विशेष

तोरीपानीको फाँटमा व्याबसायिक तरकारी खेती, मेहनतले फस्टाएको पौरख (फोटो फिचर)

म्याग्दी २२ असोज । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीको समथर फाँटबाट देखिने धौलागिरि, अन्नपूर्ण र नीलगिरि हिमालको मनमोहक दृष्यले लोभ्याउछ । अझ यहाँका पौरखी कृषकहरुले गरेको तरकारी खेती झनै रहरलाग्दो छ । टिमुर गाउँको रुपमा चिनिने तोरीपानीमा व्यावसायिक तरकारी खेतीको लहर पनि छ । परम्परागत तरकारी खेतीलाई व्यावसायिक बनाउनुभएका कृषक भद्रबहादुर... पुरा पढ्नुहोस

मिर्गौला पीडित खातुनको उपचारमा करिब रु ७५ हजार सहयोग

म्याग्दी २१ असोज । पर्वत बेनीमा बस्दै बस्दै आउनुभएकी  मिर्गौला पीडित जमिला खातुनको उपचारमा करिब रु ७५ हजार सहयोग जुटेको छ । लायन्स क्लब अफ बेनी सिटी र मुस्लिम समाज म्याग्दीले रु ७४ हजार ७ सय ८५ आर्थिक सहयोग गरेका हुन् । क्लबको तर्फबाट रु ५४ हजार ७८५ र समाजको... पुरा पढ्नुहोस

धवलागिरी र मालिकाका पहिरो पिडितलाई प्रदेश सरकारकाे राहत

दरवाङ, २० असोज । म्याग्दीको धवलागिरी र मालिका गाँउपालिकाका पहिरो पिडितलाई मंगलबार गण्डकी प्रदेश सरकारले राहत बितरण गरेको छ । गत असार २५ र २६ गतेको पहिरोमा परि ज्यान गुमाएकाको आफन्तहरुलाई दश लाख रुपैया ँबितरण गरिएको हो । १३ परिवारका २० जना मृतकका हकदारलाई जनही पचास हजार रुपैयाँका दरले नगद... पुरा पढ्नुहोस

म्याग्दीमा नेपाली सेनाका दुई जनामा कोरोना संक्रमण

म्याग्दी २० असोज । म्याग्दीमा नेपाली सेनाका दुई जनामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका–६ अर्थुङे मा अवस्थित श्रीबक्स गुल्मको क्वारेन्टाइनमा बसेका दुई जवानमा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाण्डौ र पर्साबाट सरुवा भएर गुल्मकै क्वारेनटाइनमा बसेका दुइ जनामा कोरोना पुष्टी भएपछि खुल्लामञ्चको आइसोलेसन कक्षमा... पुरा पढ्नुहोस

सेनाद्धारा निर्मित २५ लाखको प्रतिक्षालय स्थानीय तहलाई हस्तान्तरण

एसके थकाली जोमसोम २० असाेज । नेपाली सेनाले मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोममा यात्रु प्रतिक्षालयसहितको एकतले पक्की शौचालय भवन निर्माण गरेको छ ।धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ भ्रमण गर्न आउने पर्यटक तथा तिर्थालुको सुविधाका लागि नेपाली सेनाको जोमसोम स्थित बज्रदल गणले २५ लाख लागतमा उक्त प्रतिक्षालयसहितको शौचालय भवन निर्माण गरेको हो... पुरा पढ्नुहोस

शिव आधारभूत विद्यालयलाई सहयोग

म्याग्दी २० असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दर्मिजामा रहेको शिव आधारभूत विद्यालयलाई एक युवाले सहयोग गर्नुभएको छ । जापानबाट आउनुभएका स्थानीय युवा मेजन गर्बुजाले विद्यालयमा अध्ययनरत सबै बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो । उहाँले सो अवसरमा विद्यालयलाई नगद रु १० हजार समेत सहयोग गरेको विद्यालयका शिक्षक बिजय शर्माले जानकारी... पुरा पढ्नुहोस

प्रगतिशिल ईञ्जिनियर्स संगठन म्याग्दीको अध्यक्षमा रिजाल

म्याग्दी २० असोज । प्रगतिशिल ईञ्जिनियर्स संगठन नेपाल म्याग्दिले पुर्णता पाएको छ । कृष्ण रिजालको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा बालकृष्ण बुढाथोकी, सचिब अञ्जन खत्री, कोषाध्यक्षमा सुष्मा पौड्याल, सचिबालय सदस्यहरुमा सुदिप गौतम, विष्णु चापागाँई, विष्णु रिजाललाई चयन गरिएको छ । समितिको सदस्यहरुमा रुचेन्द्र अधिकारी, सोबिन घर्ति, घनश्याम रोका मगर, सतिस... पुरा पढ्नुहोस

बेनीमा ५५ काँग्रेस कार्यकर्तालाई नेकपाले प्रवेश गरायो

म्याग्दी १७ असोज ।  म्याग्दीमा नेकपा र काँग्रेसले कार्यकर्ता प्रवेशको होडबाजी चलाएका छन् । शनिवार नेकपा बेनी नगर कमिटीको पूर्ण वैठकको अवसरमा जिल्लाको विभिन्न स्थानबाट काँग्रेस छाडेर ५५ जनाले नेकपा प्रवेश गरेको नेकपा म्याग्दीले जनाएको छ । प्रवेश गर्नेमध्ये अधिकाँश रघुगंगा गाउँपालिकाको पाखापानी, कुइनेमंगले क्षेत्रका रहेको नेकपा म्याग्दीका प्रचार विभाग... पुरा पढ्नुहोस

म्याग्दीमा थप एक जनामा कोरोना

म्याग्दी १७ असाेज ।  म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुवेतबाट आएर म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका रघुगंगा गाउँपालिका –३ का २६ बर्षिय यूवामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो । । नयाँ संक्रमितलाई क्वारेन्टाइनबाट आइसोलेसन लैजाने तयारी भइरहेको छ । ‘संक्रमितको... पुरा पढ्नुहोस

राष्ट्रिय युवा संघ म्याग्दीको इन्चार्जमा खड्का चयन

म्याग्दी, १६ असोज । नेकपाको भातृय युवा संगठन राष्ट्रिय युवा संघ म्याग्दीको इन्चार्जमा पुनम खड्का चयन हुनुभएको छ । संगठनका एकताका बाँकी कार्यलाई टुंगाउन बसेको बैठकले म्याग्दीको इन्चार्जमा खड्का र सह–इन्चार्जमा दिनेश केसीलाई जिम्मेवारी दिएको हो । तत्कालिन माओवादी जनयुद्धका सहिद परिवारका सदस्य समेत रहेका खड्का तत्कालिन वाईसीएल नेपालको केन्द्रिय... पुरा पढ्नुहोस