विशेष

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

  काठमाण्डाै १० पुस । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याइएको छ । सत्तारुढ नेकपाकै प्रचण्ड–माधव नेपाल पक्षले पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याएको हो । उनलाई हटाएर नयाँ मुख्यमन्त्रीमा अष्ठलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ । ४५ जना प्रदेश सभासदस्यहरुले हस्ताक्षरसहित मुख्यमन्त्री पौडेलविरुद्ध अविस्वास प्रस्ताव दर्ता गरेका हुन् । यो... पुरा पढ्नुहोस

भण्डारीको उपचारमा दक्षिण कोरियामा रहेका राखुबासीको पहलमा १ लाख १८ हजार सहयोग जुट्यो

म्याग्दी १५ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीमा खेत जोत्ने क्रममा हाते ट्याक्टरको मेसिनले खुट्टामा काटेर घाईते भई उपचाररत ४३ बर्षिय धनबहादुर भण्डारीको उपचारमा दक्षिण कोरियाबाट सहयोग जुटाईएको छ । दक्षिण कोरियामा रहेका राखुबासीहरुको पहलमा त्यहाँ रहेका राखुबासी, म्याग्देली र नेपालीहरु मार्फत रु १ लाख १८ हजार ४७८ सहयोग जुटेको... पुरा पढ्नुहोस

मंगला गाउँपालिकामा १५ शैयाको अस्पताल भवन शिलान्यास

म्याग्दी १५ मंसिर ।  म्याग्दीको मंगला गाउँपालिकामा १५ शैयाको अस्पताल भवनको शिलान्यास गरिएको छ । संघिय सरकारले एक स्थानीय तह एक अस्पताल योजना अन्र्तगत छनौट गरेको योजनालाई गाउँपालिकाले कार्यान्वयनमा अघि बढाएको हो । सोमबार मंगला गाउँपालिका –५ अर्मन स्वास्थ्य चौकी परिसरमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले अस्पताल भवनको शिलान्यास गर्नुभएको छ... पुरा पढ्नुहोस

रघुगंगा र धवलागिरिमा आज हुने भनिएको अस्पतालको शिलान्यास स्थगीत

म्याग्दी १५ मंसिर । म्याग्दीको रघुगंगा र धवलागिरि गाउँपालिकामा निर्माण हुने ‘एक स्थानीय तह एक अस्पताल’ योजनाको सोमबार हुने भनिएको शिलान्यास कार्यक्रम स्थगीत गरिएको छ । अस्पताल बनाउने ठाउँका बारेमा विवाद सिर्जना भएपछि दुबै स्थानीय तहले तत्काल अस्पतालको शिलन्यास गर्न नसक्ने संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराएका छन्... पुरा पढ्नुहोस

भण्डारीको उपचारमा राखु पोखरा सम्पर्क समाजको अगुवाइमा ७० हजार आर्थिक संकलन

म्याग्दी १४ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीमा खेत जोत्ने क्रममा हाते ट्याक्टरको मेसिनले खुट्टामा काटेर घाईते भई उपचाररत ४३ बर्षिय धनबहादुर भण्डारीको उपचारमा सहयोज जुट्न थालेको छ । पोखरामा बसोबास गर्ने राखुबासीहरुको संस्था राखु समाज पोखराको अगुवाईमा रु ७० हजार सहयोग जुटेको हो । समाजका अध्यक्ष लिल बहादुर भण्डारीले... पुरा पढ्नुहोस

धवलागिरिमा गाउँपालिका स्तरीय अस्पताल धारापानीमा बनाउन माग

म्याग्दी १४ मंसिर । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीका स्थानीयले गाउँपालिका स्तरीय अस्पताल धारापानीमै बनाउन माग गरेका छन् । संघिय सरकारले ‘एक स्थानीय तह एक अस्पताल ’योजना अन्र्तगत उपलब्ध गराएको योजनाबाट गाउँपालिकाले वडा नम्बर ७ ताकम स्वास्थ्य चौकीलाई स्तरोन्नती गरि अस्पताल निर्माण गर्ने गरि योजना अघि बढाउन थालेपछि धारापानीबासीले विरोध जनाएका... पुरा पढ्नुहोस

बावियाचौरबाट सल्यान जाँदै गरेको बोलेरो जिप काफलचौरमा दुर्घटना, एकको मृत्यु, पाँच घाईते

म्याग्दी १४ मंसिर । म्याग्दीको मंगला गाउँपालिका–२ बावियाचौरको काफलचौरमा भएको बोलेरो जिप दुर्घटनामा एकको मृत्यु भएको छ, भने ५ जना घाइते भएका छन् । बावियाचौर लाम्पाटाबाट सल्लानतर्फ जाँदै गरेको प्रदेश  २–०३००१च ०२५२  नम्बरको बोलेरो जिप भाइबाङ खोला नजिकको सडक बाट खसेर दुर्घटना भएको हो । दुर्घटनमा परेर जिपमा सवार ११... पुरा पढ्नुहोस

म्याग्दीका श्रेष्ठ नेपाल उद्याेग बाणिज्य महासंघकाे केन्द्रीय सदस्यमा निर्वाचित

म्याग्दी १३ मंसिर । म्याग्दी उद्योग वाणिज्य संघ का पुर्व अध्यक्ष कुबिर कुमार श्रेष्ठ नेपाल उद्याेग बाणिज्य महासंघकाे केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयकाे छ । महासंघकाे राजधानिमा जारी ५४अाैँ साधारणसभा तथा अधिबेशनमा जिल्ला नगर उद्याेग बाणिज्य संघको खुल्लातर्फबाट श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हाे । उहाँले कुल १०५ मत मध्ये ५८... पुरा पढ्नुहोस

रक्तक्यान्सर पीडित बालिकाको उपचारमा करिब २ लाख बढी आर्थिक सहयोग (सहयोगदाताहरुको नामावली सहित)

म्याग्दी १३ मंसिर । म्याग्दीको मंगला गाउँपालिका–५ किमचौरकी रक्तक्यान्सर पीडित ९ बर्षिया बालिकाको उपचारमा आर्थिक सहयोग जुटाउन थालिएको छ । विगत ३ महिनादेखि काठमाण्डौको कान्तिबाल अस्पतालमा उपचार गराईरहेकी बालिका सरु विकको उपचारमा आर्थिक अभाब भएपछि सहयोग जुटाउन थालिएको हो । उपचाररत बालिकाको सहयोगार्थ सञ्चालित अभियानबाट संकलन भएको २ लाख बढी... पुरा पढ्नुहोस

रेडक्रस म्याग्दीबाट प्राप्त स्वास्थ्य सामागी र राहत भगवती उपशाखाको रोहवरमा वितरण

म्याग्दी १३ मंसिर । नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाले रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेका विभिन्न संघ संस्थालाई उपलब्ध गराएको स्वास्थ्य सुरक्षाका सामाग्री र पहिरो पीडितको राहत वितरण गरिएको छ । रेडक्रस भगवती उपशाखाको रोहवरमा जिल्ला शाखाबाट प्राप्त सामाग्री र राहत वितरण गरिएको हो । रेडक्रस जिल्ला शाखाले भगवती उपशाखलाई ५ सय... पुरा पढ्नुहोस