विशेष

कालिसारमा लालीगुराँस पार्क

  म्याग्दी, १ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ कालिसारस्थित घना जंगलको विचमा लालीगुराँस पार्कको पूर्वाधार निर्माण भईरहेको छ। घोडेपानी र पुनहिलमा घुम्न आउने पर्यटकको बसाई लम्ब्याउने उद्देश्यले पार्क निर्माण कार्य अघि बढाईएको हो । डिभिजन वन कार्यालयबाट विनियोजित बजेटमार्फत पर्यटक रमाउने पूर्वाधार निर्माण गरिरहेको घोडेपानी होटल ब्यवसायी एवम् लालीगुराँस... पुरा पढ्नुहोस

टोपबहादुर रायमाझी पक्राउ

    नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । रायमाझी काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका हुन् । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो ।गत बैशाख २० पक्राउ पुर्जी आउँदा रायमाझी फरार थिए । पूर्वमन्त्री रायमााझी भैरहवामा केही समय बसेर काठमाडौं आएको प्रहरी प्रधान कार्यालयले... पुरा पढ्नुहोस

खादा र माला प्रयोग नगर्न मन्त्री जुग्जालीको आग्रह

  पोखरा, ३१ वैशाख । गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात व्यवस्थापन मन्त्री रेशमबहादुर जुग्जाली (सुविन)ले भेटघाट र शुभकामना दिन आउनेहरुलाई खादा र माला प्रयोग नगर्न आग्रह गर्नुभएको छ । म्याग्दी प्रदेशसभा क्षेत्र (ख) बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक समेत रहेका जुग्जालीले शुभकामना दिन आउनेहरुलाई माला र... पुरा पढ्नुहोस

धवलागिरि हिमालमा बेपत्ताको शव सात महिनापछि भेटियो

म्याग्दी,३० वैशाख । धवलागिरि हिमालमा बेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ । पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव आज घटनास्थलबाट पोखरा हुँदै काठमाडौँ लगिएको छ । उद्धारमा संलग्न म्याग्दी दानाका इन्द्रसिंह शेरचनले सिन्धुपाल्चोकको लिपा गाउँपालिका–१ का २७ वर्षीय देव लामाको शव भेटिएको जानकारी... पुरा पढ्नुहोस

नवनियुक्त मन्त्री जुग्जालीद्धारा प्रादेशिक सडक सञ्जालको गुरुयोजना बनाउने निर्णयमा हस्ताक्षर

म्याग्दी २९ वैशाख । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली (सुविन) ले पदभार ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री पदमा नियुक्त गरेलगत्तै पद तथा गोपनियताको सपथ ग्रहण सहित मन्त्री जुग्जालीले पदभार ग्रहण गर्नुभएको हो । म्याग्दी प्रदेश सभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित... पुरा पढ्नुहोस

म्याग्दीका सांसद जुग्जाली भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा नियुक्त

म्याग्दी २९ वैशाख । म्याग्दी प्रदेश सभा निर्वाचन क्षेत्र ख बाट निर्वाचित गण्डकी प्रदेश सांसद रेशम जुग्जाली मगर (सुविन) दोस्रो पटक मन्त्री बन्ने पक्का भएको छ ।   गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज प्रदेश सरकारलाई पुर्णता दिने तयारी गर्दै हुनुहुन्छ । गठवन्धनमा भागबन्डा टुंगो लागेपछी उहाँले आज मन्त्री परिषद... पुरा पढ्नुहोस

धवलागिरीमा मेलमिलाप सम्बन्धी तालिम सम्पन्न

मुना, २८ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बिहिबार मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आयोजना र शान्तिका लागि समग्र विकास संस्थाको सहजिकरणमा आठ दिनसम्म सञ्चालन भएको तालिममा न्यायिक समितिका पदाधीकारी र ७ वटै वडाका गरि २७ जनाको सहभागिता रहेको थियो । न्यायिक समितिका पदाधीकारीहरुको... पुरा पढ्नुहोस

वन्यजन्तुलाई खानेपानी सहज बनाउन जङ्गलभित्र पोखरी निर्माण

म्याग्दी,२८ वैशाख । वन्यजन्तु र चराचुरुङ्गीहरुलाई पिउने पानीको व्यवस्थापन गर्नका लागि म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालयले दुई आर्थिक वर्षमा गरेर १६ वटा पोखरी निर्माण गरेको हो । पोखरी निर्माण भएपछि वनजङ्गलका जनावर र चराचुरुङ्गीहरुका लागि पानी खान सहज हुने विश्वास गरिएको छ । साथै... पुरा पढ्नुहोस

आरोहणको ७२ वर्षपछि सेनाद्वारा अन्नपूर्ण हिमालबाट फोहर सङ्कलन

म्याग्दी, २८ वैशाख । आरोहणको ७२ वर्षपछि म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालबाट तीन हजार छ सय किलोग्राम फोहर सङ्कलन गरिएको छ । नेपाली सेनाको हिमाल सरसफाइ अभियानमार्फत अन्नपूर्ण हिमाल र आधार शिविरबाट फोहर सङ्कलन गरिएको हो । आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्छ । विसं... पुरा पढ्नुहोस

अल्लोको पुवा संकलन ( तस्बिर)

बेनी, २८ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको जंगलमा खेर गएको अल्लोबाट कपडा तयार गर्नका संकलन गरिएको पुवा देखाउँदै स्थानीय धनबहादुर छन्त्याल । जंगलमा खेर गएको अल्लोको पुवाबाट कपडा उत्पादन गर्न विक्रि गर्ने उदेश्यले छन्त्यालले पुवा संकलन गर्दै आउनुभएको छ । पुरा पढ्नुहोस