प्रकाश माविले ६६ औं वार्षिकोत्सव मनायो

  • १० पुष २०७५, मंगलवार
  • 1984 पटक पढिएको

म्याग्दी, १० पुस । जिल्लाकै पुरानो विद्यालय प्रकाश माध्यामिक बिद्यालयले ६६ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार विविध कार्यक्रम सहित बनाईएको छ । सदरमुकाम स्थित बेनी नगरपालिका– ७ मा रहेको विद्यालयले विविध कार्यक्रम गरि आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । बिक्रम संवत २००९ मा स्थिापित विद्यालयले कक्षा एक देखि माध्यमिक तहको कक्षा १२ सम्म पठनपाठन सञ्चालन गर्दै आइरहेको छ । समारोहको उद्घाटन गर्दै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार अहिलेको आबश्यकता रहेकोमा जोड दिए ।


सरकारले सामुदायिक बिद्यालयमा लगानी गरे अनुरुपको नतिजा आउन नसकेको बताउँदै मेयर श्रेष्ठले सरकार संगै विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावक र विद्यार्थीहर समेत शैक्षिक गुणस्तर सुधारका लागि प्रयत्नशिल हुनुपर्ने बताए । कार्यक्रममा बेनी नगरपालिका वडा नं ८ का अध्यक्ष रामकृष्ण बराईली, वडा नं ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, वडा नं ६ का अध्यक्ष कृष्णबहादुर बानियाँ, नगर कार्यपालिका सदस्य कृष्णकुमार बिश्वकर्मा, ,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, विद्यालयका आजिवन सदस्य बिमला गौचन र अभिभावकतर्फबाट सुवर्ण रिजाल लगायतले सामुदयिक बिद्यालयको शैक्षिक गुणस्तरका लागि सम्बन्धीत सबै सरकारवालाहरुले ध्यान दिनुपर्नेमा जोड दिए ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नविन कुमार श्रेष्ठको अध्यक्षता , सहायक प्रअ लेखबहादुर हमालको सञ्चालन तथा विद्यालय व्यवस्थापन समितिका सदस्य   हरिकृष्ण श्रेष्ठको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका प्रअ हरिकृष्ण सुवेदीले विद्यालयको संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्दै बिभिन्न चुनौतीका बावजुत पनि विद्यालयले गुणस्तरीय शिक्षा प्रदानमा अग्रसर बनेको जानकारी दिए । कार्यक्रम सुरु हुनुभन्दा पूर्व विद्यार्थी,शिक्षक र अभिभावक सहित बजारमा प्रभातफेरी ¥याली निकालिएको थियो । साे अवसरमा विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए भने विभिन्न विद्यामा विद्यार्थी , शिक्षक , अभिभावक र सहयोगदाताहरुलाई सम्मान समेत गरिएको थियो ।

तस्बिर बिनय श्रेष्ठ