को–अपरेटिम म्यानेजर्स क्लबको अध्यक्षमा सुवेदी चयन

  • १६ असार २०८१, शनिबार
  • 351 पटक पढिएको

म्याग्दी, १५ असार । म्याग्दीमा रहेका सहकारी संस्थामा कार्यरत म्यानेजरहरुको साझा संस्था को–अपरेटिभ म्यानेजर्स क्लब म्याग्दीको नयाँ नेतृत्व चयन भएको छ । शनिवार बेनीमा सम्पन्न संस्थाको तेस्रो अधिबेशन बाट नेत्रराज सुवेदीको अध्यक्षमा नयाँ कार्य समिति चयन भएको हो । सुवेदी बेनी स्थित लोकदीप बचत तथा ऋण सहकारीका प्रवन्धक हुनुहुन्छ । समितिको निवर्तमान अध्यक्षमा वसन्त कुमार श्रेष्ठ ( न्यु धौलागिरी साकोस),उपाध्यक्षमा तेज कुमारी बानिया (संगिनी साकोस ),सचिबमा समीक्षा ढुंगाना (दिदिबहिनी साकोस ) र कोषाध्यक्षमा हरि प्रसाद पौडेल ( न्यु धौलागिरी साकोस) चयन हुनुभएको छ । समितिको सदस्यहरुमा सन्तोष शर्मा (पश्चिम् नेपाल साकोस), यामनारायण पाइजा (रुप्से साकोस), लक्ष्मी शर्मा ( सौगात बहुउद्देश्यीय सहकारी), सरस्वती बानिया ( विश्वामित्र सकोस), सोलिना किसान ( न्यु दरबाङ महिला साकोस) र नारायण सुवेदी (भुपु सैनिक साकोस) रहनुभएको छ । बसन्तकुमार श्रेष्ठको अध्यक्षता, नेत्रराज सुवेदीको स्वागत र तेजकुमारी बानियाँको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । अधिवेशनको वेनीनगरपालिकाका सहकारी शाखा प्रमुख प्रभा शर्माले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि शर्मा, राष्ट्रिय सहकारी बैंक बाग्लुङका शाखा प्रबन्धक युवराज त्रिपाठी, को–अपरेटिभ म्यानेजर्स क्लब बाग्लुङका अध्यक्ष नवराज शर्मा ,नेपाल लघुबित्त कर्मचारी संघ म्याग्दीका अध्यक्ष टिकाराम शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष सुवदेीले “दक्ष कर्मचारी, समृद्ध सहकारी“ भन्ने नाराको साथ आफ्नो कार्यकालमा प्रत्येक स्थानीय तहमा पुगि सहकारीका कर्मचारी हरुको लागि क्षमता बिकासका विभिन्न तालिम संचालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।