विशेष

म्याग्दीमा विभिन्न शहरबाट आएका एक सय भन्दा बढीलाई क्वारेन्टिनमा राखियो

बेनी, १२ वैशाख । राजधानी काठमाडौ लगायत शहरी क्षेत्रबाट म्याग्दीमा आएका एक सय जना भन्दा बढी सर्वसाधारणलाई क्वारेन्टिन (एकान्तबास)मा राखिएको छ । कोभिड–१९ जिल्ला कमाण्ड पोष्ट म्याग्दीको निर्णय अनुसार उनिहरुलाई स्थानीय तहले बनाएको क्वारेन्टिनमा पठाइएको हो । कोरोना भाइरस रोकथामका लागि एक महिनादेखि जारी लकडाउन (बन्दाबन्दी)का कारण सहरी क्षेत्रमा फसेकाहरु... पुरा पढ्नुहोस

दानामा महिला सहकारीद्धारा खाद्यान्न राहत वितरण

गंगा पुन दाना, १२ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउपालिका–३ दानामा रहेका सृजना महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार साढे नौ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको खाद्यान्न राहत वितरण गरेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) रोकथामका लागि गरिएको लकडाउन (बन्दाबन्दी)का कारण सर्वसाधारणलाई परेको समस्या समाधानका लागि चामल,... पुरा पढ्नुहोस

रुकुम चौरजहारी जान गोरखादेखि म्याग्दी आएका मजदुरलाई यसरी भयो उद्धार (भिडियो सहित)

https://www.youtube.com/watch?v=odZKOmoCSac   म्याग्दी १० वैशाख । गोरखामा मजदुरी गर्ने रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका ९ जना मजदुरहरुको बेनीबाट उद्धार भएको छ । पैदलै घर जाने निचोडले गोरखाबाट पोखरा, कुस्मा हुँदै बेनी आएका मजदुरहरुलाई प्रशासन, पत्रकार, उद्योग बाणिज्य संघ र मजदुर संगठनको पहलमा उनीहरुलाई बेनीबाट बागलुङ, बुर्तिबाङ हुँदै रुकुम पु¥याउने गरि उद्धार... पुरा पढ्नुहोस

कोरोना रोकथाममा खटिएका स्थानीय तहका स्वास्थ्यकर्मीलाई जिसीको साथ

म्याग्दी १० वैशाख । कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका म्याग्दीका स्वास्थ्यकर्मीहरुलाई युवा व्यवसायी नारायण जिसीले स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्रत्यक्ष रुपमा खटिएका स्वास्थ्यकर्मीहरुलाई जिसीले मास्क र स्यानीटाइजर सहयोग गर्नुभएको हो । मंगलबार मंगला,मालिका र धौलागिरि गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि गाउँपालिकामै पुगेर जिसीले सो... पुरा पढ्नुहोस

नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो, एकैदिन थपिए ११ बिरामी

म्याग्दी ९ वैशाख । नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ४२ पुगेको छ । मंगलवार उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको हो । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान... पुरा पढ्नुहोस

बुबाको किरिया भेटाउन मुस्ताङदेखि बाँकेतर्फ लागेका मजदुरको मन छुने कहानी (भिडियो सहित)

कमल खत्री म्याग्दी ७ वैशाख । बाँकेको कोहलपुर नगरपालिका– १२ निबुवाका ३६ बर्षिय रत्नबहादुर बुढा मजदुरीको शिलसिलामा मुस्ताङतर्फ लाग्दा घरमा बुबा विरामी थिए । दमका विरामी बुवाको उपचार खर्च जुटाउन साढे १ महिना अघि मुस्ताङतर्फ हानिएका बुढाले आफ्नो बुवाको अन्तिम पटक अनुहार समेत देख्न पाएनन् । https://www.youtube.com/watch?v=agr7UyRQmek&t=18s वैशाख ३ गते... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा कोरोना रोकथाम कोषमा एक करोड विनियोजन, दश शैयाको आइसोलेशन वार्ड बनाउने

म्याग्दी ७ बैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण, व्यवस्थापन र राहतका लागि रु एक करोड बजेट बिनियोजन गरेको छ । कोरोना नियन्त्रणको लागि लकडाउन घोषणा संगै रु पचास लाख बजेट बिनियोजन गरेको नगरपालिकाले आईतवार थप रु ५० लाख बजेट विनियोजन गरेको हो । आईतवार नगरप्रमुख... पुरा पढ्नुहोस

लकडाउनमा रत्नेचौरको अबस्था ‘आवत जावतमा कडाइ, जनजिवन सामान्य’ (भिडियो रिपोर्ट सहित)

म्याग्दी ६ वैशाख । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र न्युनिकरणको लागि सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनको समय करिब एक महिना पुग्दै छ । लकडाउनको कारण विकास निर्माण योजनाहरु प्रभावित बनेका छन भने जनजिवन समेत स्वभाविक रुपमा प्रभावित बनीरहेको छ । https://www.youtube.com/watch?v=45rGa1W6SJ0&feature=youtu.be   यस सन्दर्भमा २... पुरा पढ्नुहोस

जिसी क्रसरद्धारा सुरक्षाकर्मी, सञ्चारकर्मी र स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री सहयोग

म्याग्दी ६ वैैशाख । बेनीका युवा व्यवसायी नारायण जिसीले कोरोना भाइरसको संक्रमण फैलिन नदिन अग्रपक्तिमा रहेर खटिएका सुरक्षा निकाय,स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । जिसी क्रसर उद्योगका संचालक समेत रहेका युवा व्यवसायी जिसीले शनिबार नेपाली सेना ,शसस्त्र प्रहरी र म्याग्दी मिडिया सोसाइटीलाई मास्क, स्यानीटाइजर र हातधुने साबुन... पुरा पढ्नुहोस

बेनीमा बेवारिसे र अल्पत्र बनेकाहरुलाई निःशुल्क खानाको ब्यबस्था (तस्बिर र भिडियो सहित)

म्याग्दी ५ वैशाख ।  म्याग्दी सदरमुकाम बेनीमा सडकमै अल्पत्र अबस्थामा भेटिएकाहरुलाई यहाँका एक परिवारले निःशुल्क खानाको ब्यबस्था गरेका छन् । विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत आबद्ध रहनुभएका नेकपाका युवा नेता बालकृष्ण सुवेदीको परिवारले बेनीका सडकमा रात विताउँदै आएकाहरु लकडाउनबाट थप समस्यामा परेपछि निःशुल्क खाना खुवाउन थाल्नुभएको हो ।   https://www.youtube.com/watch?v=4LW4c9BnGYc&feature=youtu.be... पुरा पढ्नुहोस