होटल व्यवसायी महासंघ नेपालको केन्द्रिय सदस्यमा म्याग्दीका आचार्य निर्वाचित
- ६ पुष २०७६, आईतवार
- 2604 पटक पढिएको
म्याग्दी ६ पुस । होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी महासंघ नेपालको केन्द्रिय सदस्यमा म्याग्दीका ताराप्रसाद आचार्य(बाबुराम) निर्वाचित हुनुभएको छ । शनिवार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनबाट म्याग्दी होटल तथा रेष्टुरेण्ट संघका अध्यक्ष समेत रहनुभएका आचार्य सर्वसम्मत रुपमा केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको हो ।
अधिबेशनले हिराध्वज शाहको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको छ । बेनीमा पर्यटक लक्षित होटल ‘याक’ सञ्चालन गर्दै आउनुभएका आचार्य म्याग्दी उद्योग बाणिज्य संघको समेत कार्य समिति सदस्य हुनुहुन्छ । नवनिर्वाचित केन्द्रिय सदस्य आचार्यले महासंघ मार्फत होटल व्यवसायको क्षेत्रबाट पर्यटन प्रवद्र्धन गर्ने कार्यमा रचनात्मक भुमिका खेल्ने बताए ।