विशेष

म्याग्दी होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघकाे ‘देउँसीभैलो’ आयब्यय सार्वजनिक

बेनी, ३ पुस । म्याग्दी होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघकाे देउसीभैलो कार्यक्रमबाट भएको आम्दानी सार्वजनिक गरेको छ । जिल्लाको पर्यटन प्रवद्र्धन र गुणस्तरीय सेवा प्रदान लागि होटल तालिम संचालन गर्ने उद्देश्यले तिहार अवसरमा आयोजित देउसीभैलोबाट भएको आम्दानी खर्च सार्वजनिक गरिएको हो । तिहारको अवसरमा सदरमुकाम बेनी र सिंगा तातोपानीमा आयोजना... पुरा पढ्नुहोस

दरबाङका सुरेशसिङ ठकुरी ललितपुरमा बेवारिसे अबस्थामा फेला ( भिडियो सहित)

https://www.youtube.com/watch?v=8tcAKXQdM6M म्याग्दी, २ पुस । म्याग्दीको मालिका गाउँपालिकाको दरबाङ घर बताउने एक व्यक्ति ललितपुरमा बेवारिसे अबस्थामा फेला परेका छन् । ४७ बर्षका सुरेश सिङ ठकुरी बेवारिसे अबस्थामा फेला पारेपछि अहिले उनलाई ललितपुरको मानवशेवा आश्रममा राखिएको छ । https://www.facebook.com/ansu.karki.94/videos/1025779950938712/?eid=ARDwJqGnQxDsT52EClfRi_xnawyfoMAGLRnN20-xpBpgGDL9G2ML52We_xcqrwluNNV-Oay8vd6qEvpe आश्रमका प्रतिनिधिहरु सडक सेवामा निस्कँदा सडकमा वेवारिसे अबस्थामा फेला परेपछि उनलाई उद्धार... पुरा पढ्नुहोस

काफलडाँडामा पूर्व विद्यार्थीद्धारा पाँच लाख रुपैयाँ सहयोग

बेनी १ पुष ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ काफलडाँडाका एक व्यक्तिले आफूले शिक्षा हाँसिल गरेको तीन वटा सामुदायिक विद्यालयलाई पाँच लाख रुपैयाँ भन्दा बढी सहयोग गर्नुभएको छ । काफलडाँडाको थपना घर भई हाल हङकङमा बस्दै आउनुभएका देवेन्द्र पुर्जाले तीन वटा विद्यालयलाई चार लाख ९९ हजार ६०५ रुपैयाँ सहयोग गर्नुभएको वडा... पुरा पढ्नुहोस

साना किसानको बिना धितो चार करोड लगानी

मल्लाज १ पुस । जलजला गाउँपालिका ३ मल्लाजमा रहेको साना किसान कृषि सहकारी संस्थाले बिना धितो चार करोड रुपैयाँ भन्दा बढी लगानी गरेको छ । संस्थाको शनिबार मल्लाजमा भएको चौथो वार्षिक साधारणसभामा कोषाध्यक्ष इन्द्र अधिकारीले गत आर्थिक वर्ष २०७४/७५ मा सामुहिक जमानीका आधारमा सहुलियत ब्याजदरमा चार करोड २७ लाख रुपैयाँ... पुरा पढ्नुहोस

मुक्तिनाथको स्थापना दिवस

बेनी २९ मङसिर । बेनीको न्युरोडमा रहेको मुक्तिनाथ बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडले ११ औ स्थापना दिवस तथा नवौ हिरा स्मृति दिवस मनाएको छ ।संस्थापक अध्यक्ष स्व. हिराबहादुर केसीको स्मृति र स्थापना दिवस पारेर बेनी नगरपालिका ५ बगुवाखोलामा रहेको बालजाजृति आधारभुत विद्यालयमा सञ्चालित वौद्धिक अपाङ्गता स्रोत कक्षा सञ्चालनका लागि स्थापित शुशिला... पुरा पढ्नुहोस

प्रवासी म्याग्देलीहरुको अगुवाईमा निर्माण हुने दरबाङ म्याग्दीखोला जलविद्युतको शिलान्यास ( फोटो फिचर)

म्याग्दी, २८ मंसीर । म्याग्दीको पश्चिम हुँदै बग्ने म्याग्दीखोलाबाट २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजना निर्माण सुरु भएको छ । धौलागिरि कालिका हाईड्रो लिमिटेड कम्पनीले निर्माण गर्न लागेको सो आयोजनामा प्रवासमा रहेका म्याग्देली र गैर आवासीय नेपालीहरु सहित स्थानीयबासीहरुको समेत लगानी हुनेछ । शुक्रवार मालिका गाउँपालिका–६ दुखुबेशी (बलौटे) मा... पुरा पढ्नुहोस

जलविद्युत आयोजनाको शिलान्यास : श्रमशक्तिलाई विदेश पलायन रोक्न सरकार प्रयासरत : मन्त्री थापा

बेनी, २८ मङ्सिर । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापाले स्वदेशमै रोजगारिको अवसर सिर्जना गरि श्रमशक्तिलाई विदेशपलायनबाट रोक्न सरकार लागिपरेको बताउनुभएको छ । म्याग्दीको मालिका गाउँपालिका–६ दुखुबेशी (बलौटे)मा शुक्रवार धौलागिरि कालिका हाईड्रो लिमिडेटद्धारा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनाको विद्युतगृहको शिलान्यास गर्दै मन्त्री थापाले... पुरा पढ्नुहोस

दग्नाम–चिमखोला जोड्ने सडकमा मन्त्री थापाको पहलमा रु २ करोड बजेट

म्याग्दी, २७ मङ्सिर । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम देखि दरमिजा हुँदै वडा नम्बर ७ चिमखोला जोड्ने सडक निर्माणमा रु २ करोड बजेट विनियोजन भएको छ । महिला बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममायाँ थापाको बिशेष पहलमा सो सडकको ट्याक निर्माणको लागि २ खण्डमा गरि सो बजेट विनियोजन भएको हो । अहिले... पुरा पढ्नुहोस

दरखोला दोस्रो लघुजलविद्युत परियोजना पुनःनिर्माण गरिने

  बेनी २७ मङसिर / डेढ वर्षअघिको पहिरोले विद्युतगृह पुरीएपछि बन्द भएको म्याग्दीको धवलागिरी गाउँपालिका २ लुलाङ स्थित दरखोला दोस्रो लघुजलविद्युत परियोजना पुनःनिर्माण हुने भएको छ ।धवलागिरी गाउँपालिका र बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले परियोजना पुनःनिर्माण गरेर म्याग्दीको विकट र दुर्गम क्षेत्रमा अवस्थित लुलाङमा विद्युत सुबिधा सूचारु गराउन लागेका हुन् ।... पुरा पढ्नुहोस

म्याग्दी जेसीजको २०१९ को अध्यक्ष को ?

सन्दीप खत्री मंसिर २६, म्याग्दी । म्याग्दी जेसीजको अधिवेशन नजिकीएसँगै नयाँ नेतृत्वको बारेको चर्चा हुन थालेको छ । युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गरी समाजका लागि सक्षम र सबल युवा नेतृत्व उत्पादन संस्थाको रुपमा परिचित म्याग्दी जेसीजको आगामी वर्ष २०१९ का लागि अध्यक्ष पदको लागि ४ जनाले उम्मेदवारी प्रस्तुत गरेका... पुरा पढ्नुहोस