बागलुङमा एकैदिन तीन जनाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्याे

  • ३० बैशाख २०७८, बिहीबार
  • 1057 पटक पढिएको

बागलुङ ३० वैशाख । बागलुङमा कोरोना संक्रमणबाट एकैदिन तीन जनाको मृत्यु भएको छ । बागलुङको ढोरपाटन नगरपालिका–९ साविकको बोबाङ गाउँ विकास समितिका पूर्व अध्यक्ष शेरमान घर्तिको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचारत उनको बिहिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोतव्यक्ति देव प्रकाश घिमिरिले बताए ।

यस्तै, बागलुङमा बिहिबार नै अर्का एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेका गलकोट नगरपालिकाका–२ का ५२ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । बिहिबारै कोरोना संक्रमण पुष्टि भएका बागलुङ नगरपालिका वडा नम्बर ४ का ७७ बर्षिय पुरुषको निधन भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । बागलुङमा बिहिबार मृत्यु भएका पुरुषसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।