मालपोत कार्यालय म्याग्दीबाट ५ करोड ११ लाख रुपैयाँ राजश्व संकलन

  • २३ श्रावण २०७८, शनिबार
  • धिरन खत्री
  • 1647 पटक पढिएको

म्याग्दी, २३ साउन । मालपोत कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७७/0७८ मा ५ करोड ११ लाख ३ हजार ६ सय रुपैयाँ राजश्व संकलन गरेको छ। मालपोत कार्यालयका अनुसार घरजग्गा रजिष्टेशन, रातोपुर्जा विक्रि, न्यायीक दस्तुर, प्रशासनिक सेवाशुल्क, रोक्का, नगर सुधार कोष र पुजीगत लाभकरबाट राजश्व संकलन भएको हो ।

पछिल्लो समय जिल्लामा विद्युत उत्पादन कम्पनीले ब्यक्तिका जग्गा खरिद गरेको कारण राजश्वमा बृद्धि भएको मालपोत अधिकृत कृष्णबहादुर कार्कीले बताए । कार्यालयले गत आर्थिक बर्षमा घरजग्गा रजिष्ट्रेसन शुल्कबाट २ करोड ३८ लाख ६५ हजार ९५७ रुपैयाँ, पुजीगत लाभकरमार्फत १ करोड ७६ लाख ९३ हजार ४४४ रुपैया, प्रशासनिक सेवा शुल्कमार्फत ६१ लाख ९८ हजार ९५० रपैयाँ, न्यायीक दस्तुरमार्फत ४ लाख २९ हजार ७३१ रुपैयाँ, घरजग्गा रोक्काबाट ५ लाख २६ हजार ७०० रुपैयाँर, नगर सुधार कोषबाट २३ लाख ५३ हजार ५१८ रपैयाँ र रातोपुर्जा विक्रिबाट ३५ हजार ३ सय रुपैयाँ सहित सो रकमको राजश्व संकनल भएको मालपोत अधिकृत कार्कीले जानकारी दिए ।

कार्यालयमा जिल्लाका नगरपालिकासहित पाचँवटा पालिकाबाट आएका सेवाग्राहीले घरजग्गा सम्बन्धी कारोवारबाट उक्त राजस्व रकम संकलन भएको मालपोतका लेखापाल दिपक खत्रीले जानकारी दिए । ‘सेवा शुल्कअन्तर्गत पुर्जा, धितो रोक्का, संशोधन, घर कायम, नामसारी, विलम्व शुल्क लगायतवाट राजश्व संकलन भएको छ ।’

गत बर्षमा घरजग्गा तथा अंशबण्डा लगायतको लिखत कार्य ९६८, धितो बन्दक १ हजार ८०८ जनाले गरेको मालपोत अधिकृतले जानकारी गराए । रजिष्ट्रेसन शुल्क अन्तर्गतको राजश्व रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई र ६० प्रतिशत सम्बन्धित स्थानीय सरकारलाई पठाउने प्रावधान छ । जग्गा रजिष्ट्रेशनको संकलन राजश्वमध्ये ४० लाख प्रदेशलाई र ६१ लाख ४० हजार ३७३ रुपैयाँ स्थानीय तहरलाई वितरण गरिएको छ। कोलेनीका म्याग्दीले कारोबार सुरु गर्न वित्तिकै १ करोड ३६ लाख ३२ हजार रुपैयाँ विभाजन गरेर पठाईने अधिकृत कार्कीले जानकारी गराए । त्यस्तै नगर सुधार कोष बापतको बेनी नगरपालिकालाई ३५ लाख १७ हजार २५० रुपैया निकासा गरिएको छ ।

कार्यालयको सेवाप्रवाहमा महिलाहरुको सहभागिता बढी भएको छ। राजश्व छुटका कारण कारण ३७४ जनाले लिखततर्फको सेवा र दलिततर्फ ४१ जनाले सेवा लिएको कार्यालयले जनाएको छ। महिलातर्फ २० लाख र दलितर्फ १० लाख राजश्व छुट भएको मालपोत अधिकृतले बताए ।

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा ३ करोड २९ लाख ४२ हजार ८०६ रुपैयाँ राजश्व संकनल भएको थियो । कोरोना भाइरस संक्रमण जोखिमसँगै सरकारले गरेको लकडाउनका कारण गत बर्ष मालपोतको सेवा प्रभावित भएको कारण राजश्व संकलन कम भएको थियो भने यस बर्ष लगडाउन भएपनि स्वास्थ्य मापदण्ड अपनाएर सेवा लिन जेठबाहेक अन्य महिनामा सेवाग्राही कार्यालय आइराखेका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l