राजाले प्रजातन्त्रमा गरे जसरी ओलीले गणतन्त्रमा हमला गरे : नेकपा युवा नेता रेशम जुग्जाली (भिडियो)

  • १४ पुष २०७७, मंगलवार
  • 2760 पटक पढिएको

म्याग्दी १४ पुस । नेकपा म्याग्दीका युवा नेता रेशम जुग्जाली(सुविन)ले तत्कालिन राजाहरुले प्रजातन्त्रमाथि गरेको हमला जसरी प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमाथि हमला गरेको बताउनुभएको छ ।

प्रधानमन्त्रीको असंवैधानिक कदमका विरुद्ध नेकपा (प्रचण्ड नेपाल) पक्षले बेनीमा आयोजना गरेको बृहत विरोध पदर्शनपछिको सभालाई सम्बोधन गर्दै  नेकपा म्याग्दीका कार्यालय सदस्य समेत रहनुभएका नेता जुग्जालीले संसदलाई असंवैधानिक तवरले विघटन गर्ने ओलीको कदमले संघिय गणतन्त्र र संविधानमाथि नै हमला गरेको बताउनुभयो ।

सरकारले पार्टीको सल्लाह बमोजिम लोकप्रिय र जनपक्षिय काम गर्नुको साटो जनताबाट निर्वाचित सार्वभौम संसद ने विघटन गर्ने कदमले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका पक्षधरहरुलाई खुसी तुल्याएको बताउनुभयो । बहुमत प्राप्त दलका प्रधानमन्त्रीले संसद विघटन गर्ने कार्य संविधानको कुनै व्यवस्थामा नरहेकाले न्यायलयले संसद पुर्नस्थापना गराउनुपर्ने विचार व्यक्त गर्नुभयो ।