मौवाफाँट भगवतीदेवी कोतमन्दीरमा यस्तो रह्यो नवमी पुजा ( फोटो फिचर)
- २८ आश्विन २०७८, बिहीबार
- 921 पटक पढिएको
म्याग्दी २८ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको भगवतीदेवी कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बिशेष पुजा गरिएको छ । नवमीमा सरकारी राँगो मार हान्न (काट्न) रु ७५ हजारको बोलकबोल भएको थियो । बुधवार साँझ कालरात्रीमा भएको बढीबढाउमा मौवाफाँटका सुवास भण्डारीले सर्वाधिक रु ७५ हजार रकम कबोल गरेर सरकारी बलीको मार हान्नुभएको हो । कोट मन्दीरमा सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ । मौवाफाँट भगवतीमा यस पन्च्योल समेत परेको थियाे ।