म्याग्दीका पौडेल न्यूजिल्याण्डको लागि पर्यटन दुतमा नियुक्त

  • २३ फाल्गुन २०७७, आईतवार
  • 1248 पटक पढिएको

म्याग्दी २३ फागुन । म्याग्दीका लोकनाथ पौडेल न्यूजिल्याण्डका लागि पर्यटन प्रवद्र्धन दुतमा नियुक्त हुनुभएको छ । बेनी नगरपालिका–५ पुलाचौर घर भई हाल न्यूजिल्याण्डमा व्यवसाय गर्दै आउनुभएका पौडेललाई नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन बोर्डले दुतमा नियुक्त गरेको हो ।

दुई बर्षे कार्यकालको लागि बोर्डले पर्यटन प्रर्वद्धन दुतमा पौडेललाई नियुक्त गरेको जनाएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) को सल्लाहकार समेत रहनुभएका पौडेलले मोना संगै एनआरएनएमा समेत आबद्ध भएर विभिन्न सामाजिक कार्यहरु गर्दै आउनुभएको छ ।