विशेष

बेनी–जोमसोम सडकमा टाइमकार्ड, दैनिक छ घण्टा बन्द हुने

बेनी । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड स्तरोन्नतिका लागि दैनिक छ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बिहिबार बसेको बैठकले राष्ट्रिय गौरबको उत्तर-दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिर र वडा नम्बर २ नौनीबगर खण्डमा सडक स्तरोन्नति गर्न समयतालिका लागू गर्ने निर्णय... पुरा पढ्नुहोस

देवबहादुर स्मृति कोषद्धारा रघुगंगा माविका विद्यार्थीलाई पुरस्कार तथा पोशाक वितरण

म्याग्दी ५ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा रहेको रघुगंगा माध्यमिक विद्यालयमा स्थापित देवबहादुर शाही स्मृति कोषबाट उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार र विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । पिप्ले घोडडाँडा निवासी कमल बहादुर शाही (कुमार)ले आफ्ना दिवंगत बुबाको स्मृतिमा स्थापना गर्नुभएको उक्त कोषबाट विद्यालयको गत शैक्षिक सत्रमा बालकक्षादेखि १०... पुरा पढ्नुहोस

कोरोना फैलिएपछि म्याग्दीका शैक्षिक संस्था बन्द

  म्याग्दी, ५ माघ । कोरोना (भाइरस) को संक्रमण तिब्र रुपमा फैलिएपछि म्याग्दीका बिद्यालय, धार्मिक स्थल र तातोपानीका कुण्डहरु दश दिनका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको कोभिड–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्रको बैठकले माघ ६ देखि १५ गतेसम्म जिल्लाभरका शैक्षिक संस्था, धार्मिक स्थल र तातोपानीका कुण्डहरु... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकामा अत्यावश्यक बाहेकको सेवा स्थगित, शैक्षिक संस्था समेत बन्द हुने

म्याग्दी ५ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजा र गाउँपालिकाका ६ जना कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि माघ १२ गतेसम्मको लागि पालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले... पुरा पढ्नुहोस

सुन्तला बेचेर दोसल्लेमा रु पचास लाख भित्रियो

म्याग्दी, ५ माघ ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले सुन्ताला बिक्रीबाट यसवर्ष रु ५० लाखभन्दा बढी रकम भित्रियाएका छन् । व्यावसायिक सुन्तला खेती गर्दै आएका दोसल्लेका किसानले उत्पादन गरेका सुन्तला बिक्रीबाट यस वर्ष रु ५० लाखभन्दा बढी रकम भित्रियाएका हुन् । पोखरा, चितवन र काठमाडौँबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो सरदर... पुरा पढ्नुहोस

बेनी अस्पतालमा आइसीयूसहितको बालबालिका उपचार कक्ष

म्याग्दी ५ माघ ।  म्याग्दी सदरमुकामस्थित बेनी अस्पतालमा आइसीयू (सघन उपचारकक्ष)सहितको बालबालिका उपचार कक्ष स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार र उपकरण जुटाएर मङ्गलबारदेखि उक्त कक्ष सञ्चालनमा ल्याइएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले आइसीयूसहित आठ शय्या क्षमताको उक्त उपचार कक्षमा सेवा सुरु भएको जानकारी... पुरा पढ्नुहोस

तोरीबारीले ‘भाइरल बन्यो रत्नेचौरको फाँट’ दिनहुँ आन्तरिक पर्यटकको भिड (तस्वीर र भिडियो सहित)

म्याग्दी ५ माघ । म्याग्दी जिल्लाको बेनी नगरपालिका–१,रत्नेचौर । समथर फाँटमा सुन्दर बस्तीका रुपमा चिनिन्छ । धौलागिरि हिमाललाई अवलोकन गर्न सकिने यो गाउँ यतिबेला तोरीबारीका कारण भाइरल बनेको छ । रत्नेचौरदेखि अर्जम, भकुण्डे सडकको रत्नेचनौर खण्डमा भएको कालोपत्रे सडक र सडकका दायाँ र बायाँका फाँटमा फुलेको पहेँलपुर तोरीको फुल निकै... पुरा पढ्नुहोस

कांग्रेस म्याग्दीका संस्थापक सभापति बोगटीको २६ औं स्मृति दिवस मनाइयो

म्याग्दी ४ माघ ।  नेपाली कांग्रेस म्याग्दीका संस्थापक सभापति स्वर्गीय ओमबहादुर बोगटीको २६ औं स्मृति दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ ।  बेनपा–१ रत्नेचौरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरूजिल्लामा कांग्रेसको जग बसाउन स्वर्गिय बोगटीले खेलेको भूमिकालाई आत्मसाथ गरी पार्टीलाई थप उचाईमा पुर्याउनुपर्नेमा जोड दिएका थिए । स्मृति दिवसको उद्घाटन गदैं... पुरा पढ्नुहोस

साहित्यकार अजयमिलन श्रेष्ठलाई “लोकप्रिय साहित्यकार“को उपाधिबाट सम्मानित

म्याग्दी, ४ माघ । म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठ “लोकप्रिय साहित्यकार“को उपाधिबाट सम्मानित हुनुभएको छ । मंगलबार नेपाली कांग्रेस, वडा कार्य समिति, बेनी नगरपालिका, वडा नं. १,रत्नेचौर, म्याग्दीको आयोजनामा नेपाली कांग्रेस, म्याग्दीका संस्थापक सभापति स्वर्गीय ओमबहादुर बोगटीको २६औं स्मृति दिवसको अवसरमा श्रेष्ठलाई सम्मान गरिएको हो । रत्नेचौर बोगटी निवासमा आयोजित कार्यक्रममा... पुरा पढ्नुहोस

राष्ट्रियसभामा गठबन्धनका उम्मेद्वारद्वारा बेनीमा मतदातासंग भेटघाट

  म्याग्दी, ४ माघ । राष्ट्रियसभामा गण्डकी प्रदेशबाट रिक्त रहेका पदमा हुन लागेको निर्वाचनमा गठबन्धनतर्फबाट उम्मेद्वार बनेका नेताहरुले म्याग्दीका मतदातासंग भेटघाट गरेका छन् । माघ १२ गते हुन लागेको निर्वाचनमा बर्तमान सत्ता साझेदार गरेका दलहरुको तर्फबाट साझाँ उम्मेद्वार बनेका नेपाली कांग्रेसकी कमला पन्त, नेकपा माओवादी केन्द्रबाट उम्मेद्वार बनेका सुरेश आले... पुरा पढ्नुहोस