म्याग्दीमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

  • २९ बैशाख २०७८, बुधबार
  • 1654 पटक पढिएको

म्याग्दी २९ वैशाख । म्याग्दीमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले  बुधवार सार्वजनिक गरेको पछिल्लो २४ घण्टामा कोरोना संक्रमण र कोरोनाको कारण मृत्यु भएकाहरुको तथ्यांक अनुसार जिल्लामा ३० जना पुरुष र १० जना महिलामा थप कोरोना संक्रमण भएको छ ।


कोरोनाका कारण बेनी नगरपालिका–९ की ३९ बर्षिय महिला, रघुगंगा गाउँपालिका–२ घर भई बेनी नगरपालिका–८ बस्ने ३६ बर्षीया महिला र मंगलवा गाउँपालिका–४ का ७६ बर्षीय पुरुषको मृत्यु भएको छ । उहाँहरु तीनै जनाको उपचारको क्रममा पोखरामा मृत्यु भएको हो । बुधवार गण्डकी प्रदेशका ९४१ जनामा कोरोना संक्रमण भएको छ भने कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।