका लागि प्रभु बैंकमा राजकुमारी खत्री क्षत्रीको खातानम्वरः  ०९५०१०००७६८८५९०००००१
फोन नम्वर : ९८४७६४९४८०