विशेष

घारमा सामुदायीक भवन

बेनी ११ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारका बासिन्दाले सरकारी निकायले उपलब्ध गराएको अनुदान भन्दा बढी रकम स्थानीय स्रोतबाट जुटाएर सामुदायीक भवन निर्माण गरेका छन् ।घारको भगवती मन्दिर परिसरमा १४ लाख रुपैयाको लागतमा सभाहल सहितको तिन कोठे दुई तले सामुदायीक भवन निर्माण गरेका हुन् । अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक... पुरा पढ्नुहोस

जनसेवी लघुवित्त वित्तिय संस्था शाखा कार्यालय दरबाङमा गोष्ठी

म्याग्दी, १० असोज । जनसेवी लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय दरबाङमा केन्द्र प्रमुख तथा उपप्रमुखको गोष्ठी बुधवार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले ग्रामीण भेगका महिलाहरुको जिवनस्तर उकास्नको लागि उत्पादनशिल क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभयो । कार्यक्रममा संस्थाका केन्द्रिय अध्यक्ष विकास गौचन, कार्यकारी... पुरा पढ्नुहोस

सुन्तला ‘जोन’ कार्यान्वयनको विषयमा छलफल

बेनी १० असोज । सुन्तलाको ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन) विकास कार्यक्रम कार्यान्वयनका विषयमा बुधबार बेनीमा सरोकारवालाहरुबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।छलफलपछि बेनी र बागलुङ नगरपालिका, जलजला, रघुगंगा, मंगला, मालिका र काठेखोला गाउँपालिकालाई समेटीएको सुन्तला जोन कार्यक्रम लागु हुने वडा छनौट भएको छ । बेनी... पुरा पढ्नुहोस

कालीपुलमा यात्रु सहायता कक्ष स्थापना

बेनी १० असोज । बेनी नगरपालिका ८ कालीपुलमा बुधबार प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ । दसै, तिहारको समयमा आवत जावत गर्ने सर्वसाधारण, मुस्ताङ जाने आउने तिर्थयात्री तथा पर्यटक र यातायात ब्यवसायीको सहयोगका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा सहायता कक्ष स्थापना गरिएको प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढाले जानकारी... पुरा पढ्नुहोस

जनसेवी लघुवित्त शाखाको लगानी ५ करोड

म्याग्दी, ९ असोज । जनसेवी लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय म्याग्दीले ५ करोड ५ लाख ५६ हजार ३५१ रुपैया कर्जा लगानी गरेको छ । म्याग्दी र पर्वत जिल्ला कार्य क्षेत्र बनाएको संस्थाले एक नगरपालिका र ३ गाउँपालिकाका ४सय ७७ जनालाई कर्जा लगानी गरेको छ । बेनी नगरपालिका, मंगला, रघुगंगा... पुरा पढ्नुहोस

घारखोलाको काम सूचारु

बेनी ८ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधिन १४ मेगावाट क्षमत्ताको घारखोला जलविद्युत आयोजनाको निर्माण कार्य एक हप्तापछि सोमबार दिउँसोदेखि सूचारु भएको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा आयोजना प्रभावित अन्नपूर्ण गाउँपालिकाको वडा न. ५ शिख र वडा न. ६ घारका जनप्रतिनिधि, संघर्ष समितिका पदाधीकारी र प्रर्वद्धक कम्पनी म्याग्दी... पुरा पढ्नुहोस

ग्रामिण बस्तीमा विद्युत विस्तारका लागि पन्ध्र करोड भन्दा बढि  बजेट  विनियोजन

बेनी ७ असोज । पहाडी जिल्ला म्याग्दीमा यस वर्ष केन्द्रिय प्रशारण लाईनको विद्युत सुबिधा विस्तारका लागि पन्ध्र करोड रुपैया भन्दा बढी बजेट बिनीयोजन भएको छ ।उर्जा तथाजलस्रोत मन्त्रालयले म्याग्दीका दुर्गम तथा ग्रामिण बस्तीहरुमा केन्द्रिय प्रशारण लाईनको विद्युत सेवाको पहुँच विस्तारका लागि यस वर्ष उल्लेख्य मात्रामा बजेट बिनियोजन गरेको प्रतिनिधिसभा सदस्य... पुरा पढ्नुहोस

बाढीपहिरो पिडितलाई राहत वितरण

बेनी ५ असोज । नदी कटान र पहिरोका कारण प्रभावित म्याग्दीको रघुगंगा गाउँपालिका ८ कुईनेमंगलका बासिन्दालाई जिल्ला विपद् ब्यवस्थापन समितिले शुक्रबार राहत वितरण गरेको छ । पहिरोले विद्युतको पोल ढलाएपछि लत्रिएको तारले करेन्ट लागेर ज्यान गुमाएकी दुवाडीकी मनमाया छन्त्यालका आफन्तलाई एक लाख रुपैया उपलब्ध गराइएको छ । रघुगंगा नदीमा आएको... पुरा पढ्नुहोस

बाढीले खोस्यो ‘बुढ्यौलीमा गास र बास’

म्याग्दी, ५ असोज । रघुगंगा गाउँपालिका–८ खरिबोटका ७९ बर्षिय चन्दबहादुर छन्त्यालको बाढीले ‘गास र बास’ खोसेको छ । खेतीकिसानी गरि जिविकोपार्जन गर्दै आएका छन्त्यालको परिवारमा भदौ २७ गते रघुगंगा नदीमा आएको बाढीको कटानले घर सहित सबै थोक बगाएको हो । बृद्ध अमस्थामा रहेका चन्द्रबहादुर र उनकी धर्मपत्नी मनकुमारी जिवनको उत्तरार्धमा... पुरा पढ्नुहोस

बगरफाटँमा प्रशारण लाइनबाट दुर्घटनाको जोखिम

बेनी ५ असोज । बस्तिको बिच र घरको छतमाथि रहेको प्रशारण लाइनका कारण पर्वतको जलजला गाउँपालिका २ र ३ बगरफाँटमा विद्युतीय दुर्घटनाको जोखिम बढेको छ ।बेनी देखि म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा ३२ केभी क्षमत्ताको केन्द्रिय प्रशारण लाईनको विद्युत आपूर्तीका लागि बस्तीको बिचबाट तानिएको लाईनका कारण जोखिम बढेको हो ।... पुरा पढ्नुहोस