विशेष

दिवंगत आफन्तको स्मृतिमा विद्यालयमा प्रवेशद्धार निर्माण

म्याग्दी ५ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका –३ महतारेका एक परिवारले दिवंगत आफन्तको स्मृतिमा स्थानीय हिमालय आधारभुत विद्यालयमा प्रवेशद्धारा निर्माण गर्नुभएको छ । विद्यालयको भवन निर्माण समितिका अध्यक्ष समेत रहनुभएका शान्त बहादुर भण्डारीको दिवंगत पत्नी उजेली भण्डारीको स्मृतिमा उहाँका परिवारले रु १ लाख ६६ हजार लगानीमा विद्यालयको मुख्य प्रवेशद्धार निर्माण... पुरा पढ्नुहोस

म्याग्दी जेसीजका थापा नेपाल जेसीजको नेशनल युथ प्रोग्राम चेयरपर्शनमा चयन

म्याग्दी ५ फागुन । म्याग्दी जेसीजका बर्ष २०१९ का अध्यक्ष खम थापा मगर नेपाल जेसिजको नेशनल युथ प्रोग्राम चेयरपर्शन (राष्ट्रिय युवा कार्यक्रम अध्यक्ष) मा चयन हुनुभएको छ । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले थापालाई उक्त पदमा मनोनीत गर्नुभएको हो । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय जेसिजले हरेक बर्ष... पुरा पढ्नुहोस

गोठको सुरक्षामा खटिएका ‘कुकुर’

बेनी, ५ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको भारामा रहेको गोठको सुरक्षामा रहेका कुकुर । ग्रामीण भेगमा गोठको सुरक्षामा कुकुरहरु पालन गर्ने चलन रहेको छ । भोटे कुकुरहरु कोठका रक्षक हुन् । पछिल्लो समय भोटे प्रजातीको कुकुर हराउँदै जान थालेका छन् । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

म्याग्दीमा सडक कालोपत्रे गर्ने मंगला पहिलो गाउँपालिका बन्यो, बावियाचौर बजारमा यसरी हुँदै छ कालोपत्रे (भिडियाे)

म्याग्दी ४ फागुन । म्याग्दीमा बेनी नगरपालिका क्षेत्र बाहिर पहिलो पटक सडक कालोपत्रे गर्न सुरु गरिएको छ । जिल्लाको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सडक कालोपत्रे गर्न लागिएको हो । https://www.youtube.com/watch?v=1GPT55CJxjs गण्डकी प्रदेश सरकारको शसर्त अनुदान रु १ करोड र गाउँपालिकाको रु १३ लाख बजेटबाट सडक कालोपत्रे गर्न सुरु गरिएको यस... पुरा पढ्नुहोस

मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजार कालोपत्रे सुरु (फाेटाे फिचर)

कमल खत्री म्याग्दी ४ फागुन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजार कालोपत्रे गर्न सुरु भएको छ । गण्डकी प्रदेश सरकारको शसर्त अनुदान रु १ करोड र गाउँपालिकाको रु १३ लाख बजेटबाट गाउँपालिका केन्द्र समेत रहेको बाबियाचौर बजार क्षेत्रको सडक कालोपत्र गर्न सुरु भएको हो ।म्याग्दीमा बेनी नगरक्षेत्र बाहिर गाउँपालिका... पुरा पढ्नुहोस

ओलीको प्रतिगमनको विरोधमा म्याग्दी काँग्रेसको अहिलेसम्मकै ठुलो जनप्रदर्शन (भिडियाे)

  https://www.youtube.com/watch?v=KKczNiC9BMM म्याग्दी ३ फागुन । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्धमा नेपाली काँग्रेस म्याग्दीले अहिलेसम्मकै ठुलो जनप्रदर्शन गरेको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलित भएको काँग्रेसले विभिन्न चरणमा आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ । सोमबार बेनीमा... पुरा पढ्नुहोस

प्रतिगमनको विरुद्धमा नेपाली काँग्रेस म्याग्दीको बृहत विरोध प्रदर्शन (फोटोफिचर)

म्याग्दी ३ फागुन । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्धमा नेपाली काँग्रेस म्याग्दीले बेनीमा बृहत जनप्रदर्शन गरेको छ । गाउँ गाउँबाट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई बेनीमा ल्याएर काँग्रेस म्याग्दीले सोमबार बृहत प्रदर्शन गरेको हो । बेनीको विरेन्द्रचोकबाट निस्केको ¥यालीले बजारको न्यूरोड, क्याम्पसचोक, अस्पतालचोक, संगमचोक हुँदै... पुरा पढ्नुहोस

म्याग्दीमा कोरोना विरुद्धको ‘पहिलो चरणको दोस्रो प्राथमिकता’खोप अभियान सञ्चालन (तस्बिर/भिडियाे)

म्याग्दी २ फागुन । म्याग्दी सदरमुकाम बेनीमा कोरोना भाइरस विरुद्धको कोभिशिल्ड खोप अभियान सञ्चालन भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले गण्डकी प्रदेश सरकारको सहयोगमा अग्रपंतिमा खटिने कर्मचारी, जनप्रतिनिधि, बैँक तथा वित्तिय संस्थाका कर्मचारी, पत्रकार र सुरक्षाकर्मी समेतलाई खोप लगाउन ‘पहिलो चरणको दोस्रो प्राथमिकता’ खोप अभियान सञ्चालन गरेको हो । यस... पुरा पढ्नुहोस

जन्मदिनको अवसरमा शान्तिकोषलाई ५० हजार सहयोग

म्याग्दी २ फागुन । बेनी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तुलसी आचार्यले जन्मदिनका अवसरमा म्याग्दीको ओमकुमारी शान्तिकोषलाई रु ५० हजार नगद सहयोग गर्नुभएको छ । कोषको अगुवाईमा गरिब तथा विपन्नहरुको उपचारमा सहयोग पु¥याउन स्थापना गरिएको अक्षयकोषमा आचार्य र उहाँको श्रीमान भिमप्रसाद आचार्यले कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।... पुरा पढ्नुहोस

उत्पादन र उद्योगबाट जिल्लाको आर्थिक विकास सम्भव : अध्यक्ष कटुवाल (अन्तर्वार्ता)

म्याग्दी उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष बेलबहादुर कटुवालसंग समृद्ध साप्ताहिक र म्याग्दीअनलाईन डटकमका सम्पादक कमल खत्रीले गर्नुभएको कुराकानी । १) यहाँलाई स्वागत तथा म्याग्दी उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई । धन्यबाद २) म्याग्दी उद्योग बाणिज्य संघको नेतृत्व सम्हाल्नुभएको छ । जिल्लामा उद्योग र व्यापार क्षेत्रको विकासमा कस्तो... पुरा पढ्नुहोस