जन्मदिनको अवसरमा दृष्टिविहिन बालबालिकाहरुलाई सहयोग (फोटो फिचर)

  • २२ पुष २०७६, मंगलवार
  • 2847 पटक पढिएको

म्याग्दी २२ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट निवासी नन्दकुमारी भण्डारीले आफ्नो जन्मदिनको अवसरमा दृष्टिविहिन बालबालिकाहरुलाई सहयोग गर्नुभएको छ । आफ्नो ६१ औँ जन्मदिनको अवसरमा भण्डारीले मौवाफाँट स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका बालबालिकाहरुलाई रु १५ हजार बराबरको जुत्ता, मोजा र लत्ताकपडा सहयोग गर्नुभएको हो ।

दृष्टिविहिन स्रोत कक्षामा अहिले १० जना बालबालिकाहरु अध्ययनरत रहेका छन् । विद्यालयमा आयोजित कार्यक्रममा सहयोगदाता नन्दकुमारी र उहाँका श्रीमान यामबहादुर (शिब) भण्डारीले संयुक्त रुपमा बालबालिकाहरुलाई सो सामाग्री वितरण गर्नुभएको थियो । भण्डारी दम्पतीले सोही अबसरमा विद्यालयका विद्यार्थीहरुको खेल अध्यासको लागि रु ३ हजार बराबरको सटफुट समेत उपलब्ध गराउनुभएको छ ।


जन्मदिनको अवसरमा दृष्टिविहिन बालबालिकाहरुको सहजताको लागि जाडोको समयमा बालबालिकाहरुको आबश्यकता अनुसारको सामाग्री सहयोग गरेको सहयोगदाता भण्डारीले बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रअ पर्शुराम गौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष गोपाल सुवेदी, विद्यालय व्यवस्थापन समितिका सदस्य यामकुमारी गर्वुजा, शिक्षक निलकण्ठ सुवेदी लगायतले जन्मदिनमा हुने फजुल खर्चलाई सामाजिक कार्यमा सहयोग गरेकोमा प्रसंसा गर्दै धन्यबाद ज्ञापन गर्नुभएको थियो भने शिक्षक दुर्गादक्त रिजालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । सोही अवसरमा सहयोगदाता भण्डारी दम्पतीलाई विद्यालयले फुल, माला र अविर लगाएर सम्मान समेत गरेको थियो ।