विशेष

गण्डकी मन्त्रिपरिषद् वैठक पञ्चकोटको महायज्ञस्थलमा सम्पन्न

बागलुङ,माघ २९ गते । बागलुङको सर्वसिद्धधाम पञ्चकोटमा सोमबार बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् वैठक सम्पन्न भएको छ । प्रदेश राजधानी पोखरा देखि बाहिर बसेको यो गण्डकी सरकारको पहिलो मन्त्रिपरिषद् वैठक हो । पर्यटकीय स्थलको प्रचारप्रसार र प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले  बागलुङ नगरपालिका ६ स्थित  ऐतिहासिक, धार्मिक स्थल पञ्चकोटमा गण्डकी सरकारको... पुरा पढ्नुहोस

ओझेलमा पर्दै ‘प्रत्यक्ष लोक दोहोरी’

कमल खत्री म्याग्दी, २९ माघ । म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापालाई आजभोलिका मेला, महोत्सव खल्लो लाग्छ । परम्परागत रुपमा लाग्ने मेलाको मुख्य आकर्षण ‘प्रत्यक्ष लोक दोहोरी’ प्रतिपस्र्धा हुने भए पनि आजभोलिका मेला, महोत्सवको रौनकता रेकर्ड भएका गीत सङ्गीतमा सीमित हुन थालेको उहाँको भनाइ छ । म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङसँगै... पुरा पढ्नुहोस

बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाकाे अध्यक्षमा रमेश गिरी चयन

बेनी खानेपानी तथा सरसफाई उपभाेक्ता संस्था बेनीकाे २४ ओै वार्षिक साधारण सभा तथा ११ ओै अधिवेशनबाट अध्यक्ष पदमा रमेश गिरी सर्वसम्मत चयन हुनुभएको छ । आइतवार सम्पन्न अधिवेशन बाट  उपाध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ, सचिवमा केशव प्रसाद रेग्मी, काेषाध्यक्षमा टंक बहादुर हमाल र सदस्य पदमा क्रमश: सिर्जना श्रेष्ठ , मनाेज पाैडेल,... पुरा पढ्नुहोस

म्याग्दीका दुई बृहत खानेपानी आयोजनाको काम छिट्टै अघि बढ्छ : सांसद गर्बुजा

बेनी ।प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीमा दुई बृहत खानेपानी आयोजनाको काम छिट्टै अघि बढ्ने बताउनुभएको छ । आइतबार बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४ औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनलाई सम्बोधन गर्नुहुँदै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो । ‘म्याग्दीका दुई बृहत चिमखोला–भगवती–पिप्ले खानेपानी र घोप्टेखोला खानेपानी आयोजनाको... पुरा पढ्नुहोस

तोप बहादुर कटुवालको आत्मपिडा सार्वजनिक

म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिसिनचौतारीका तोपबहादुर कटुवाल केसीको मेरो स्मरण आत्मपिडा पुस्तक सार्वजनिक भएको छ ।रघुगंगा गाउँपालिका २ भगवतिका वडा अध्यक्ष अमृत भण्डारीले पुस्तकको बिमोचन गर्नुभएको हो । पुस्तकमा कार्कीको जिवन भोगाईका कथाहरु समावेश गरिएको छ । आफ्नै निवासमा आफुले अहिले सम्म गरेका हरेक काम र सहयोगका बारेमा सबैलाई जानकारी गराउने... पुरा पढ्नुहोस

एमाले म्याग्दीको पहिलो पूर्ण वैठकः ‘म बनाउँछु मेरो पार्टी’ योजना अघि सारिने

म्याग्दी । नेकपा एमाले म्याग्दीको पहिलो पूर्ण वैठक शुक्रबार पार्टी कार्यालय हाँडेभिरमा सम्पन्न भएको छ । वैठकले ‘म बनाउँछु मेरो पार्टी’ योजनालाई अभियानको रुपमा संचालन गर्ने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले वैठकले गरेका निर्णयहरुको वारेमा जानकारी गराउनुहुँदै नेकपा एमालेको संगठनलाई... पुरा पढ्नुहोस

उद्योग वाणिज्य संघ रघुगंगा बजार इकाइमा खत्री

मौवाफाट, २७ माघ । म्याग्दी उद्योग वाणिज्य संघ रघुगंगा बजार इकाईको शनिबार मौवाफाँटमा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट बालकृष्ण खत्रीको सभापतिमा इकाईको सर्वसम्मत कार्यसमिति चयन भएको छ । निवर्तमान सभापतिमा यामकुमारी गर्बुजा, उपसभापतिमा रमेश सुवेदी, सचिवमा टिका बहादुर सेन र कोषाध्यक्षमा जयन्ती शर्मा चयन हुनुभएको छ । सदस्यहरुमा... पुरा पढ्नुहोस

दरबाङ–धारापानी सडकको स्तरोन्नति भएपछि उद्घाटन, स्थानीयले मनाए खुसीयाली (फोटो फिचर)

म्याग्दी, २७ माघ । म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकखण्ड अन्तरगत दरवाङदेखि धारापानीसम्मको सडक स्तरोन्नति योजना सम्पन्न भएपछि उद्घाटन गरिएको छ । दरबाङदेखि धवलागिरी गाउँपालिका–७ धारापानीसम्मको करिब ७ किलोमिटर सडकलाई ग्राभेल, नाली निर्माण, ढलान र ग्रेड सुधार गरेर स्तरोन्नती गरिएको छ । सडकको ट्याक निर्माण भएको करिब १ दशक... पुरा पढ्नुहोस

समाजवादी व्यवस्थाले मात्रै सबै विभेदको अन्त्य सम्भव छः नेता खनाल

 म्याग्दी (बेनी), २६ माघ : नेकपा (एकिकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादी व्यवस्थाले मात्रै समाजमा रहेका सबै खालका विभेद हटेर जाने बताउनुभएको छ । नेकपा (एकिकृत समाजवादी) का जिल्ला अध्यक्ष एवम् युवा संघ नेपालका केन्द्रिय संयोजक कृष्ण कुमार विश्वकर्माको दिवंगत आमा कौशिला विश्वकर्माको स्मृतिमा शुक्रवार बेनीमा आयोजित शोक... पुरा पढ्नुहोस

माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत्को चालिस प्रतिशत काम सकियो (तस्बिर सहित)

म्याग्दी , २६ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको चालिस प्रतिशत निर्माण कार्य सकिएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेडले वडा नम्बर ७ चिमखोला र ८ कुइनेमंगलेको सिमा क्षेत्रमा निर्माण गर्न लागेको २२ दशमलब ५ मेगावाट क्षमताको यस आयोजनाले निर्माण कार्यलाई तिब्रता दिएको छ । गत... पुरा पढ्नुहोस