गाउँको चिनारी : ‘ढुंगाका घर, परालको टौवा’ (फोटो कथा)
- १९ पुष २०७७, आईतवार
 - 4903 पटक पढिएको
 
बेनी, १९ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकम गाउँमा परम्परागत ढुंगाले छाएर बनाएका घरहरु र घरका छेउमा हिउँदे घाँसका लागि बनाईएको परालका टौवा । धानको पराललाई गाइभैसीको घाँसका लागि हरेक किसानको घरमा टौवा बनाएर राख्ने गरिन्छ ।

ताकम धान उत्पादनको पकेट क्षेत्र पनि हो । यहाँका हरेक घरधुरीमा धान खेती गरिन्छ । परम्परागत ढुंगाले छाएका घरहरु मिलेर बनेको ताकम गाउँबाट देखिने चुरेन र गुर्जा हिमालले यहाँ पुग्नेहरुलाई लोभ्याउन गर्छ ।
शब्द/तस्विर : कमल खत्री 
 
 
  
 
 