मालिकामा गर्भवती महिलाको ‘घर–घरमा झण्डा, हात–हातमा अण्डा’ कार्यक्रम सुरु (फोटो फिचर)
- ८ पुष २०७६, मंगलवार
- kamal
- कमल खत्री
- 3748 पटक पढिएको
कमल खत्री
म्याग्दी ८ पुस । म्याग्दीको मालिका गाउँपालिकामा गर्भवती महिलाको स्वास्थ्य र पोषणा अबस्थामा सुधार ल्याउन ‘घर–घरमा झण्डा, हात–हातमा अण्डा’ अभियान सुरु गरिएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षमा गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको स्वास्थ्यलाई लक्षित गरि सबै वडामा उपाध्यक्षसंग गर्भंवती महिला भेटघाट कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको हो ।
मंगलवार मालिका–२ रुमबाट अभियानको औपचारिक रुपमा सुरुवात गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमायाँ बिटालुले जानकारी दिईन् । वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा वडाभित्र रहेका गर्भवती महिलाहरुलाई घरघरमा राख्नको लागि हरियो झण्डा र पोषणको लागि अण्डा वितरण गरिएको थियो ।
कार्यक्रममा वडाभित्र रहेका ४९ जना गर्भवती महिलाहरुलाई गाउँपालिकाका उपाध्यक्ष बिटालु, वडा अध्यक्ष नरबहादुर पुन, कार्यपालिका सदस्य गौमती चापागाई, स्वास्थ्य संयोजक सन्तु कार्की लगायतले झण्डा र अण्डा वितरण गरेका थिए ।
एक जना गर्भवती महिलालाई एक क्रेट अण्डा प्रदान गरिएको थियो । गाउँपालिकाले यस बर्ष स्वास्थ्य र सरसफाईको क्षेत्रमा रु २० लाख बजेट विनियोजन गरेको छ । यसै कार्यक्रम अन्र्तगत रहेर गाउँपालिकाभित्र रहेका हरेक गर्भवती महिलाको घरघरमा सन्देश प्रवाहको लागि हरियो झण्डा र पोषणको लागि अण्डा पु¥याउने गाउँपालिकाले जनाएको छ । गर्भवती महिलाको घरघरमा राखिएको हरियो झण्डामा पेटमा बच्चा हुर्कदै गरेको लोगो समेत राखिएको छ । गर्भवती महिलालाई हौँसला र प्रोत्साहन संगै सम्बन्धित सरोकारवालालाई संवेदनशिल बन्न र पोषण अबस्थामा सुधार ल्याउने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष बिटालुले बताईन् ।
कार्यक्रमले गर्भवती महिलाहरुलाई स्वास्थ्य र पोषणप्रति सचेत गराउने र सन्देश फैलाउनुको साथै स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाहरुसंग समेत बढी घुलमिल गराउन सहयोग पुग्ने स्वास्थ्य संयोजक कार्कीले जानकारी दिईन् । गाउँपालिकाले गर्भवती महिला लक्षित भेटघाट कार्यक्रम संगै सुत्केरी महिलालाई घरघरमा कोसेली पु¥याउने, बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई प्रोत्साहन पुरस्कार दिने, जटिल प्रसुतिको अबस्था आएमा दरबाङदेखि बाहिर लैजानुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने योजनालाई समेत कार्यान्वयनमा जुटेको जनएको छ ।
तस्बिरः खरमायाँ बिटालु ।
kamal
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l